काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालमा दुबईबाट आएका थप एक जनामा देखियो कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या तीन पुग्यो, ६ सय ८७ जनाको नमुना परीक्षण ।
२) अत्यावश्यक सेवा दिने पसल निर्बाध सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानीलगायत अत्यावश्यक वस्तुको कारोबार सदाझैं निर्बाध सञ्चालन गर्न अनुरोध ।
३) प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसका नेता गगन थापाको पत्र, यो तयारीले महासंकटबाट पार पाउन नसकिने भनाइ, कोरोना फैलिएका देशबाट आएका सबैको परीक्षण गर्न आग्रह ।
४) आगामी जुलाई २४ देखि जापानमा हुने तय भएको ओलम्पिक एक वर्ष पछि स¥यो, चार हप्ताको समय लिएर सुरु भएको छलफलमा दुई दिनमा सहमति ।
५) र, अमेरिका कोरोनाको अर्को केन्द्र हुने विशेषज्ञको चेतावनी, ५० वटै राज्यमा भाइरस संक्रमण, एकै दिन ११ हजार थपिए नयाँ संक्रमित ।