काठमाडौं- उमेर हदका कारण गत साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई सपथ खुवाएका छन्।
भण्डारीलाई सपथ गराउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीको हाल कायम रहेको पदावधि असंवैधानिक भएको निर्णय न्याय परिषदले सुनाएको हो।
परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषदलाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराइएको हो।
न्याय परिषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्रमा न्याय परिषद् ऐनको दफा ३१ अनुसार कुनै न्यायाधीश उमेरका कारण अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनुपर्ने प्रावधान उल्लेख गरिएको छ। न्याय परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण हेर्दा उनले अवकाश पाउने उमेर गत साउनकै कायम रहेको देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।