काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महासंघको बरिष्ठ उपाध्यक्षमा आफूले किशोर प्रधानलाई देख्न चाहेको बताएकी छन्। महासंघमा अध्यक्षको रूपमा आफ्नो कार्यकालको अन्त्यतिर रहेकी राणाले भावी बरिष्ठ उपाध्यक्षमा प्रधानलाई देख्न चाहेको बताएकी हुन्।
'उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान मेरो कार्याकालमा महासंघको उपाध्यक्ष हुनुहुन्छ। म उहाँलाई शुभकामना दिन चाहन्छु,' राणाले भनिन्, 'उहाँमा काम गर्ने ऊर्जा शक्ति र लगनशीलता रहेको पाएको छु।'
उनले प्रधान महासंघमा आएपछि आफूलाई काम गर्न निकै सजिलो भएको पनि बताएकी छन्। महासंघमा अब शेखर गोल्छा अध्यक्ष हुने र उनले आफ्ना लागि उपयुक्त टिम निर्माण गर्ने पनि राणाले बताएकी छन्।
'म पनि अहिलेको निर्वाचनमा प्रधानलाई धेरैधेरै शुभकामना दिन चाहन्छु। उहाँको काम गर्ने जुन एउटा काम गर्ने शैली महासंघको लागि राम्रो हुने विश्वास लिएको छु,' उनले भनेकी छन्, 'उहाँमा कार्यासमिति सदस्यदेखि उपाध्यक्षसम्म र विभिन्न समितिको सभापतिसमेत भएर काम गरेको अनुभव छ। म उहाँदलाई महासंघको अध्यक्ष पदमा पुगको देख्न चाहन्छु र शुभकामना पनि दिन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।