काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।
मेडिकल विद्यार्थीमध्ये दुई जना भने बाँच्न सफल भएका छन्। उनीहरुको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।
प्रिन्सा धामी र सविना व्यञ्जनकारको उपचार भइरहेको हो।
उनीहरु एमबिबिएसको अन्तिम परिक्षा सकेर स्वदेश फर्किने क्रममा विमान दुर्घटनामा परेका हुन्।
दुर्घटनामा निधन भएकाहरुः
१. सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. आस्ना शाक्य
१२. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।