• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

जस्तोसुकै दुःख परोस्, कलेजो प्रत्यारोपण गराएरै छाड्ने अठोट लिएको थिएँ : डा रमेशसिंह भण्डारी [भिडियो वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  १९:५१
1140x725

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा जेठ १७ गते शुक्रबार एक बिरामीमा सफल कलेजो प्रत्यारोपण भएको थियो। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। अस्पतालले भारत नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट आएका चिकित्सकको सहयोगमा प्रत्यारोपण गरेको हो।

त्रिवि शिक्षण अस्पतालमा एकै पटक प्रत्यारोपण सेवा सुरु भएको होइन। यो सेवा सुरु गराउन अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीलगायतका समूहको निरन्तरको लगाव र मिहेनत जोडिएको छ। साथै उनलाई साथ र सहयोग दिनेहरुको पनि उत्तिकै भूमिका छ।

डा भण्डारीले अस्पतालमा प्रत्यारोपण सेवा सुरु गराउने सपना १० वर्षअघि नै देखेका थिए। अहिले डा भण्डारीको मुहारमा खुसीको चमक छाएको छ। तर, यो अवधिमा उनले थुप्रै अरोह र अवरोह सामना गर्नुपर्‍यो। नेपाल लाइभकी बिन्दु शर्मासँग डा रमेशसिंह भण्डारीले कलेजो प्रत्यापरोपणको अनुभव यसरी सुनाए:

डाक्टरका रुपमा काम गर्ने क्रममा मानव शरीरका अंग प्रत्यारोपण गर्ने विषयमा असाध्यै चासो लाग्ने गर्थ्यो।  त्यसमाथि पनि कलेजो प्रत्यारोपणको विषयमा मेरो झुकाव अझै बढी थियो। कुनै पनि कुरा सिक्नका लागि निरन्तरता, अध्ययनशील, लगनशील सँगै त्यो बीचमा आउने संघर्षलाई सामना गर्नुपर्छ। त्यस्तै मैले पनि एउटा सपना देखेको थिएँ, नेपालमा नै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने।

सपना त देखेँ। तर त्यो सपना पूरा गर्न कम्तीमा पनि १० वर्ष लाग्यो। त्यही सपना साकार पार्नका लागि सन् २००९ मा अस्ट्रेलियामा पढ्न गएँ। कलेजो प्रत्यारोपण गर्ने भनेर नै छात्रवृत्तिमा पढ्ने अवसर पाएको थिएँ। नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्नुपर्छ भन्ने उद्देश्यले पढ्न सुरु गरें। पढाइको क्रममा मेलबर्नमा कलेजो प्रत्यारोपण गर्ने अस्पतालमा पुगें र त्यहाँ प्रत्यारोपण भएको देख्दै गर्दा मलै पनि भविष्यमा नेपालमा गएर कलेजो प्रत्यारोपण गर्छु भन्ने अभिलाषा मन र मस्तिष्कमा बोकेर हिंडिरहें।

अध्ययनका क्रममा नै मैले बुझिसकेको थिएँ कि, कलेजो प्रत्यारोपण गर्ने काम सहजै हुने रहेनछ। यसका लागि निकै मिहिनेत चाहिने र बलियो टिमको साथ आवश्यकता पर्ने मैले बुझेको थिएँ। जस्तोसुकै दुःख परोस्, म मेरो सपना पूरा गरेरै छाड्छु भन्ने अठोट लिएको थिएँ। त्यही भएर मैले यो काममा अगाडि बढ्ने हिम्मत गरेको हुँ। 

यो कामका लागि म सकेसम्म प्रयास गर्छु र सफल भएँ भने निकै राम्रो हुनेछ। तर सफल नै नभए पनि भोलि नयाँ पुस्ताले यो काम गर्न खोज्दा सहज हुन्छ भनेर म यसमा निरन्तर लागेको हुँ।

यो कामका लागि अगाडि बढ्ने क्रममा कहिलेकाहीं केही साथीहरुले हतोत्साहित पनि गरे। यति ठूलो काम गर्न गाह्रो हुन्छ रिक्स नलेऊ भन्नेहरु पनि प्रशस्तै भटिन्थे। कहिलेकाहीं अथक प्रयास गर्दागर्दै पनि कहिले के नमिल्ने कहिले के नमिल्ने हुन्थ्यो। घरिघरि त छोडौँ कि जस्तो पनि लाग्ने गर्थ्यो तर फेरि भित्रैबाट विश्वास पलाएर आउँथ्यो, होइन मैले गर्नुपर्छ, कोशिस छोड्नु हुँदैन भन्ने लागिरहन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि दृढ विश्वासका साथ अघि बढ्न साहस आउँथ्यो। कोशिस गर्दै जादाँ धेरै कुराहरु जुटाउनुपर्ने हुन्छ। जस्तै  स्रोतसाधनको आवश्यकता, दक्ष जनशक्तिसँगै विभिन्न पूर्वाधारको आवश्यकता पर्छ। जनशक्तिका लागि आवश्यक पर्ने तालिमको लागि धेरैले साथ र सहयोग दिनुभयो। यो कामका लागि आवश्यक पर्ने जनशक्ति विभिन्न देशमा पुगेर तालिम लिएर आउनु भयो। म आफैं पनि यसका लागि अपडेट हुनुपर्छ भनेर अध्ययन र तालिममा सहभागी भएँ। 

हामीसँग अर्को सबैभन्दा ठूलो चुनौतीको विषय थियो, आर्थिक कुराको। यो सेवा सुरु गर्न हामीलाई करोडौं रकम चाहिन्थ्यो। बजेट नै नभए त कसरी काम अगाडि बढ्थ्यो र? यसका लागि धेरै स्थानमा दौडधुप गर्नुपर्‍यो। स्वास्थ्य मन्त्रालयका कोठाकोठा चहार्‍यौं। तर, पनि काम हुन सकेको थिएन। म निराश भने भइसकेको थिइनँ।

त्यही समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका रुपमा गगनकुमार थापा आउनुभयो। हामीले उहाँलाई हाम्रो तयारी, आवश्यकता र योजनाका विषयमा जानकारी गरायौँ। उहाँ निकै सकारात्मक हुनुभयो। उहाँले यो काम सुरु गर्न आवश्यक पर्ने ११ करोड रुपैयाँ बजेटसमेत व्यवस्था गरिदिनुभयो। त्यसपछि हाम्रो कामले तीव्रता लियो। 

प्रत्यारोपणका लागि बजेट, पूर्वाधार र जनशक्ति बडो दुःख गरेर तयार त पारियो। तर, सेवा सुरु गर्न लाइसेन्स पाउन फेरि समस्या पर्यो। सबै कुरा तयार भयो तर लाइसेन्स छैन। लाइसेन्सका लागि फेरी अर्को ५ महिनाजति दौडधुप भयो। लाइसेन्स पाइसकेपछि बिरामीको आवश्यकता थियो। हामीले यो सेवा गर्नुभन्दा पहिला धेरै बिरामीसँग कुराकानी गरेका थियौँ। त्यस बीचमा धेरै बिरामी त्यस्ता भेटिए, जहाँ त्राससँगै विभिन्न भ्रम थियो। हामीले त्यो भ्रम र त्रासलाई हटाउने प्रयास गर्‍यौं। यही क्रममा एक जना बिरामी र उनलाई कलेजो दान गर्ने छोरी भेट्यौँ। उहाँहरुको सबै जाँच र कागजपत्र मिलेपछि हामीले प्रत्यारोपणको काम अगाडि बढाएका हौँ। 

Xtrem

Xtrem

हामी जति तालिमप्राप्त भएपनि पहिलो पल्ट कलेजो प्रत्यारोपणका लागि अनुभवी डाक्टरहरुको सहयोग चाहिन्छ। त्यसै अनुरुप एपोलो अस्पतालका अनुभवी डाक्टरहरुको सहयोग पायौं।

यसरी पछाडि फर्किएर हेर्नुपर्दा के महसुस हुन्छ भने, कुनै कुरा गर्न इच्छुक र उत्साहित छौँ भने पूरा आत्माविश्वासका साथ डटेर अगाडि बढ्यौं भने त्यहाँ सफलताले पछ्याउने रहेछ। अहिले कलेजो लिने र दिनेको स्वास्थ्य अवस्थामा सुधार देख्दा र शुभचिन्तकले विभिन्न ठाउँबाट हौसला दिइरहँदा साँच्चै खुसी लागिरहेको छ। कलेजो प्रत्यारोपणपछि पाएको खुशी त झन् धेरै।  

विस्तृत हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर
सम्बन्धित सामग्री
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्