नेदरल्यान्ड– गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्यान्डको अध्यक्षमा संयुक्त समावेशी समूहबाट ठाकुरप्रसाद शर्मा (मनोहरि) निर्वाचित भएका छन्।
शर्माले अध्यक्षका प्रतिद्वन्द्वी साझा समावेशी प्यानलका टीकाराम सापकोटालाई २ सय १८ मतले हराएका हुन्। शर्माले ३ सय ७९ मत प्राप्त गरे।
संघको सातौं महाधिवेशनमा शर्मा प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा विष्णु वाँस्तोला, उपाध्यक्षमा भीमबहादुर रोका र पारस राई, महासचिवमा जितेन्द्रकुमार श्रेष्ठ, सचिवमा शान्ति घले र कोषाध्यक्षमा मीनबहादुर पुर्जा विजयी भएका छन्।
त्यसैगरी, सहकोषाध्यक्षमा द्रोर्ण रिजाल, युवा संयोजकमा विवेक गौतम, क्षेत्रीय सदस्यहरुमा रुदिप खनाल (उत्तरी होल्यान्ड) बलबहादुर खड्का (उत्तर–पूर्वी होल्यान्ड), राजेन्द्र शर्मा (दक्षिणी होल्यान्ड) ओमकुमार लिम्बू (दक्षिण–पूर्वी होल्यान्ड), कोपिल छन्त्याल (दक्षिण–पश्चिम होल्यान्ड) निर्वाचित भएका छन्। खुल्ला सदस्यहरुमा किरण अर्याल, सोम भण्डारी, चिजमान गुरुङ र साझा प्यानलबाट विक्रम बानियाँ निर्वाचित भएका छन्। यसैगरी, महिला संयोजकमा अर्चना पाण्डे निर्विरोध चयन भएकी छिन्।
संघको आइसिसी सदस्यमा २०१७–०१९ का लागि हिमाल गुरुङ निर्वाचित भएका छन्।
एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १५ सम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।