काठमाडौं- राजधानीको भृकुटीमण्डपमा ‘मेड इन नेपाल’ मेला सञ्चालन भएको छ। नेपालमा बनेका विभिन्न वस्तु तथा उत्पादन राखिएको मेलामा पहिचान झल्काउने पहिरनदेखि आधुनिक कृषि प्रविधि राखिएको छ।
नेपाल योङ इन्टरपेनर नामक संस्थाले शुक्रबारबाट तीन दिनका लागि सञ्चालनमा ल्याएको मेलामा ८० वटा स्टल राखिएका छन्। स्टलहरुमा लघु, घरेलु, साना–ठूला सबै प्रकारका औद्योगिक उत्पादन, कृषि, हस्तकला तथा अस्पताल लगायत विभिन्न सेवाको सहभागिता छ।
साथै, मेलामा पहिलो पटक नेपालको चाउचाउ बजारमा छुट्टै पहिचान बनाउन सफल रारा चाउचाउले पहिलो पटक सहभागिता जनाएको छ। त्यस्तै, कृष्ण पाउरोटी, नेविको बिस्कुट जस्ता ब्रान्डले पहिलो पटक मेलामा सहभागिता जनाएको मेला संयोजक सुदर्शन बस्नेतले बताए।
संयोजक बस्नेतले आफ्नै देशमा उत्पादित गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग गराउन उत्प्रेरित गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए। उनले स्वदेशमा पनि धेरै वस्तु उत्पादन हुन्छ भन्ने कुराको जानकारी दिन मेलाले प्रभावकारी भूमिका खेलेको बताए।
आइतबारसम्म चल्ने मेलाको २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएकोमा शनिबारसम्ममा १६ हजारले अवलोकन गरेको बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।