• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रूकुमेलीको पाैरखले सफा हुँदै इटहरी

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १५:५३
1140x725

इटहरी- हर्कबहादुर नेपालीको स्थायी ठेगाना रुकुमको महत गाउँपालिका हो। उनी रोजीरोटीको सिलसिलामा ४ बर्षअघि बुटवल आएका थिए। बुटवलको ‘वेस्ट म्यानेजमेन्ट प्रालि’मा फोहोर संकलनको काम थालेका उनले बुटवलमा करिब ६ महिना बिताए। 'फाेहाेरकाे संगतमा थिएँ। एक दिन इटहरी जाने प्रस्ताव आयो', हर्कले सम्झिए।

हर्कलाई इटहरी जान प्रस्ताव गर्ने कम्पनी थियाे ‘इन्भारोकेयर कन्सर्न प्रालि’, जसले इटहरीमा फोहोर संकलनको जिम्मा पाएको थियो।

बुटवलमा आएपछि हर्कलाई मानध्वज मोक्तानले काम दिएका थिए। यी दुबै कम्पनी माेक्तानकै हुन्।

तर, बुटवलमा भन्दा इटहरीमा कमाइ राम्रो हुने भएपछी उनले बुटवल छाड्ने मन बनाए। हर्क इटहरी पुगे। आखिर त्यहाँ पनि उनकाे संगत फाेहाेरसँग हुनु नै त थियाे। इटहरी पुगेपछि सुरुका केही दिन उनले एक्लै सडक बढार्ने काम गरे। करिब एक महिना इटहरी बिताएका हर्क पुनः रुकुम फर्किए। कारण थियाे परिवारकाे संझना।

हर्कले इटहरीमा काम त पाएका थिए, तर परिवारसँग छुट्टिएर बस्नुपर्दाकाे बैचनीले उनलाई गाँजेकाे थियाे।

त्यसबेला उनका भाइ लक्ष्मण नेपाली पनि विदेशबाट घर फर्किएर बेकामे भएर घरमै थिए। परिवार ठूलो हुँदै थियो। तर, कमाइ खुम्चिँदै गइरहेको थियो। यसमा हर्क र लक्ष्मण दुबै जानकार थिए।

हर्कले भाइ लक्ष्मणलाई सपरिवार इटहरी जाने प्रस्ताव राखे। यस कुरामा भाइ लक्ष्मणले हर्ककाे साथ दिए। भाइबाट सुरु भएकाे याे सिलसिला अहिले ठूलाे घेरामा फैलिइसकेकाे छ। हर्कले भाइलाई जस्तै रुकुमका धेरै युवालाई इटहरीमा बाेलाए। अहिले याे शहरमा रुकुमेलीकाे राम्रै उपस्थिति देख्न सकिन्छ।

000

nimb
nimb
Ncell 2
Ncell 2

एक दशक कतारमा पसिना बगाएर पनि केही पार नलागेपछी बलबहादुर बिक नेपाल फर्किए। रुकुमको भुमे गाऊँपालिकाका बिकसँग नेपालमा आएर दैनिक रोजिरोटी गर्ने अन्य कुनै विकल्प नभएपछि बेकामे भए। केही दिन घरगाउँ गरी बिताएका उनले इटहरीमा आफ्नै गाउँका धेरै युवा रोजगारीका लागि पुगेकाे खबर पाए।

बलबहादुरले पनि इटहरी आउने मन बनाए। पछिल्लाे २ वर्षदेखि इटहरीका बजार र गल्ली धाउँदै बितेका छन् उनका दिनहरु। काम उहि थियाे फाेहाेर सफा गर्ने। बिहान ७ बजे बलबहादुर सडकमा आइपुग्छन्।  घर-घर पुग्छन्। फाेहाेर उठाउँछन्। मध्यान्ह १२ बजेसम्म गाडीमा फोहोर उठाउनु उनको दैनिकी हो।

000

रुकमकै मेघबहादुर सुनार पनि रोजगारीकै सिलसिलामा इटहरीमा छन्। हेर्दा उमेर छिप्पिएका जस्ता लाग्ने मेघबहादुर मात्र ४७ वर्षका भए। उनी ३ वर्षदेखि बिरामी छन्। ‘एपेन्डिक्सका कारण यस्ताे हाल भयाे', मधुर आवाजमा बाेली मिसाउँछन् उनी।

मेघबहादुर १ छोरा, ४ छोरी र श्रीमतीका साथ इटहरी बसिरहेकाछन्। ठूलाे परिवार भएकाेले पनि जीवनयापनमा आर्थिक भार ज्यादा हुन्छ। त्यसमाथि अघिल्लो वर्ष डाक्टरले उपचारका लागि ५० हजार रुपैयाँ लिएर आउनु भने पनि उनले खर्च जुटाउन सकेका छैनन्। रोग खेपेरै भएपनि काममा लागि परेका छन्। उनी अवस्था सुध्रिएला र उपचार हाेला भन्नेमा ढुक्क छैनन्।

‘रुकुममा बारीबाट उब्जाएकाे अन्नले ६ महिना मात्र खान पुग्थ्यो। त्यसपछी कति दिन भोकै बस्नुपर्थ्याे। यहाँ कम्तीमा काम पाइयाछ। काम गरिन्छ खाइन्छ। खानका लागि कुनै चिन्ता त छैन,’ सुनार मन बलियो बनाउछन्, ‘उता भएको भए छोराछाेरी म जस्तै हुन्थे होलान्। यहाँ भएपछी पढ्न लेख्न त पाएका छन्।’

000

६ सालको साउदी बसाइपछि नेपाल फिरेका श्रीमान मगरको कथापनि अन्यकाे जस्तै छ।

दुई वर्षदेखिको उनको दैनिकी छाक टार्नमा मात्र सीमित छैन। छोराछोरीको सपना साकार पार्नुपर्ने बाध्यतामा दिनहू फाेहाेर उठाइरहेछन् श्रीमान। त्यतिमात्र हाेइन, बिरामी छाेराकाे पनि देखभाल गर्नुछ उनलाई।श्रीमान‍का जेठा छोरालाई पत्थरी भएकाे छ। छोराको उपचार खर्च जाेहाे गर्न उनी इटहरी आएकाे बताएँछन्। ‘दाङको महेन्द्र अस्पतालमा उपचार गर्दा भएभरको जेथा सकियो। अप्रेसन गर्नुपर्ने भएकोले थोरै पैसा जुगाड गर्न आएकाे हुँ,’ उनी भन्छन्।

केही न केही बाध्यताकै कारण परिवारबाट टाढिएर इटहरीमा छन् धेरै रुकुमेलीहरु। इटहरी मात्र हाेइन पूर्वका विभिन्न सहरहरुमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका व्यक्तिहरु विभिन्न काममा जाेडिएका छन्।गरीबी र अशिक्षाले आक्रान्त साे क्षेत्रका स्थानीयहरु जीवन धान्नकै लागि मात्रै भएपनि बसाइ सर्दै पूर्वतर्फ सरिरहेकाछन्।

नेपालको संविधानमा उल्लेखित मौलिक हकहरुनै उनीहरुका लागि सामान्यभन्दा माथि भएपछी उनीहरु जीवनलाई उपयोगी बनाउने विकल्पस्वरुप बसाइ सर्न बाध्य भएका हुन्।

दैनिक रोजिरोटीमै समस्या भएपछी केही वर्षदेखि भारतलगायत खाडी मुलुकमा विस्थापित युवाहरुको विकल्प भएका छन् पूर्वका सहरहरु।

पूर्वका सहर आउनेहरुमा कोही एक्लै त ‍कोही परिवारका साथमा छन्। महिलाहरु होटल, विभिन्न कार्यालयमा सरसफाइ गर्ने काम गर्छन्। जसबाट उनीहरु मासिक १५ देखि २० हजारसम्म कमाइ हुने बताउँछन्। रुकुमबाट नजिकका सहरहरु बुटवल, घोराही र नेपालगञ्जमा काम त पाइने तर अपमान धेरै हुने उनीहरुको गुनासो छ। पूर्वका सहरमा सम्मान नै नगरे पनि अपमान चाँहि नगर्ने परिपाटी रहेकाे बुझाइ छ उनीहरुकाे।

पश्चिम क्षेत्रका धेरै युवाहरुलाई पूर्वका सहरहरुमा काम दिइरहेका इन्भारोकेयर कन्सर्न प्रालि, इटहरीका अध्यक्ष मानध्वज मोक्तान पनि पश्चिमका युवाहरु अरु भन्दा सरल हुने बताउँछन्। ‘यता डुम समुदायका मनिसहरु यस्तो काममा आउँछन्। तर, उनीहरु बारम्बार बिदा बस्ने र काममा कन्जुस्याइँ गर्ने भएकोले पश्चिमेलीहरुलाई काममा लगाउन सहज भएको छ’, उनी भन्छन्।

स्थानीय कामदारहरु कुनै पर्वमा बिदा बस्नुपर्दा एकैपटक धेरै दिन बिदा बस्ने र एक दिनको लागि भनेर जाँदा साताभन्दा बढी भुल्ने भएकाेले पूर्व क्षेत्रका स्थानीयहरु भरपर्दो नभएको माेक्तानको बुझाइ छ। 

रुकुमका युवाहरु पूर्वका सहरहरुमा काम गर्न मात्र आएका छैनन्, पूर्व र पश्चिमकाे संस्कृतिलाई आदनप्रदान गर्ने सेतुकाे समेत काम गर्दै आएका छन्। रुकुममा हुँदा हरेक महिना छाउगोठमा बस्न बाध्य डिलराखी नेपालीले  इटहरी आएपछी त्याे कठिनाइ झेल्न परेकाे छैन। ‘हरेक महिना गोठमा बस्न पर्थ्याे। यहाँ खुल्ला बस्न पाइया छ,’ उनी भन्छिन्।

यातायातको माध्यमबाट पूर्वसँगको सम्पर्क सहज भएपछी रोजगारको क्षेत्र फराकिलो भएको छ। मध्यपहाडी लोकमार्ग बनेपछी यसको दायरा झनै ठूलो हुने निश्चित छ। पूर्वका व्यापारी पश्चिम गएर तथा पश्चिमका व्यापारीहरु पूर्वमा आएर आफ्नो बजार विस्तार गर्नेछन्।

हर्कबहादुर नेपालीजस्तै अन्य हजाराैं युवाहरुको राजिरोटी चलाउन पूर्वका सहरहरु तयार छन्। तर, यस्तै हजारौं हर्कबहादुरहरु आफ्नै गाउँठाउँमै रोजगारी मिलाेस् भन्ने चाहन्छन्। सायद यसले संघीयताकाे मर्म पनि बलियाेगरी बाेक्छ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्