• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तीन छोरी गुमाएका कमिलाल भन्छन्: काजकिरिया गर्न यो धपेडी गर्दै छु

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २३, २०७४  ०९:०२
1140x725

नेपालगञ्ज– साउन २८ गतेको बाढीले घर भत्किँदा बाँके राप्ती सोनारी ४ लालपुरका कमिलाल थारुले तीन छोरी गुमाए । उनको घर भत्किएर खण्डहर बन्यो। 

छोरीहरुको मृत्यु भएको तीन साता बितिसक्दा पनि उनले अझैसम्म काजकिरिया गर्न पाएका छैनन् । काजकिरियाको लागि आफ्नो घर चाहिन्छ । घर भत्किएपछि ओत लाग्ने ठाउँ नहुँदा उनले काजक्रिया गर्न नसकेका हुन्।

श्रीमती र छोरीहरुलाई घरमै छोडेर कमिलाल मजदुरी गर्न पोखरा गएका थिए । २९ गते बिहानै उनले छोरीहरुको मृत्युको दुखद खबर सुन्नुपर्‍यो । खबर पाए लगत्तै उनी पोखराबाट घरतिर हिँडे। 

तर, बाढी र पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध थियो । उनी कहिले घर आइपुग्छन् भन्ने टुंगो भएन । उनी नआइपुग्दै छिमेकीहरुले छोरीहरुको दाहसंस्कार गरिदिए । तीन दिनपछि घर पुग्दा उनको आँखा अगाडि शून्यता मात्र बाँकी थियो । न छोरीहरु थिए, न घर नै बचेको थियो। 

घटना भएको एक सातापछि उनको गाउँमा पुग्दा कमिलाल बाढीले भत्काएर खण्डहर बनाएको घरमा सरसामान खोजिरहेका थिए । त्यही क्रममा छोरीहरुको स्कुलको ड्रेस र टाइ भेटियो । उनी भक्कानिए । आफूलाई सम्हाल्न सकेनन् र भग्नावशेष खोतल्न छाडेर त्यहाँबाट निस्किए।

उनले घर भत्किएपछिको असरल्ल थुप्रोमा कुल देउताको मूर्ति पनि खोजिरहेका थिए । नियतिले पारिवारिक वियोग थोपरे पनि उनी देउतालाई दोष लगाउने पक्षमै थिएनन् । झन् कुल देउताप्रति कठोर बन्ने अवस्थै थिएन । किनकि थारु समुदायको धार्मिक मान्यता अनुसार, परिवारको सदस्यको मृत्यु भएमा काजकिरिया गर्न घरसँगै कुल देउता अनिवार्य चाहिन्छ। 

तर, घर खोतल्दा छोरीहरुको सम्झना बल्झाउने सामग्री भेटिएपछि उनी थप पीडामा परे।

nimb
nimb
Ncell 2
Ncell 2

शोक, भोक र अत्यासले कमिलाललाई नराम्रोसँग गलायो । बिरामी परेपछि गाउँकै हेल्थपोस्टमा भर्ना भएर उपचार गराए।

बाढीले कमिलालको मात्रै नभई गाउँका एक सयभन्दा बढी घर पूर्णरुपमा भत्काएको थियो । छिमेकीका घरहरु भत्किए पनि उनीहरुले मानवीय क्षति भोग्नुपरेन । नियतिले कमिलाललाई मात्रै गहिरो शोक दिएको थियो।

सम्पत्तिको नाममा दुई कठ्ठा जग्गा रहेको ३६ वर्षीय कमिलालले मजदुरी गरेर परिवार पाल्दै आएका थिए । उनका ४ छोरीमध्ये कान्छी छोरीको २ महिनाअघि बिरामी परेर मृत्यु भएको थियो । कान्छी छोरीको मृत्युको पीडा ताजा रहँदै अन्य तीन छोरी गुमाउनुको बज्रपात उनीमाथि पर्‍यो।

बाढीपछि कमिलाललाई सहयोग गर्न विभिन्न संघ–संस्था उनको गाउँमा पुगे । प्रधानमन्त्री शेरबहादुर देउवा गाउँमै गएर राहत रकम बाँडे । रकम पाउँदा कमिलाललाई केही राहत त मिल्यो, तर यसबाट उनको समस्या टरेन।

उनी घरमा पुरिएका देउताको मूर्ति र अन्य सरसामान निकालेर चाँडै एउटा टहरो बनाउन चाहन्थे । तर, उनलाई सहयोग गर्ने गाउँमा कोही भएन। 

गाउँमा प्रायः सबैको घर भत्किएकाले उनलाई सघाउने कोही थिएनन् । उनले एक्लै घरमा पुरिएका सामग्री निकालेर नयाँ टहरो बनाउन सक्ने अवस्था भएन। 

उनको अवस्था थाहा पाएर नेपाली सेनाको ४ नम्बर बाहिनी नेपालगञ्जबाट एक टोली पुगेर उनको घरमा पुरिएका सरसामान निकालिदिए । त्यसै क्रममा देउताको मूर्ति पनि भेटियो। 
सेनाको टोलीले कमिलाल सहित घर क्षति भएका ८० परिवारका लागि टेन्ट बाँडेपछि  लालपुरका बाढी प्रभावितले तत्कालका लागि टाउको लुकाउने ओत पाए । 

बस्ने घर नहुँदा रोकिएको छोरीहरुको काजक्रिया गराउन अहिले भने छिमेकीहरु उनको सहयोगका लागि जुटेका छन् । गाउँका बडघर भग्गु थारुको नेतृत्वमा एक दर्जन छिमेकी अहिले कमिलालको घर बनाउन लागिपरेका छन् । घर बनाउन उनले काठको खाँबो, बाँस, टिन, पराल लगायत सामग्री जम्मा पारिसकेका छन्।

आँसु निचोर्दै उनी भन्छन्- ‘यो सबै धपेडी छोरीहरुको आत्माले शान्ति पाओस् भनेर गरिरहेको छु । छिटै घर बनाएर उनीहरुको काजकिरिया गर्नेछु।'

हेर्नुहोस् कमिलालको व्यथा:

प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय शनिबार, वैशाख ५, २०८३
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा शनिबार, वैशाख ५, २०८३
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत शनिबार, वैशाख ५, २०८३
अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह शनिबार, वैशाख ५, २०८३
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्