काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ शुक्रबार नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले पुस १६ गतेदेखि पुस १९ गतेसम्म कुल ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो। जसमा १ लाख ८९ हजार बढीले आवेदन दिएकोमा १ लाख ८६ हजार आवेदकलाई एफपिओ परेको थियो।
स्वीकृत आवेदनबाट गोलाप्रथा गर्दा ६५ हजार ९ सय ५१ जनाले १० कित्ताका दरले सेयर पाएका थिए। बाँकी ५५ कित्ता सेयर ५ जनालाई ११ कित्ताका दरले वितरण गरिएको थियो।
एफपिओ पर्नेहरुले पनि कम्पनीले यसअघि घोषणा गरेको १३ दशमलव ५२ प्रतिशत बोनस सेयर पाउने छन्। प्रतिकित्ता ७ सय ९९ रुपैयाँका दरले खुलाइएको एफपिओबाट ३ अर्बभन्दा बढी रकम संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।