• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राष्ट्रियसभा निर्वाचन अध्यादेश विवाद : यस्तो छ भित्री खेल

64x64
नेपाल लाइभ आइतबार, पुस २, २०७४  १८:४४
1140x725

धारा ७६ मन्त्रिपरिषदको गठन : (१) राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ।

धारा ८३ संघीय व्यवस्थापिका : प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ, जसलाई संघीय संसद भनिनेछ।

काठमाडौं– संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणाम सार्वजनिक भइसकेकाले दलहरु छिटोभन्दा छिटो नयाँ सरकार गठनमा अग्रसर हुनुपर्ने हो। त्यसका निम्ति प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिएर निर्वाचनबाट ठूलो बनेको दलका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने थियो। तर, संविधानमा उल्लेखित माथिका दुई धारामा टेकेर वाम गठबन्धन र नेपाली कांग्रेसबीच माथापच्चिसी भइरहेको छ।

संविधानमा उल्लेखित धारा ७६ अनुसार नयाँ सरकार गठनमा राष्ट्रियसभाको सरोकार छैन। तर, धारा ८६ ले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने जस्तो अर्थ दिन्छ। संविधानमा उल्लेखित यिनै परस्पर विरोधी जस्ता लाग्ने धारालाई समाएर वाम गठबन्धन र कांग्रेसबीच तनाव सुरु भएको छ। संविधानविद्हरुका अनुसार बाहिरबाट हेर्दा संविधान पालना र व्याख्या गर्ने विषयमा उनीहरुबीच रडाको परेजस्तो देखिए पनि अन्तर्यमा ठूलो स्वार्थ लुकेको छ। 

नेकपा एमाले–माओवादी केन्द्र सरकार गठन गरेपछि नयाँ संसदले राष्ट्रियसभा सम्बन्धी कानुन ल्याएर निर्वाचन गराउने योजनामा छन्। तर, कांग्रेस सरकार छाड्नु अघि नै कानुन पारित गरेर राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने अडानमा छ। यसको भित्री रहस्य चाहिँ निकै ठूलो छ। 

कांग्रेस राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा गर्न चाहन्छ। देउवा नेतृत्वको मन्त्रिपरिषदले त्यही अनुसारको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। एकल संक्रमणीय पद्दतिमा यति मतले राष्ट्रियसभाको एक जना सदस्य निर्वाचित हुनेछ भनेर पहिल्यै निर्धारण गरिन्छ। कुनै सदस्यले निर्धारण गरेभन्दा बढी मत प्राप्त गरेमा त्यो मत प्राथमिकताको दोस्रो सूचीमा रहेको व्यक्तिमा लगेर जोडिन्छ। अर्थात् यस आधारमा निर्वाचन गर्दा एउटा मत पनि खेर जाँदैन। खासमा एकल संक्रमणीय पद्दति समानुपातिक पद्दति जस्तै हो। वाम गठबन्धनले भनिरहेको बहुमतीय पद्दति भने प्रत्यक्षसँग मेल खान्छ।

वाम गठबन्धन एकल संक्रमणीय मतका आधारमा नभई बहुृमतीय प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्य छनोट गर्नुपर्ने अडानमा छ। बहुमतका माध्यमबाट राष्ट्रियसभा सदस्य छनोट गर्दा जसले बढी मत पाउँछ, उही विजयी हुन्छ। स्रोतका अनुृसार एकल संक्रमणीय मतबाट राष्ट्रियसभा सदस्य चुन्ने हो भने निर्वाचनबाट चुनिने ५६ मध्ये ४–५ सिटमा मात्रै भए पनि कांग्रेसको उपस्थिति हुनेछ। तर, नयाँ सरकार गठनपछि बहुमतका आधारमा निर्वाचन भए राष्ट्रियसभामा कांग्रेसको उपस्थिति शून्य हुने देखिन्छ।

‘संविधानको धारामा टेकेर गरिएको बहस त देखावटी बहाना मात्र हो। खास विवाद राष्ट्रियसभामा प्रतिनिधित्वको सवाललाई लिएर भएको हो,’ कानुनविद समेत रहेका नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेस थोरै संख्यामा भए पनि राष्ट्रियसभामा आफ्नो तर्फबाट सदस्यहरु प्रवेश गराउन चाहन्छ। आफ्नो पार्टी हितका लागि त्यो स्वभाविक पनि हो।’ उनका अनुसार राष्ट्रियसभामा प्रतिनिधित्व गराउने/नगराउने विषयले जति छिटो निकास पाउँछ, त्यति चाँडो नयाँ सरकार बन्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

संविधानमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख–उपप्रमुख र प्रदेशसभाका सांसदहरुले मत हालेर राष्ट्रियसभाका सदस्य निर्वाचित गर्ने प्रावधान छ।

गाउँपालिका, नगरपालिका र प्रदेशसभामा एमालेबाट निर्वाचित हुनेहरुको संख्या ठूलो छ। त्यसमाथि वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रसमेत जोड्दा त उनीहरुको झन्डै दुई तिहाई नै पुग्छ। फेरि संविधानमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मात्र ब्याख्या र उल्लेख छ। संविधानमा कहीँ कतै पनि एकल संक्रमणीय प्रणालीका विषयमा उल्लेख छैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकल संक्रमणीय पद्दतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गर्नु संविधान विपरीत हुने’ भन्नुको कारण यही हो। 

राष्ट्रियसभा सदस्य निर्वाचन मण्डलमा रहने गाउँपालिका, नगरपालिका र प्रदेशसभामा वाम गठबन्धनको एकछत्र बहुमत भएकाले बहुमतीय प्रणलीबाट राष्ट्रियसभाको निर्वाचन गर्दा कांग्रेस शून्य हुने निश्चित छ।

राष्ट्रियसभामा आफ्नो उपस्थिति शून्य नहोस् भन्नकै खातिर कांग्रेसले एकल संक्रमणीय पद्दतिको निर्वाचन चाहेको हो। त्यसका लागि नै देउवा मन्त्रिपरिषदले एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो। त्यो अध्यादेश राष्ट्रपति कार्यालयमै रोकिएको छ। वाम गठबन्धनले अध्यादेशको विरोध गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी छैनन्। एमाले र कांग्रेसले अध्यादेश प्रमाणित गर्न र नगर्न राष्ट्रपतिलाई आ–आफ्नै तवरबाट दबाब दिइरहेका छन्।

राष्ट्रियसभामा सदस्यहरु प्रतिनिधित्व गराउने र शून्य बनाउने विषयलाई लिएर एमाले र। कांग्रेसबीच परेको शक्ति संघर्षमा विस्तारै राष्ट्रपति तानिने सम्भावना बढ्दो छ। ०४८ सालको नजिर र संविधानमा उल्लेखित प्रावधानलाई हेर्ने हो भने यो लडाइँ एमालेले जित्ने देखिन्छ।

किनभने, ०४८ मा राष्ट्रियसभा गठन नहुँदै नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो। ०४८ को दोस्रो नजिर अनुसार एकल संक्रमणीय पद्दतिमा निर्वाचन भएको थियो। कोइराला प्रधानमन्त्री भएर संसदबाट विस्वासको मत लिएपछि एकल संक्रमणीय पद्दतिको कानुन पास गराएर राष्ट्रियसभाको निर्वाचन गराएका थिए। शक्ति संघर्षको अलिहेको यो खेलमा कसले कसरी बाजी मार्ने हुन्? त्यो हेर्न केही दिन कुर्नै पर्ला।

प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
चेल्सीको विजयी सुरुआत
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्