दुबई- वैदेशिक रोजगारीको सिलसिलामा दुबई आएका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको रहस्यमय मृत्यु भएको छ।
परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबई काम गर्न आएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेका हुन्।
परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुका १० र १४ वर्षका दुई छोरा छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।