• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौं राष्ट्रिय खेलकुद : पूर्वाधार व्यवस्थापनको चिन्ता

नेपालगञ्जका मेयर भन्छन् : जिम्मा लिन तयार छौं
64x64
नेपाल लाइभ बुधबार, वैशाख ११, २०७६  १२:२३
1140x725

नेपालगन्ज- दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रतिस्पर्धा बैजनाथपुर मैदानमा सञ्चालन भयो। मैदानको स्थिति राम्रो थिएन। आधा मैदानमा माटो र आधा मैदानमा घाँस थियो। सातौं राष्ट्रिय खेलकुदका लागि छुट्याइएकाे बजेट निकासा हुन ढिलाइ भएको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले मैदान समयमै बनाउन नसकिएको तर्क गरेको थियो।

बैजनाथपुरकै सुटिङ हलमा त अन्तिम अवस्थामा पालको छाना हालिएको थियो। खेलकुद परिषद्ले प्रतियाेगिता लगत्तै दुवै खेल मैदानलाई व्यवस्थित गर्ने बताएको थियो। तर, दुवै मैदानको अवस्था अहिले नाजुक छ।

पूर्वाधार विकासमा सहयोग पुग्ने योजनासहित राजधानी बाहिर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिन्छन्। तर, राष्ट्रिय खेलकुद परिषद्ले उचित व्यवस्थापन गर्न नसक्दा खेलकुद पूर्वाधार लथालिङ्ग अवस्थामा छन्।

प्रदेश ५ मा हाल भइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएको पूर्वाधारको व्यस्थापन र निर्माणधीन पूर्वाधारको विषयमा चिन्ता व्यक्त गर्न थालिएको छ। जसको अग्रपंक्तिमा छन् नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा। उनी खेलकुद पूर्वाधारको उचित व्यवस्थापन र संरक्षण हुनुपर्ने बताउँछन्।

'छोटो सयममा ठूलो मेहनत गरेर पूर्वाधार बनेका छन्। प्राविधिक समस्याले केही ढिलाइ भने भएकै हो। जे बन्यो त्यो नेपालगञ्जको गहाना हो। यसको संवर्द्धन र संरक्षण पूर्णरुपमा हुने हो वा होइन भन्ने विषयमा हामी चिन्तित छौं,' राणाले चिन्ता व्यक्त गरे।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा मात्र ४८ करोड रुपैयाँको लगानीमा खेलकुद पूर्वाधार निर्माण भएका छन्। नेपालगन्ज रंगशालाको प्याराफिट र मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन्। बाँकेकै कोहलपुरमा क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालगञ्ज रङ्गशाला छेउमा १४ करोड २८ लाख रुपैयाँ बजेटमा बन्ने भनिएकाे पौडी पोखरी निर्माण अझै सकिएको छैन। जसकाकारण स्थानीय एक निजी होटलको पोखरीमा पौडीको प्रतिस्पर्धा गराइएकाे थियाे। 'कसरी यो पौडी पोखरी सञ्चालन गर्ने भन्ने हो। अहिलेसम्म त्यो पोखरीमा प्रतियोगिता हुन सकेको छैन। बोरिङ सफल भएको छैन। कसले गर्ने र कसले दिगोरुपमा सञ्चालन गर्ने भन्ने चिन्ता हो,' राणाकाे भनाइ छ।

आठौंका लागि नेपालगन्ज रङ्गशालामा सबैभन्दा धेरै लगानी भएकाे छ। रङ्गशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। ६ करोड रुपैयाँ लागतमा फुटबल मैदान र १८ करोड रुपैयाँमा भिआइपी प्याराफिट निर्माण गरिएकाे छ।

नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदान बनाउन ३६ लाख रुपैयाँको बरमुडा दुबो रोपिएको छ। राणा नेपालन्ज रंगशालाको भविष्यलाई लिएर पनि चिन्तित छन्। भन्छन्, 'मैदानमा बरमुडाको घाँस रहिरहेने हो की होइन? प्वाल नै प्वाल परेर ६ महिनामा नस्ट हुने हो कि के हो?'

भिआइपी प्याराफिटको जडान अझै सकिएको छैन। जसोतसो उद्घाटन गरिएको प्याराटाफिटको जडान मंगलबारसम्म पनि चलिहरेको थियो।

१ करोड ५० लाख रुपैयाँको लगानीमा सुटिङ रेञ्ज, कारकाँदोमा २ करोड रुपैयाँमा जुडो एकेडेमी, खजुरा सीतापुरमा २ करोड ५० लाख रुपैयाँको लगानीमा भलिबल रङ्गशाला निर्माण भएको छ।

यसैगरी कोहलपुरमा १ करोड ५० लाख रुपैयाँको लगानीमा क्रिकेट मैदान तयार भएको छ।

आठौँ राष्ट्रिय खेलकुदका लागि दाङको बेलझुण्डीमा रङ्गशाला निर्माण भएपनि त्यो अन्तर्राष्ट्रिय मापदन्डविपरीत बनेकाे ठहर भयाे। जसका कारण 'हाइजम्प'का खेल चौरमा गरिएको थियो।

समयमै निर्माण कार्य पूरा नभएपछि राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताका केही खेलहरु घोराहीको भरतपुर मैदानमा गरियाे। केही खेलपछि मात्रै बेलझुण्डी रङ्गशालामा महिला फुटबल प्रतियोगिताका खेलहरु भएका थिए।

कराँतेका लागि दाङको तुलसीपुरमा निर्माण गरिएको हल निर्माण पनि पुरा नहुँदै खेल गराइएको थियो।

नेपालगञ्जको इतिहासमै यति ठूलो लगानीमा पहिलोपटक प्रतियोगिता भएको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव केशवकुमार विष्ट बताउँछन्। आठौं राष्ट्रिय खेलकुद इतिहासकै सफल भएको उनको दाबी छ।

'प्रतियोगिता एकदमै सफल भयो। सातौं सकिएको २ वर्षमै हुनु राम्रो हो। यसले खेलाडीमा उत्साह जगाएको छ। आगामी दक्षिण एसियाली खेलुकदका पनि यसले सकारात्मक प्रभाव पार्नेछ,' सदस्यसचिव विष्टले भने, 'बजेट आउन ढिला भएकाले केही कमीकमजोरी भएका छन्। अझै ११ करोड बजेट उपलब्ध हुन सकेको छैन।'

आठौं राष्ट्रिय खेलकुदका लागि बनेका पूर्वाधारको संरक्षण गर्ने विषयमा उनले प्रतियोगितापछि ठोस निर्णय गर्ने बताए। 'आठौंका लागि बनेका ठूला पूर्वाधारको संरक्षण र संवर्द्धन गर्नका लागि प्रदेश सरकारलाई दिनुपर्छ। साना पूर्वाधार स्थानीय सरकारलाई दिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,'  सदस्यसचिवको प्रतिक्रिया छ।

नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणा खेलकुदका सबै पूर्वाधार खेलकुद परिषद्‌को सम्पत्ति भएको बताउँछन्। 'सबै पूर्वाधार खेलकुद परिषद्‌काे सम्पत्ति हो। यसमा महानगरको कुनै दावी छैन र गर्न पनि हुँदैन,' उनी भन्छन्, 'हाम्रो जिज्ञासा साम्रोसँग व्यवस्थापन होस् भन्ने हो। चाहे आफ्नै गर्नु होस् चाहे पब्लिक प्राइभेट पार्टनरसिप गर्नुहोस्। उपमहानगरपालिकालाई औपचारिक रुपमा जिम्मा दिए हामी तयार छौं,' राणाको भनाइ छ।

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्