काठमाडौं- सुरक्षाका कारण स्थगित गरिएको 'दबंग द टुर' कार्यक्रम मे ५ मा हुने भएको छ।
बलिउड अभिनेता सलमान खानसहितका कलाकार सहभागी हुने सो कार्यक्रम मार्च १० का लागि तय गरिएको थियो। अहिले अवस्था शान्त बन्दै गएकाले कार्यक्रम मे ५ का लागि निर्धारण गरिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले बताए।
'हामीले कार्यक्रमको तयारी गरिरहेका छौं,' उनले भने, 'मे ५ मा सलमान आउने पक्का भएको छ।'
पहिले सलमान खानको नेपाल भ्रमणका सम्बन्धमा सम्झौता गर्दा उल्लेख भएअनुसार नै कार्यक्रम सारिएको उनको भनाइ छ।
टुँडिखेलमा हुने भनिएको कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।