त्रिशूली, नुवाकोट- नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा देशभरका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए।
सम्मेलनको उद्घाटन कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।