• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदी सरकारको यो कस्तो लोकतन्त्र !

64x64
नेपाल लाइभ बिहीबार, भदौ २२, २०७४  १३:२३
1140x725

क्रान्तिकारीको हत्या गर्न सकिन्छ तर उसको विचार मार्न सकिन्न। अन्तनियो ग्राम्सीलाई पक्राउ गरेपछि सरकारी अधिवक्ताको मुखबाट मुसोलिनीले भनेका थिए, ‘यसको दिमागमा लगाम लगाउनुपर्छ।’ 

ग्राम्सीलाई बोल्न लगाम लाउने कोसिस गरे पनि अहिले उनको 'कल्चरल हेजिमोनी' एउटा विचारका रुपमा विश्वभरि स्थापित छ। 

यसले के पुष्टि गर्छ भने, कसैलाई सोच्नबाट रोक्न सकिन्न तर व्यक्तिलाई रोक्ने प्रयासहरू चलिरहन्छन्‌। 

समाजको जरा विचारभित्र हुन्छ। जरा मक्कियो भने समाज ढल्छ। प्यालेस्टाइनी कवि रफिफ जियादालाई इजरायली सेनाले भन्यो, ‘आतंकवादी नानी जन्माउनुअघि तँ बलात्कृत हुनु तेरो हक हो।’
इजरायली दमनका विरुद्ध रफिफले लेखिन्‌, ‘सेड्‌स अफ्‌ एङ्‌गर’। 

कविताले प्यालेस्टाइनी जीवनको उत्साह छेक्ने हजारौँ पर्खाल विरुद्ध, इजरायली अतिक्रमणले निलेको संवेदनाको सुरक्षा र सत्ताखेलले मानिसलाई खुवाउने 'स्लो पोइजन'बारे बोलेको छ। 

इजरायली अतिक्रमणबाट डामिएकी कवि रफिफ जियादा उपनिवेश बनाउनुअघि ‘मलाई मेरो मातृभाषामा बोल्न दे’ भनिरहन्छिन्‌। कविताभन्दा पनि शक्तिशाली लाग्ने यो वाक्यले पाठकमा त्यतिखेर सौन्दर्य छर्छ जतिखेर फ्यालेस्टाइनी संकटलाई उसले पढ्‌न सक्छ। आतंकवादी जन्माउनेलाई बलात्कार गर्नुपर्छ भन्ने भाषाकै विरुद्ध रफिफ भन्छिन्‌- ‘हामी मृत्यु होइन, जीवन सिकाउँछौँ।’

जीवन सिकाउनु लरतरो कुरा होइन। कर्नाटकको हम्पी विश्वविद्यालयका पूर्व भिसी डा एमएम कलबुर्गीले पनि त त्यही जीवन सिकाइरहेका थिए। तर, उनलाई गोली ठोकियो। 

कलबुर्गीको दोष के थियो भने, तिनले विचारलाई जनतासामु ल्याए। त्यही विचार दबाउन जसरी गोली हानियो, त्यसले के सावित गर्छ भने यो देशमा बोल्नु अब खतरनाक काम भइसक्यो। यो मोदी सरकारको लोकतन्त्र हो। जुन काम लेखकहरूको धर्म हो, त्यही धर्म नष्ट गर्ने विचारको विरुद्ध देशभरि लेखकहरूले असुरक्षित अनुभव गरिरहेका छन्‌।

Ncell 2
Ncell 2
nimb
nimb

...

बैङ्गलुरूका कवि मित्र अरिफ राजासित कलबुर्गीको हत्यापछि फोनमा निक्कै लामो कुराकानी गरेको थिएँ। 'प्रोग्रेसिव राइटिङ'मा राजाको निक्कै दखल छ।

दिल्लीमा एउटा कार्यक्रममा भेटिएपछि गाँसिएको मित्रता विचारकै कारणले थियो।

अरिफसित बीचबीचमा च्याट गफ भइबस्छ। ऊ सँधै कुनै न कुनै नयाँ कुरा बताइबस्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कलबुर्गीको हत्यापछि ऊ निक्कै समय सम्पर्कमा आएन।

‘हरायौ त’, लेखिछोडेको थिएँ म्यासेन्जरमा।

‘बलबुर्गीको न्यायको निम्ति लेखक समाजले काम गरिरहेको छ, म त्यसैमा व्यस्त थिएँ’, लेखेको थियो उसले।

धेरै पछिसम्म उसले आफ्नो लडाइँबारे बताइबस्यो। विस्तारै-विस्तारै बताउन छोड्यो।

मलाई लागेथ्यो, ऊ थाक्दै गइरहेको छ।

म भन्थें, ‘विचारका योद्धाहरूमाथि अनेकौं आक्रमण हुन्छ। त्यो फिजिकल मात्र हुन्छ भन्ने होइन। तिमीझैं योद्धालाई ‘हतास’ बनाउनु पनि उनीहरूको आक्रमण हो। 'मेन्टलस्टेट' अहिलेको वार रुम हो। मनोविज्ञानको क्षेत्रमा उनीहरूले काम गरिरहेका छन्। तिमी हतास नहौ यार।’

अरिफ भन्थ्यो, ‘म हतास होइन अझ पो प्रतिबद्ध भइरहेको छु, डोन्ट वरी माइ डियर।’

कुरा नभएको निक्कै महिना भइसकेको थियो। गोर्खाल्यान्डको आन्दोलन सुरु भएपछि ‘मिडिया-मार्फत लड्छु’ भन्ने भावनाको दास भइसकेको थिएँ म।

लगभग ९ जनालाई त बंगाल पुलिसले गोली हानेर हत्या गरिसकेकै छ। अर्को राज्य सिक्किममा बिना अनुमति छिरेर ब‌ंगाल पुलिसले एक आन्दोलनकारीको हत्या गरेको सम्बन्धमा बुझ्न केही कानुनविद्हरूलाई फोन घुमाइरहेको थिएँ।

टिभीले गौरी लंकेशको हत्याको खबर दियो।
मैले बेङ्गलुरूका कवि अरिफलाई फेरि फोन घुमाएँ।

अरिफ, पहिले कलबुर्गी, अहिले गौरी, बारम्बार अभिव्यक्ति दबाउने यस्तो घटना किन दोहोरिइरहेको छ?

पाब्लो नेरुदाले भनेकै छन्, 'तिमी फूल चुँड, बसन्त चुँड्न सक्दैनौं। यसपल्ट पनि त्यही फुल चुँढ्ने काम भयो। यसको अर्थ यो होइन कि, कलबुर्गी र गौरीको आवाज दबियो। बरु अझ उनीहरूको आवाज एकीकृत र मुखर बनेको छ। म दुःखी छु कि गौरी लंकेशको हत्या गरियो, तर 'प्रोग्रेसिव थट' र यसले समाजलाई दिने विचारदेखि उनीहरू कति डराइरहेका छन् भन्ने कुराले खुशी पनि छु।

कलबुर्गी र गौरीको बाटो हिँड्ने पुस्ता अघिबाट नै तयार भइसकेको छ। कतिलाई उनीहरूले गोली ठोक्लान र?

घरिघरि किन एउटै घटना दोहोरिरहेको छ?

सांस्कृतिक फासीवादी, कट्टरपन्थी हिन्दुत्ववादीहरू वास्तवमा प्रतिरोधी विचारकहरूको हत्या गरेर उनीहरू विरुद्ध प्रतिबद्ध बनेकाहरुको दिमागमा आतङ्क सिर्जना गर्न चाहान्छन्, ता कि आउने पुस्ता उनीहरूको बाटोमा अङ्कुश नबनून्। गौरीको पत्रिकामा विज्ञापन थिएन। उनीहरूको एउटा समूहले त्यो चलाउँथ्यो। 'कम्युनल हार्मनी फोरम' पनि उनीहरू सञ्चालन गरिरहेका थिए। दक्षिणपन्थी विचारधारावाला संगठन र केही नेता उनको प्रतिरोधसित खुसी थिएनन्।

हालैमा पनि उनलाई मानहानीको मुद्दा लगाइएको थियो। यद्दपि गौरी आफ्नो विचारमा स्थिर थिइन्। कलबुर्गीको हत्यापछि अझ धेरै 'प्रोग्रेसिव राइटर', 'एक्टिभिस्ट' उनीहरूको तारोमा छँदैछन्। वास्तवमा कलबुर्गीको हत्यापछि 'प्रोग्रेसिव सर्कल' अझ प्रतिबद्ध बन्यो। उनीहरूविरुद्ध दक्षिणपन्थीहरू सँधै आक्रमक बन्दै आइरहेका छन्। 

समाजलाई सही कुरा भनिदिने जो पनि उनीहरूको दुश्मन हो। उनीहरू विचारदेखि डराउँछन्। उनीहरूले गौरीको हत्या गरिए 'गौरी लंकेश पत्रिके' र कम्युनल हार्मनी फोरम निस्क्रिय बन्छ भनेर मात्रै त सोचेका छैनन्, तर प्रतिबद्ध लेखक समाजमा आतङ्क पनि सिर्जना गर्न चाहान्छन्। यसै कारण घरिघरि एउटै घटना दोहोरिरहेको छ अनि जबसम्म कलबुर्गी, गौरीहरू जिउँदा छन्, यो घटना दोहोरिरहनेछ।

के त्यसो हो भने यस्ता घटना दोहोरिरहोस्?

कर्नाटक, बेङ्गलुरूमा मात्र होइन, यस्ता घटना त देशैभरि छ। गौरीको हत्या विचारधाराको लडाइँका कारण नै भएको हो र यो लडाइँ त देशभरि नै छ। फासीवादी विचारधारालाई राष्ट्रको केन्द्रीय विचारका रूपमा स्थापना गर्न अनेकौं कट्टरपन्थीले संगठन सञ्चालन गरिरहेकै छन्। उनीहरूको विचारविरुद्ध जोकोही पनि अघि आउँछन्, उनीहरूको हत्या गर्ने त परम्परा बनिसक्यो। हामीले यस्तै परम्परासित निरन्तर लडिरहनुपर्छ।

अन्धविश्वास, जडता र सत्तालाई ढाल्न प्रगतिशित विचारकहरूको हतियार बन्दुक होइन, विचार हो भन्नेबारे उनीहरू जान्दछन्। त्यसकारण उनीहरू पनि आफ्नो समाजमा विचारको स्थापनाको निम्ति लडिरहेका हुन्, तर उनीहरू विचारसित लड्न आफूसित सक्षम विचार नभएपछि बन्दुक उठाउछन्, जो संघीय समाजका लागि खतरा हो। अल्पसंख्यक, आदिवासी, महिला सबै तप्काका लागि खतरा हो भन्न कसैले पनि साङ्गठनिक रूपले काम गर्न थाल्छन्, उनीहरूलाई नष्ट गर्ने कोसिस गरिन्छ।

बैङ्गलुरु कट्टरपन्थी विचारधाराहरूको हानिकारक जडता बनिसकेको छ, त्यसलाई तोड्न अभिव्यक्तिको लडाइँ लड्नेहरूले सँधै दुःखै पाएका छन्। यो संघर्ष त निरन्तर नै हुनेछ।

त्यहाँका सर्जकहरू विरोधमा कसरी उत्रिएका छन्?

कलबुर्गीको हत्यापछि उनैको नाममा न्यायको लागि लड्ने एउटा फोरम बनाइएको छ। त्यसमा विभिन्न क्षेत्रका मानिस एकबद्ध छन्। न्यायका लागि सर्जकहरू सडक ओर्लिएका छन्। यो केवल बैङ्गलुरू वा भारतको मात्र सवाल होइन। गोली शरीरलाई लाग्ने हो, विचारलाई त लाग्दैन। विश्वभरिका प्रतिबद्ध प्रगतिशील समाज यस खाले घटनाको विरोधमा उठ्नुपर्छ।

बैङ्गलुरुका कवि अरिफ राजासँग मनोज बोगटी


अरिफसँग धेरै कुरा त हुन सकेन तर यति कुरा पनि कट्टरपन्थी हिन्दुत्ववादीहरूको कायरता बुझ्न पर्याप्त थियो।

अल्पसंख्यक गोर्खाहरूको आवाज दबाउन पश्चिम बंगाल सरकारले प्रस्तुत गरिरहेको कायरता र गौरीहरूझैं योद्धाहरूको आवाज दबाउने कट्टर दक्षिणपन्थीको कायरताले समग्र भारतीय समाजको एउटा कुरुप तस्बिरको वयान गर्छ।

वास्तवमा भारतीय समाजका आयाम छिचोल्न सहज नै छैन। यद्दपि घरिघरि दक्षिणपन्थीहरूले वामपन्थी विचारलाई सिकार बनाइरहेकाले मूलधारको लडाइँ देशमा यही दुई विचारबीच छ भनेर अनुमान लगाउन सकिन्छ।
मैले अरिफलाई भने, ‘तिमी पनि होसियार गर है, अहिले बन्दुक बौलाहाहरूको हातमा छ।’

भन्न चाँहि म अरिफलाई भनिरहेको थिएँ, तर मेरो आँखामा बौलाहाको विम्ब बनेर बंगाल पुलिसहरूकै अनुहार आइरहेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्