काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। उनको मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएको हो।
मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलका अनुसार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएका हुन्।
स्वास्थ्यमा समस्या भएपछि उनलाई तत्काल सिन्धुली अस्पताल लगिएको थियो। सिन्धुली अस्पतालका चिकित्सकको परामर्श पछि उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको स्वकीय सचिव जम्कट्टेलले बताए।
मुख्यमन्त्री जम्कट्टेललाई नर्भिक अस्पताल ल्याइएको छ। उनलाई अहिले आकस्मिक कक्षमा राखेर उपचार भइरहेको बताइएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।