काठमाडौं- माओवादी केन्द्रको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा टंक आङबुहाङ चयन भएका छन्।
प्रदेश कमिटीको बिहीबार बसेको बैठकले पोलिटब्युरो सदस्य समेत रहेका आङबुहाङको नाममा सहमति जुटाएको हो। प्रदेश १ मा माओवादीका १५ सांसद छन्।
वाम गठबन्धनको सहमति अनुसार यो प्रदेशमा नेकपा एमालेले प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। सो प्रदेशमा एमाले एक्लैको बहुमत समेत छ।
संसदीय दलको नेता चुनिएपछि नेपाल लाइभसँग कुरा गर्दै आङबुहाङले पार्टीको तर्फबाट प्रादेशिक सरकारमा आफूले नेतृत्व गर्ने बताए।
आङबुहाङ नेपाल क्रिकेट संघ क्यानको पूर्व अध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।