• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भिआइपी लस्कर लाग्दा यसरी प्रभावित भएको थियो उद्धार कार्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ २०, २०७४  ०९:१४
1140x725

नेपालगञ्ज- साउन अन्तिम साताको अविरल वर्षापछि आएको बाढीका कारण बाँकेको करिब ३० प्रतिशत भूभाग डुबानमा पर्‍यो। राप्ती र डुडुवाको बाढीले स्थानीय थप प्रभावित बने।

प्रशासन प्रमुख नहुँदा राहत र उद्धार कार्य समयमै हुन सकेन । बाढीपीडित झन् बिचल्लीमा परे । बाँके प्रशासन प्रमुखविहीन थियो भने बाढी र विपदका लागि राखिएको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत पठाइएको थियो। प्रमुखको अभावमा बाढीपछि हुने मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने भन्ने ठोस योजना बन्न सकेन । सुर्खेतमा रहेको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण समयमै नेपालगन्ज आउन नसक्दा प्रशासनका कर्मचारी थप तनावमा रहे।

ढिलो गरेर हेलिकोप्टर त आयो तर बाढी प्रभावितलाई तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनसँग ड्राइफुडसम्म थिएन । हेलिकोप्टरबाटै ड्राइफुड र शुद्ध पिउने पानी वितरण गर्ने तथा जोखिमपूर्ण स्थानमा रहेका बासिन्दाको उद्धार गर्ने योजना बन्यो । एक ट्रिप ड्राइफुड र पानी जुटाउनै स्थानीय प्रशासनलाई झन्डै ४ घन्टा लाग्यो।

करिब ९४ हजार मानिस बाढी र डुबानबाट प्रभावित थिए। घरले च्यापिएका ३ बालिकाको समेत समयमै उद्धार हुन नसक्दा ज्यान गयो । बल्लतल्ल जुटाइइको खाद्यसामग्री कहाँ कसलाई दिने भन्ने अन्योल  देखियो।

उद्धार र सामग्रीका लागि तालिमप्राप्त सैनिक लिएर हेलिकोप्टर उड्यो । क्याप्टेन सहितको उडान टोलीसँग  राहत सामग्री पुर्यािउने र जोखिममा रहेका मानिसको उद्धार गर्नुपर्ने स्थानको भरपर्दो सूचना समेत थिएन । जसका कारण निक्कै समस्या आइलाग्यो। जताततै पानी नै पानी भएकाले हेलिकोप्टर ल्यान्ड गर्ने स्थानको अभाव थियो।

स्थानीय बासिन्दाहरु राहत र उद्धारका लागि आग्रह गर्दै स्थानीय प्रशासन र आफ्ना जनप्रतिनिधिलाई बारम्बार फोन गरिरहेका थिए । आकाशमा हेलिकोप्टर उडेको देखेपछि उत्साहित भएका बाढी प्रभावितमध्ये अधिकांशले न त राहत पाउन सके न सेनाको टोलीले सहजै उद्धार गर्न सक्यो।

सेनाको टोलीले निक्कै जोखिम मोलेर जमिनदेखि ५-७ मिटर माथि आकाशमै हेलिकोप्टर होल्ड गरेर ५ सय ४६ जना बाढी प्रभावित महिला, बालबालिका र वृद्धवृद्धाको उद्धार गर्‍यो।

भिआइपीको 'निरीक्षण'ले उद्धार प्रभावित

nimb
nimb
Ncell 2
Ncell 2

जब उद्धार र राहतले गति लिन थालेको थियो, त्यही बेला भिआइपीको भ्रमण सुरु भयो । उद्धारमा सक्रिय हेलिकोप्टर प्रधानमन्त्री, मन्त्री र भिआइपीलाई बाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गराउनतिर लाग्यो।

सेनासँग रहेको एउटा हेलिकोप्टर बाढीपीडितको उद्धार र राहतमा भन्दा भिआइपीको भ्रमणमा बढी व्यस्त भयो । दलका नेता तथा जनप्रतिनिधिहरुले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने व्यवस्था मिलाइदिन प्रशासनलाई तीव्र दबाब दिए। 

हेलिकोप्टरमा एक भिआइपी कम हुँदा सय केजी राहत सामग्री पुर्‍याउन सकिने जोखिममा परेका एक मानिसलाई उद्धार गर्न सकिने प्रशासनका अधिकारीहरु बताइरहेका थिए । मन्त्री र उनका सहयोगी भने हेलिकोप्टरबाट निरीक्षण गर्न नपाएको भन्दै प्रशासनमाथि खनिए।

राहत र उद्धारमा खटिनुपर्ने स्थानीय प्रशासन मन्त्रीको स्वागत र उनका सहयोगीका लागि राम्रो गाडी र खानपिनको व्यवस्था मिलाउनमै व्यस्त देखिए । स्वागतमै सिडिओ र एसपी सहित सयौं कार्यकर्ता एयरपोर्टसम्मै आऊन् भन्ने चाहना मन्त्री र उनका सहयोगीहरुमा देखियो । बाढी प्रभावितको राहत र उद्धारभन्दा प्रधानमन्त्री, मन्त्री र नेताको चाकडीमा कर्मचारी र दलका कार्यकर्ता असिनपसिन भई खटिएका देखिन्थे।

बाढीपीडितको राहत र उद्धारमा व्यस्त बाँकेका प्रजिअ रमेश केसीलाई त भूमिसुधार मन्त्री गोपाल दहितले झन्डायुक्त सुविधासम्पन्न गाडीको व्यवस्था नगरेको भन्दै तल्लै स्तरमा उत्रिएर थर्काए।

एक दिनमा ६ जनासम्म भिआइपी आउन थालेपछि उनीहरुका लागि गाडी र स्कर्टिङको व्यवस्था मिलाउन प्रशासनलाई हम्मेहम्मे पर्‍यो। 

अत्यावश्यक र गर्नैपर्ने काम बाढीपीडितहरुको राहत र उद्धार भए पनि मन्त्री तथा भिआइपीको स्वागत गाडी तथा खानपानको व्यवस्था मिलाउन स्थानीय प्रशासन केन्द्रित भएपछि पीडितहरुको समयमै उद्धार हुन सकेन।

साउन २८ देखि भदौ १२ सम्म आएका भिआइपीहरु 

— पूर्वप्रधानमन्त्री झलनाथ खनाल

— गृहमन्त्री जर्नादन शर्मा, गृहसचिव,  नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख

— सिँचाइ मन्त्री सञ्जय गौतम, भूमिसुधार मन्त्री गोपाल दहित, पशुपंक्षी विकास मन्त्री सन्तकुमार चौधरी

— प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र खत्री

— पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, पशुपंक्षी विकास राज्यमन्त्री गोमा कुँवर 

— श्रम राज्यमन्त्री डिल्ली चौधरी 

— सिँचाइ राज्यमन्त्री अमरसिंह पुन 

— ऊर्जामन्त्री महेन्द्रबहादुर शाही

— युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी

प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्