• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेइजिङको बगैंचा

64x64
नेपाल लाइभ शुक्रबार, चैत १५, २०७५  ०७:००
1140x725

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको ‘वि च्याट मोमेन्ट’मा एउटा स्टाटससहित केही फोटा देखिए। स्टाटसमार्फत विदेशका लागि जनमैत्री संघ बेइजिङ र बेइजिङ नगर सरकारले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा भाग लिन पाउँदा उनले खुसी व्यक्त गरे।

आफूले बागमती सरसफाइ अभियान चलाएको र उक्त अभियान नेपालमा भइरहेको पनि उनले सम्झिए। ‘बेइजिङको वायुको गुणस्तरमा सुधार आइरहेको छ र केही वर्षदेखि हरियाली पनि बढेको छ। पर्यावरण संरक्षणमा चीनले विश्वको नेतृत्व लिदैं जानेछ’, पाैड्यालले भनेका छन्।

भर्खरै मात्र हिउँदलाई बिदा गरेर वसन्तको स्वागत सत्कारमा व्यस्त  छ - बेइजिङ।

हिउँदको उराँठलाग्दो वातावरण, पात झरेर मुर्झाएका रूखमा बल्ल वसन्तले पालुवा भर्न थालेको छ। कतै-कतै रूखमा फुलेका सेता, पहेंला र गुलाबी फूलहरूले भमराहरूलाई मोहनी लगाउन थालेका छन्। मरूभूमी जस्तै रूखो लागेको शहर अहिले हरियालीकाे दिशातर्फ उन्मुख छ।

मार्च १३ तारिखका दिन बिहान ९ बजेतिर बेइजिङको पापाओसानबाट पढ्नका लागि कुलौताचे भन्ने ठाउँमा जाँदै थिएँ। सडक किनारभरि फूलका बगैँचामा पानी हालिरहेको देखेँ। शरद ऋतुले गर्दा कुनै बेला हरिया, लोभलाग्दा ती फूलका बोटहरू सुकेर खंग्रङ्ग देखिन्थे। ती फूलहरुलाई पूनर्जीवन दिन पानी हालिँदै थियाे भन्ने बुझ्न मलाई समय लागेन।

मैले उनीहरूले काम गरिरहेको त्यो दृश्य फोटोमा कैद गर्न लागें। तर, सधैं र सबै ठाउँमा फाेटाे लिनु उपयुक्त हुँदैन भन्ने चेत त्यतिबेला आयाे, जतिबेला उताबाट गाली गरेको जस्तै आवाज सुनें। त्यसपछि म डराएर छिटो-छिटो त्यहाँबाट भागें। म त्यति चिनियाँ भाषा नबुझ्ने भएकाले उनीहरूको कुरा त्यतिबेला बुझिन।

अलि पर पुगेपछि त्यो कामदारले भनेको वाक्य मोबाइलबाट अनुवाद गर्दा त आफैंदेखि हाँसो उठ्यो। उसले आफ्नो साथीलाई ‘तिमी उता पानी हाल्नु, म यता हाल्छु’ भनेको रहेछ। हुन त चिनियाँ भाषा बोल्दा आरोहअवरोह गरेर बोल्नुपर्ने हुन्छ। त्यसैले बानी नपरेका म जस्ता विदेशीलाई उनीहरूको बोल्ने तरिका नै झगडा गरेको जस्तो अथवा गाली गरेको जस्ताे लाग्नु स्वभाविक थियाे।

बेइजिङको सडकमा हिँड्दा देखिने हरियालीले मलाई आफ्नो गाउँघरको सम्झना दिलाउँछ अनि रूखहरूमा उफ्रिँदै खेलेको दृश्य आँखा वरिपरि नाच्न थाल्छ। मलाई अझै पनि सम्झना छ, ती बाल्यकालका क्षणहरू। म सानोमा अति चन्चल स्वभावकी थिएँ। फुर्सद भयो कि साथीसंगी बटुलेर खेल्न हिँड्ने। तराईमा प्राय: बगैंचाहरू धेरै हुन्छन्। गर्मीयाममा शीतल हुने भएकाले बगैँचा हाम्रो खेल्ने स्थल थियो। मेरो फुपूहरूको बारीको बिचमा पनि आँप र लिचीको बगैँचा थियो। त्यो बगैँचा भने फुपूकाे घरबाट टाढा बारीको बीचमा पर्थ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

असार साउनमा फलफूल लटरम्म फलेका हुन्थे। ती सिजनमा भने त्यहाँ रेखदेख गर्ने मान्छे राखिएकाे हुन्थ्यो। हामी त्यो बेलामा त्यहाँ डरले जाँदैनथ्यौं। साथी बटुलेर लग्दा मैले गाली खान्थें। फलफूल सकिएपछि भने हामी मज्जाले खेल्न पाउँथ्यौँ। जति उफ्रिए पनि बगैँचाको शीतल हावाले हाम्रो मन चङ्गाझैँ हावामा सररररर उडिरहन्थ्यो।

बगैँचाको बीचमा हाँगा फैलिएको सानो चिटिक्कको रूख थियो। हामी सबै चढ्नसक्ने भएकाले उफ्रने थलो बनेको थियो त्यो रूख। रूखको हाँगाको माथि अर्को हाँगामा चढेर पालैपालो मच्चाउथ्यौँ पनि।

२०५५ सालतिर नै हुनुपर्छ सदाझैँ हामी करिब ६/७ जना साथी त्यही रूखमा उफ्रिँदै थियौँ। रूखमुनि खेतबारीमा पानी लगाउनका लागि कुलो खनिएको थियो। उफ्रिँदै गर्दा अचानक रूखको हाँगा भाँचिन पुग्छ। केहीबेर अघिसम्म रमाइरहेका हामी अचानक गर्लम्म त्यही पानीमा खस्न पुग्याैं। धन्न कसैलाई ठूलो चोटपटक चाहिँ लागेन। मेरो मात्र ढाडले दु:ख पायो। कति दिनसम्म म निहुरिन नै सकिन। ममीले थाहा पाउनुहुन्छ भनेर कत्रो होसियारी अपनाउँदै केही नभएको जस्तो गर्थें। त्यो दुखाइ अझै मेरो स्मृतिमा ताजा छ।

उच्च शिक्षा अध्ययनका क्रममा हेटौँडा आएँ। हेटौँडा नेपालको 'ग्रीन सिटी'मा गनिन्छ। बिहेपछि भने म काठमाडाैं बस्नुपर्ने भयाे। काठमाडाैंको धूलोधुँवा यति धेरै कि त्यसै-त्यसै निस्सासिएको जस्तो हुन्थ्याे। बाटो छेउमा कतै-कतै फूल अलि-अलि देखियो, तर ती फूलहरूको पनि त्यस्तो स्याहार देखिएन।

२०७१ सालमा नेपालमा सार्क शिखर सम्मेलन हुदाँ काठमाडाैं खुब फूलहरूले सजाइएको थियो। तर, सर्वसाधारणहरू ती फूललाई किचेर, नाघेर हिंडेको समाचार सुन्दा उतिखेरै मन खिन्न भएको थियो। त्यही सहर छाेडेर म यतिखेर भने बेइजिङ आइपुगेकी थिएँ।

पहिलो पटक बेइजिङमा उत्रिँदा म रनभुल्लमा परें। राजधानी हो कि कुनै जङ्गल। बाटोको छेउछेउमा कतै रूखैरूखको जङ्गल त कतै घरैघरको जङ्गल।

विश्वमा प्रदूषित शहरमध्ये बेइजिङ पनि एक हो। जति धेरै आधुनिकता उति धेरै प्रदूषण। कतै सुनेको थिएँ, 'बेइजिङको हावामा कुनै दिन भएको बाक्लो प्रदूषण यस्तो थियो कि, जुन सास फेर्दा २१ वटा चुरोट खाए बराबरको हानी हुने खालको थियो।' कुनै बेला प्रदूषण बढेर तुवाँलोले ढाकेको जस्तो दिन पनि देखें। धेरै प्रदूषण भएको दिनमा त स्कुलहरू पनि बन्द नै हुने गर्दारहेछन्। सरकारले अफिसहरूमा माक्स पनि बाँड्दोरहेछ।

चीनमा हरेक वर्ष ४५ बिलियन चपस्टिकको प्रयोग हुन्छ। यसको लागि प्रत्येक वर्ष २ करोड रूख काट्नुपर्छ भनिन्छ। अहिले विश्वमा जलवायु परिवर्तनका कारण तापक्रम परिवर्तन हुँदै गइरहेको छ। जलवायु परिवर्तन हुनुमा प्रदूषण मुख्य कारक तत्व हो। त्यसैले चीन यसप्रति सचेत हुँदै गएको छ। शहरी क्षेत्रका कलकारखानाहरू अन्त सार्दै लगिएको छ।

चीनमा वसन्त ऋतु लाग्नासाथ अधिकांश ठाउँहरूमा वृक्षारोपणका कार्यक्रमहरू धमाधम भइरहेको देख्न सकिन्छ। 'क्यापिटल ग्रिनिङ कमिटी-२०१९' का अनुसार बेइजिङमा यस वर्ष ११ मिलियन बिरूवा रोप्ने लक्ष्य राखिएको छ। स्वयंसेवा गर्न इच्छुक व्यक्तिहरूका लागि ‘नागरिक स्वयंसेवी वृक्षारोपण’ भन्ने 'एप' 'वि च्याट'मा खोलिएको छ। त्यहाँ आफ्नो नाम दर्ता गर्न सकिन्छ।

रोचक लाग्दो कुरा त यसै वर्षदेखि ‘नागरिक स्वेच्छिक वृक्षारोपण’को 'वि च्याट एप' पनि क्यापिटल ग्रिनिङ कमिटीले सार्वजनिक गरेको छ। सहरका विभिन्न जिल्लामा रहेको क्यापिटल ग्रिनिङ कमिटीको कार्यालयअनुसार रूख रोप्न इच्छुकले उक्त एपबाट अनुमति लिनुपर्नेछ। त्यसै एपबाट कुन जमिनमा बिरूवा लगाउने भनेर निर्देशन दिइन्छ।

चीनमा सन् १९८३ देखि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यलाई हालसम्म पनि प्राथमिकतामा राखिएको छ। वृक्षारोपण र रेखदेखका लागि पुराना पुस्ता जोडतोडले लागेका छन्। वृद्धावस्थामा काम पनि नहुने, यत्तिकै घरमा निस्क्रिय जीवन बिताउनुभन्दा उनीहरू यस्ता काममा सक्रिय हुनेगरेकाे बताइन्छ। यसबाट बुढेसकालमा उनीहरूले केही न केही पैसा पनि कमाउन सक्ने ‍तथा समाजको एउटा समूह निस्क्रिय हुनबाट बच्ने अवस्था सिर्जना भएकाे छ।

आ-आफ्नो टोलका लागि स्वंयमसेवीहरू स्थानीय नै छानिएको हुन्छ। यसले गर्दा उनीहरूमा प्रतिस्पर्धाको भावनाको विकास हुन्छ। राम्रो काम गर्ने टोलका भित्ताहरूमा उनीहरूको सम्मानस्वरूप ठूलो फ्रेममा फोटो टाँसेको पनि देखिन्छ।

अचम्मै लाग्छ, बेइजिङमा आज खालि देखिएको जमिनमा भोलिपल्ट टेको लगाएर उभिएको रूख खडा भइरहेको हुन्छ। सहरका खालि ठाउँमा रूखैरूख लगाएर कृतिम जङ्गल जस्तै बनेको हुन्छ।

चीनमा यति दुःख गरेर रूखको संरक्षण गरेको देख्दा नेपाली वनजंगलको याद आउँछ। नेपालको हावापानीमा वनजंगल विकास गर्न यति धेरै मेहनत गर्नै पर्दैन। भौतिक विकास मानवीय आवश्यकता हो। तर, विकासको नाममा विनाश मात्रै गर्नु हुँदैन, जसले भावी पुस्ताका लागि भयावह अवस्था ल्याउनसक्छ।

मेराे भन्नु यत्ति छ- ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई उखानमा मात्रै सीमित गर्नुभएन। सम्भवत: यसमा जाेसुकैकाे सहमति रहन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्