काठमाडौं– २०७२ साल बैशाखको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। सिन्धुपाल्चोक भोताङ घर भएका ६१ वर्षिय मान लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले आइतबार पक्राउ गरेको हो।
लामालाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भएको थियो। जेलबाट भागेका कैदीलाई आत्मसमर्पण गर्न सरकारले समय दिएपनि उनी फरार रहदै आएका थिए। अब उनले बाँकी कैद सजायको ५० प्रतिशत कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ। पक्राउ परेका कैदीलाई सिन्धुपाल्चोक कारागार पठाइने सिआईबीले जनाएको छ।
सिन्धुपाल्चोक कारागारबाट भागेका एक सय भन्दा धेरै कैदी अझै पनि फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।