काठमाडौं- वर्षको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ।
सोमबार नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर १ हजार २ सय ९७ दशमलव ५७ को बिन्दुमा आइपुगेको छ। यस दिन परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
सोमबार १ सय ६७ कम्पनीको ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि आइतबार ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार कारोबारमा आएको अन्य समूहबाहेक अरु समूहमा हरियाली छाएको छ। यो समूहमा १ दशमलव २१ अंकको गिरावट आएको छ।
यता, बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूहमा २ सय ९३ दशमलव २४ अंकको वृद्धि भएको छ। त्यस्तै, माइक्रोफाइनान्स समूह अन्तर्गतका लगानीकर्ताले ७२ दशमलव ११ अंकको वृद्धि भएको छ भने होटल समूहमा ५२ दशमलव १६ अंकको वृद्धि भएको छ।
सोमबार प्रभु इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ८१ लाख ५९ हजार ५ सय ८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २ करोड ३३ लाख ९८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
सोमबार प्रुडेन्टियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ७० रुपैयाँले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय २ रुपैयाँ कमाएका छन्।
यता, पछिल्लो दिन ओरालो लागेको नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरका लगानीकर्ताले सोमबार पनि सर्वाधिक गुमाए। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७ रुपैयाँ अर्थात् ९ दशमलव ९५ अंकले गिरावट आएको छ। त्यस्तै, राधी विद्युत् कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।