• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रूकुमेलीको पाैरखले सफा हुँदै इटहरी

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १५:५३
1140x725

इटहरी- हर्कबहादुर नेपालीको स्थायी ठेगाना रुकुमको महत गाउँपालिका हो। उनी रोजीरोटीको सिलसिलामा ४ बर्षअघि बुटवल आएका थिए। बुटवलको ‘वेस्ट म्यानेजमेन्ट प्रालि’मा फोहोर संकलनको काम थालेका उनले बुटवलमा करिब ६ महिना बिताए। 'फाेहाेरकाे संगतमा थिएँ। एक दिन इटहरी जाने प्रस्ताव आयो', हर्कले सम्झिए।

हर्कलाई इटहरी जान प्रस्ताव गर्ने कम्पनी थियाे ‘इन्भारोकेयर कन्सर्न प्रालि’, जसले इटहरीमा फोहोर संकलनको जिम्मा पाएको थियो।

बुटवलमा आएपछि हर्कलाई मानध्वज मोक्तानले काम दिएका थिए। यी दुबै कम्पनी माेक्तानकै हुन्।

तर, बुटवलमा भन्दा इटहरीमा कमाइ राम्रो हुने भएपछी उनले बुटवल छाड्ने मन बनाए। हर्क इटहरी पुगे। आखिर त्यहाँ पनि उनकाे संगत फाेहाेरसँग हुनु नै त थियाे। इटहरी पुगेपछि सुरुका केही दिन उनले एक्लै सडक बढार्ने काम गरे। करिब एक महिना इटहरी बिताएका हर्क पुनः रुकुम फर्किए। कारण थियाे परिवारकाे संझना।

हर्कले इटहरीमा काम त पाएका थिए, तर परिवारसँग छुट्टिएर बस्नुपर्दाकाे बैचनीले उनलाई गाँजेकाे थियाे।

त्यसबेला उनका भाइ लक्ष्मण नेपाली पनि विदेशबाट घर फर्किएर बेकामे भएर घरमै थिए। परिवार ठूलो हुँदै थियो। तर, कमाइ खुम्चिँदै गइरहेको थियो। यसमा हर्क र लक्ष्मण दुबै जानकार थिए।

हर्कले भाइ लक्ष्मणलाई सपरिवार इटहरी जाने प्रस्ताव राखे। यस कुरामा भाइ लक्ष्मणले हर्ककाे साथ दिए। भाइबाट सुरु भएकाे याे सिलसिला अहिले ठूलाे घेरामा फैलिइसकेकाे छ। हर्कले भाइलाई जस्तै रुकुमका धेरै युवालाई इटहरीमा बाेलाए। अहिले याे शहरमा रुकुमेलीकाे राम्रै उपस्थिति देख्न सकिन्छ।

000

Ncell 2
Ncell 2
nimb
nimb

एक दशक कतारमा पसिना बगाएर पनि केही पार नलागेपछी बलबहादुर बिक नेपाल फर्किए। रुकुमको भुमे गाऊँपालिकाका बिकसँग नेपालमा आएर दैनिक रोजिरोटी गर्ने अन्य कुनै विकल्प नभएपछि बेकामे भए। केही दिन घरगाउँ गरी बिताएका उनले इटहरीमा आफ्नै गाउँका धेरै युवा रोजगारीका लागि पुगेकाे खबर पाए।

बलबहादुरले पनि इटहरी आउने मन बनाए। पछिल्लाे २ वर्षदेखि इटहरीका बजार र गल्ली धाउँदै बितेका छन् उनका दिनहरु। काम उहि थियाे फाेहाेर सफा गर्ने। बिहान ७ बजे बलबहादुर सडकमा आइपुग्छन्।  घर-घर पुग्छन्। फाेहाेर उठाउँछन्। मध्यान्ह १२ बजेसम्म गाडीमा फोहोर उठाउनु उनको दैनिकी हो।

000

रुकमकै मेघबहादुर सुनार पनि रोजगारीकै सिलसिलामा इटहरीमा छन्। हेर्दा उमेर छिप्पिएका जस्ता लाग्ने मेघबहादुर मात्र ४७ वर्षका भए। उनी ३ वर्षदेखि बिरामी छन्। ‘एपेन्डिक्सका कारण यस्ताे हाल भयाे', मधुर आवाजमा बाेली मिसाउँछन् उनी।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेघबहादुर १ छोरा, ४ छोरी र श्रीमतीका साथ इटहरी बसिरहेकाछन्। ठूलाे परिवार भएकाेले पनि जीवनयापनमा आर्थिक भार ज्यादा हुन्छ। त्यसमाथि अघिल्लो वर्ष डाक्टरले उपचारका लागि ५० हजार रुपैयाँ लिएर आउनु भने पनि उनले खर्च जुटाउन सकेका छैनन्। रोग खेपेरै भएपनि काममा लागि परेका छन्। उनी अवस्था सुध्रिएला र उपचार हाेला भन्नेमा ढुक्क छैनन्।

‘रुकुममा बारीबाट उब्जाएकाे अन्नले ६ महिना मात्र खान पुग्थ्यो। त्यसपछी कति दिन भोकै बस्नुपर्थ्याे। यहाँ कम्तीमा काम पाइयाछ। काम गरिन्छ खाइन्छ। खानका लागि कुनै चिन्ता त छैन,’ सुनार मन बलियो बनाउछन्, ‘उता भएको भए छोराछाेरी म जस्तै हुन्थे होलान्। यहाँ भएपछी पढ्न लेख्न त पाएका छन्।’

000

६ सालको साउदी बसाइपछि नेपाल फिरेका श्रीमान मगरको कथापनि अन्यकाे जस्तै छ।

दुई वर्षदेखिको उनको दैनिकी छाक टार्नमा मात्र सीमित छैन। छोराछोरीको सपना साकार पार्नुपर्ने बाध्यतामा दिनहू फाेहाेर उठाइरहेछन् श्रीमान। त्यतिमात्र हाेइन, बिरामी छाेराकाे पनि देखभाल गर्नुछ उनलाई।श्रीमान‍का जेठा छोरालाई पत्थरी भएकाे छ। छोराको उपचार खर्च जाेहाे गर्न उनी इटहरी आएकाे बताएँछन्। ‘दाङको महेन्द्र अस्पतालमा उपचार गर्दा भएभरको जेथा सकियो। अप्रेसन गर्नुपर्ने भएकोले थोरै पैसा जुगाड गर्न आएकाे हुँ,’ उनी भन्छन्।

केही न केही बाध्यताकै कारण परिवारबाट टाढिएर इटहरीमा छन् धेरै रुकुमेलीहरु। इटहरी मात्र हाेइन पूर्वका विभिन्न सहरहरुमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका व्यक्तिहरु विभिन्न काममा जाेडिएका छन्।गरीबी र अशिक्षाले आक्रान्त साे क्षेत्रका स्थानीयहरु जीवन धान्नकै लागि मात्रै भएपनि बसाइ सर्दै पूर्वतर्फ सरिरहेकाछन्।

नेपालको संविधानमा उल्लेखित मौलिक हकहरुनै उनीहरुका लागि सामान्यभन्दा माथि भएपछी उनीहरु जीवनलाई उपयोगी बनाउने विकल्पस्वरुप बसाइ सर्न बाध्य भएका हुन्।

दैनिक रोजिरोटीमै समस्या भएपछी केही वर्षदेखि भारतलगायत खाडी मुलुकमा विस्थापित युवाहरुको विकल्प भएका छन् पूर्वका सहरहरु।

पूर्वका सहर आउनेहरुमा कोही एक्लै त ‍कोही परिवारका साथमा छन्। महिलाहरु होटल, विभिन्न कार्यालयमा सरसफाइ गर्ने काम गर्छन्। जसबाट उनीहरु मासिक १५ देखि २० हजारसम्म कमाइ हुने बताउँछन्। रुकुमबाट नजिकका सहरहरु बुटवल, घोराही र नेपालगञ्जमा काम त पाइने तर अपमान धेरै हुने उनीहरुको गुनासो छ। पूर्वका सहरमा सम्मान नै नगरे पनि अपमान चाँहि नगर्ने परिपाटी रहेकाे बुझाइ छ उनीहरुकाे।

पश्चिम क्षेत्रका धेरै युवाहरुलाई पूर्वका सहरहरुमा काम दिइरहेका इन्भारोकेयर कन्सर्न प्रालि, इटहरीका अध्यक्ष मानध्वज मोक्तान पनि पश्चिमका युवाहरु अरु भन्दा सरल हुने बताउँछन्। ‘यता डुम समुदायका मनिसहरु यस्तो काममा आउँछन्। तर, उनीहरु बारम्बार बिदा बस्ने र काममा कन्जुस्याइँ गर्ने भएकोले पश्चिमेलीहरुलाई काममा लगाउन सहज भएको छ’, उनी भन्छन्।

स्थानीय कामदारहरु कुनै पर्वमा बिदा बस्नुपर्दा एकैपटक धेरै दिन बिदा बस्ने र एक दिनको लागि भनेर जाँदा साताभन्दा बढी भुल्ने भएकाेले पूर्व क्षेत्रका स्थानीयहरु भरपर्दो नभएको माेक्तानको बुझाइ छ। 

रुकुमका युवाहरु पूर्वका सहरहरुमा काम गर्न मात्र आएका छैनन्, पूर्व र पश्चिमकाे संस्कृतिलाई आदनप्रदान गर्ने सेतुकाे समेत काम गर्दै आएका छन्। रुकुममा हुँदा हरेक महिना छाउगोठमा बस्न बाध्य डिलराखी नेपालीले  इटहरी आएपछी त्याे कठिनाइ झेल्न परेकाे छैन। ‘हरेक महिना गोठमा बस्न पर्थ्याे। यहाँ खुल्ला बस्न पाइया छ,’ उनी भन्छिन्।

यातायातको माध्यमबाट पूर्वसँगको सम्पर्क सहज भएपछी रोजगारको क्षेत्र फराकिलो भएको छ। मध्यपहाडी लोकमार्ग बनेपछी यसको दायरा झनै ठूलो हुने निश्चित छ। पूर्वका व्यापारी पश्चिम गएर तथा पश्चिमका व्यापारीहरु पूर्वमा आएर आफ्नो बजार विस्तार गर्नेछन्।

हर्कबहादुर नेपालीजस्तै अन्य हजाराैं युवाहरुको राजिरोटी चलाउन पूर्वका सहरहरु तयार छन्। तर, यस्तै हजारौं हर्कबहादुरहरु आफ्नै गाउँठाउँमै रोजगारी मिलाेस् भन्ने चाहन्छन्। सायद यसले संघीयताकाे मर्म पनि बलियाेगरी बाेक्छ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्