• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भिआइपी लस्कर लाग्दा यसरी प्रभावित भएको थियो उद्धार कार्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ २०, २०७४  ०९:१४
1140x725

नेपालगञ्ज- साउन अन्तिम साताको अविरल वर्षापछि आएको बाढीका कारण बाँकेको करिब ३० प्रतिशत भूभाग डुबानमा पर्‍यो। राप्ती र डुडुवाको बाढीले स्थानीय थप प्रभावित बने।

प्रशासन प्रमुख नहुँदा राहत र उद्धार कार्य समयमै हुन सकेन । बाढीपीडित झन् बिचल्लीमा परे । बाँके प्रशासन प्रमुखविहीन थियो भने बाढी र विपदका लागि राखिएको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत पठाइएको थियो। प्रमुखको अभावमा बाढीपछि हुने मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने भन्ने ठोस योजना बन्न सकेन । सुर्खेतमा रहेको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण समयमै नेपालगन्ज आउन नसक्दा प्रशासनका कर्मचारी थप तनावमा रहे।

ढिलो गरेर हेलिकोप्टर त आयो तर बाढी प्रभावितलाई तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनसँग ड्राइफुडसम्म थिएन । हेलिकोप्टरबाटै ड्राइफुड र शुद्ध पिउने पानी वितरण गर्ने तथा जोखिमपूर्ण स्थानमा रहेका बासिन्दाको उद्धार गर्ने योजना बन्यो । एक ट्रिप ड्राइफुड र पानी जुटाउनै स्थानीय प्रशासनलाई झन्डै ४ घन्टा लाग्यो।

करिब ९४ हजार मानिस बाढी र डुबानबाट प्रभावित थिए। घरले च्यापिएका ३ बालिकाको समेत समयमै उद्धार हुन नसक्दा ज्यान गयो । बल्लतल्ल जुटाइइको खाद्यसामग्री कहाँ कसलाई दिने भन्ने अन्योल  देखियो।

उद्धार र सामग्रीका लागि तालिमप्राप्त सैनिक लिएर हेलिकोप्टर उड्यो । क्याप्टेन सहितको उडान टोलीसँग  राहत सामग्री पुर्यािउने र जोखिममा रहेका मानिसको उद्धार गर्नुपर्ने स्थानको भरपर्दो सूचना समेत थिएन । जसका कारण निक्कै समस्या आइलाग्यो। जताततै पानी नै पानी भएकाले हेलिकोप्टर ल्यान्ड गर्ने स्थानको अभाव थियो।

स्थानीय बासिन्दाहरु राहत र उद्धारका लागि आग्रह गर्दै स्थानीय प्रशासन र आफ्ना जनप्रतिनिधिलाई बारम्बार फोन गरिरहेका थिए । आकाशमा हेलिकोप्टर उडेको देखेपछि उत्साहित भएका बाढी प्रभावितमध्ये अधिकांशले न त राहत पाउन सके न सेनाको टोलीले सहजै उद्धार गर्न सक्यो।

सेनाको टोलीले निक्कै जोखिम मोलेर जमिनदेखि ५-७ मिटर माथि आकाशमै हेलिकोप्टर होल्ड गरेर ५ सय ४६ जना बाढी प्रभावित महिला, बालबालिका र वृद्धवृद्धाको उद्धार गर्‍यो।

भिआइपीको 'निरीक्षण'ले उद्धार प्रभावित

Ncell 2
Ncell 2
nimb
nimb

जब उद्धार र राहतले गति लिन थालेको थियो, त्यही बेला भिआइपीको भ्रमण सुरु भयो । उद्धारमा सक्रिय हेलिकोप्टर प्रधानमन्त्री, मन्त्री र भिआइपीलाई बाढी प्रभावित क्षेत्रको हवाइ निरीक्षण गराउनतिर लाग्यो।

सेनासँग रहेको एउटा हेलिकोप्टर बाढीपीडितको उद्धार र राहतमा भन्दा भिआइपीको भ्रमणमा बढी व्यस्त भयो । दलका नेता तथा जनप्रतिनिधिहरुले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने व्यवस्था मिलाइदिन प्रशासनलाई तीव्र दबाब दिए। 

हेलिकोप्टरमा एक भिआइपी कम हुँदा सय केजी राहत सामग्री पुर्‍याउन सकिने जोखिममा परेका एक मानिसलाई उद्धार गर्न सकिने प्रशासनका अधिकारीहरु बताइरहेका थिए । मन्त्री र उनका सहयोगी भने हेलिकोप्टरबाट निरीक्षण गर्न नपाएको भन्दै प्रशासनमाथि खनिए।

राहत र उद्धारमा खटिनुपर्ने स्थानीय प्रशासन मन्त्रीको स्वागत र उनका सहयोगीका लागि राम्रो गाडी र खानपिनको व्यवस्था मिलाउनमै व्यस्त देखिए । स्वागतमै सिडिओ र एसपी सहित सयौं कार्यकर्ता एयरपोर्टसम्मै आऊन् भन्ने चाहना मन्त्री र उनका सहयोगीहरुमा देखियो । बाढी प्रभावितको राहत र उद्धारभन्दा प्रधानमन्त्री, मन्त्री र नेताको चाकडीमा कर्मचारी र दलका कार्यकर्ता असिनपसिन भई खटिएका देखिन्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाढीपीडितको राहत र उद्धारमा व्यस्त बाँकेका प्रजिअ रमेश केसीलाई त भूमिसुधार मन्त्री गोपाल दहितले झन्डायुक्त सुविधासम्पन्न गाडीको व्यवस्था नगरेको भन्दै तल्लै स्तरमा उत्रिएर थर्काए।

एक दिनमा ६ जनासम्म भिआइपी आउन थालेपछि उनीहरुका लागि गाडी र स्कर्टिङको व्यवस्था मिलाउन प्रशासनलाई हम्मेहम्मे पर्‍यो। 

अत्यावश्यक र गर्नैपर्ने काम बाढीपीडितहरुको राहत र उद्धार भए पनि मन्त्री तथा भिआइपीको स्वागत गाडी तथा खानपानको व्यवस्था मिलाउन स्थानीय प्रशासन केन्द्रित भएपछि पीडितहरुको समयमै उद्धार हुन सकेन।

साउन २८ देखि भदौ १२ सम्म आएका भिआइपीहरु 

— पूर्वप्रधानमन्त्री झलनाथ खनाल

— गृहमन्त्री जर्नादन शर्मा, गृहसचिव,  नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख

— सिँचाइ मन्त्री सञ्जय गौतम, भूमिसुधार मन्त्री गोपाल दहित, पशुपंक्षी विकास मन्त्री सन्तकुमार चौधरी

— प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र खत्री

— पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, पशुपंक्षी विकास राज्यमन्त्री गोमा कुँवर 

— श्रम राज्यमन्त्री डिल्ली चौधरी 

— सिँचाइ राज्यमन्त्री अमरसिंह पुन 

— ऊर्जामन्त्री महेन्द्रबहादुर शाही

— युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी

प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्