काठमाडौं– प्रहरीले २२ थान मानव खप्पर सहित झापाको काकडभिट्टाबाट मंगलबार एकजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाले काभ्रे मण्डनदेउपुर नगरपालिका–८ घर भएका ५२ बर्षीय सोम तामाङलाई पुरानो मानव खप्पर २२ थान सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेको रिक्सालाई चेकजाँच गर्दा तामाङले झोलामा राखेका मानव खप्पर बरामद भएको हो।
तामाङले मानव खप्परको तस्करी गर्नुको कारण भने खुल्न सकेको छैन । घटनाका बिषयमा थप अनुसन्धान भै रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।