• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कस्तो हुन्छ गर्भावस्थाको मनोसामाजिक समस्या?

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  १०:१७
1140x725

मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने धरै विषयमध्ये यौन विज्ञान पनि एक हो।यौन विज्ञानसँगै जोडिएर आउने अर्को विषय हो, मनोविज्ञान।यौन विज्ञान र मनोविज्ञानबीच दोहोरो सम्बन्ध हुन्छ।यौनिकता, यौन चाहना, यौन सन्तुष्टि आदिको मनोवैज्ञानिक पक्ष रहेको विज्ञानले पुष्टि गरेको छ।

यही सन्र्दभमा महिलाको जीवनमा आउने अवस्था (रजस्वला, गर्भावस्था, सुत्केरी अवस्था) मा विभिन्न प्रकारका मनोवैज्ञानिक परिवर्तन भइरहेका हुन्छन्।गर्भावस्थामा महिलामा धेरै शारीरिक परिवर्तन भएका हुन्छन्।सँगसँगै गर्भावस्थामा महिलाले मानसिक रुपमा पनि धेरै परिवर्तन अनुभव गर्छन्।

गर्भमा हुर्कंदै गरेको बच्चालाई अनुभव गर्दै आफू आमा भएकोमा गर्व गर्ने, उत्साहित हुने, सपना सजाउने आदि सामान्य कुरा हुन्।यही अवस्थामा कसै–कसैलाई भने विस्मय, डर, चिन्ता, अनिश्चिता आदिले सताउने गर्छ।

यस्तो विस्मय, डर, चिन्ता आदिको कारण पत्ता लगाई तुरुन्त निराकरण गर्नुपर्छ।गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनबारे जानकारी गराउनुपर्छ।

गर्भमा बच्चा हुर्कंदै गर्दा आमाको मानसपटलमा बच्चाको एक खालको तस्बिर बन्छ, अनि आमाले बच्चालाई भावनात्मक रुपले अँगाल्दै जाने र आफ्नो अंशको रुपमा स्वीकार गर्ने हुन्छ ।

मनोविज्ञहरुका अनुसार बच्चाको त्यो अमूर्त तस्बिर र प्रगाढ भावनात्मक सम्बन्धलाई आमाले आफ्नो पूरा नभएका सपना, इच्छा, आकांक्षा पूरा गर्ने माध्यमको रुपमा पनि लिन्छन्।गर्भावस्थामा मनोवैज्ञानिक परिवर्तन आउनुका पछाडि हर्मोनहरुले मस्तिष्कमा ल्याउने जैविक परिवर्तनहरु छन्।

हालसालै ‘नेचर’ म्यागेजिनमा प्रकाशित रिसर्चले गर्भावस्थामा मस्तिष्कको आकार सानो हुने र आकार घटे पनि मस्तिष्कको काम भने झन् तेजिलो हुने देखाएको छ।साथै मस्तिष्कमा न्युरोकेमिकलहरुको मात्रा पनि परिवर्तन हुने रिसर्चले देखाएको छ।

सामान्यतः आमाले भावनात्मक रुपले गर्भको बच्चालाई अँगाल्ने गर्छन्।साथै कतिपय अवस्थामा आफ्नो चाहनाको केन्द्र पनि बनाउँछन्।कहिलेकाहीँ असीमित चाहना राख्नाले आमालाई मानसिक समस्या हुने सम्भावना रहन्छ।यस्ता आमाहरु एङ्जाइटी, डिप्रेसन, साइकोसिस आदि समस्याले ग्रसित हुने खतरा रहन्छ।यी समस्या सुत्केरी अवस्थामा निम्न रुपमा देखा पर्छन्ः

Ncell 2
Ncell 2

पोस्पार्टम ब्लुज (बेबी ब्लुज): बच्चा जन्मेको ४—५ दिनपछि देखापर्ने लक्षणहरु जस्तो रुन मन लाग्ने, छटपटी हुने, निराशा हुने, निद्रा नलाग्ने आदि।यस्ता लक्षण ३० देखि ७५ प्रतिशत सुत्केरी आमामा देखिन सक्छ ।

पोस्टपार्टम साइकोसिसः सुत्केरी भएको ८ हप्ताभित्र ० दशमलब १ प्रतिशत महिलामा डर लाग्ने, शंका लाग्ने, विभिन्न भ्रम हुने, एक्लै बर्बराउने, नभएको कुरा सुन्ने (मिथ्याभास हुने) लक्षण देखापर्न सक्छन् ।

पोस्टपार्टम डिप्रेसनः सुत्केरी भएको १२ हप्ताभित्र १० देखि १५ प्रतिशत महिलामा दिक्क लाग्ने, निराशा हुुने, निद्रा नलाग्ने, भोक नलाग्ने, तौल घटबढ हुने, एक्लै बस्न मन लाग्ने आदि लक्षण देखिन्छन् ।

कहिलेकाहीँ यी समस्याहरु सुत्केरी भएको लामो समयसमम्म पनि रहिरहने हुनसक्छ।यस्तो भएमा समस्याको निदान गरी उपयुक्त उपचार पहिल्याउनुपर्छ।

पोस्टपार्टम ब्लुजको लागि विशेष उपचार जरुरी हँुदैन।परिवारको सहयोग, सद्भाव र साथ नै सो समस्या समाधानका उपाय हुन् ।

पोस्टपार्टम साइकोसिस, पोस्टपार्टम डिप्रेसनको भने उपयुक्त औषधि र मनोवैज्ञानिक परार्मशद्वारा उपचार गर्नुपर्छ ।

यस्तो अवस्थामा कहिलेकाहीँ बच्चाको ख्याल नगर्ने, बच्चालाई दूध नचुसाउने, बेसुरका कुरा गर्ने, यो मेरो बच्चा होइन भन्ने जस्ता लक्षण देखिन्छन्।साथै बिनाकारण रोइरहने, निराशा हुने, खानपानमा र सरसफाइमा ध्यान नदिने हुन्छ।आफ्नै बच्चाप्रति शंका लाग्ने र शंकाको भरमा बच्चाको ज्यानसमेत लिनसक्ने डरलाग्दो अवस्थासमेत आउन सक्छ ।

रिसर्चहरुका अनुसार यस्तो बिरामी भएकामध्ये ४ प्रतिशत महिलाले बच्चाको ज्यान लिएको देखिएको छ।जसलाई ‘इन्फ्यान्टिसाइड’ भनिन्छ।त्यसैगरी ५ प्रतिशत महिलाले आत्महत्या गरेको पाइएको छ।यसरी आमा र बच्चाको ज्यानलाई अतरा देखिएको अवस्थामा तुरुन्त अस्पताल भर्ना गरी उपचार सुरु गर्नुपर्छ।

कतिपय अवस्थामा विद्युतीय उपचार प्रणाली (इसिटी) प्रथम उपायको रुपमा प्रयोग गरिन्छ।यसो गर्दा आमाको स्वास्थ्यमा चाँडो सुधार आउँछ।आमा र बच्चा दुवैलाई दूरगामी असर पर्दैन।

विगतमा कुनै मानसिक समस्या भएर उपचारपश्चात् ठिक भएको वा उपचार नै नगरेका रोगहरु गर्भावस्थामा बल्झने सम्भावना रहन्छ ।

माइग्रेन (टाउको दुखाई), मनोत्रास÷मनोचिन्ता (एन्जाइटी), डिप्रेसन, उन्माद (साइकोसिस) र बाइपोलार÷मोनिया गर्भावस्थामा बल्झनसक्ने रोग हुन् ।

गर्भावस्थामा रोग बल्झिएमा उपचार आवश्यक हुन्छ।यस्तो अवस्थामा अति आवश्यक नभएसमम कुनै पनि किसिमको औषधि प्रयोग गर्नुहुन्न भन्ने मान्यता छ।तर कतिपय अवस्थामा औषधिको प्रयोग नगर्दा जटिलता आउने र ज्यानै खतरा हुनसक्छ ।

यही कुरालाई मध्यनजर गरी गर्भावस्थामा प्रयोग गर्ने औषधिको क्याटेगोरी छुट्टाइएको हुन्छ।‘ए’ र ‘बी’ क्याटोगोरीका औषधि गुण र दोष हेरेर चलाउन मिल्छ।‘सी’ र ‘डी’ सकेसम्म नचलाएको राम्रो मानिन्छ।तर ज्यानकै खतरा भएको अवस्थामा यी औषधि चलाउनुपर्ने हुनसक्छ।

‘एक्स’ क्याटोगोरी अत्यन्तै हानिकारक हुनसक्ने हुनाले कुनै पनि अवस्थामा चलाउन हुँदैन।धेरैजसो बिरामीको रोगको अवस्था हेरेर उपचार निर्धारण गर्नुपर्छ।

मानसिक रोगका सामान्य लक्षण छन् भने मनोवैज्ञानिक परार्मशले मात्र पनि निको हुनसक्छ।जटिल लक्षण छन् र उपचार नगर्दा जटिलता बढ्ने तथा आमा–बच्चा दुवैको फाइदा र बेफाइदा, गुण र दोष हेरेर औषधि चलाउनुपर्छ।र, निश्चित समयमा फलोअप गर्नुपर्छ।

विशेषगरी गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको अंगहरुको विकास हुन्छ।त्यसैले सो समयमा सम्भव भएसम्म मनोवैज्ञानिक उपचार र सम्भव नभए मात्र क्याटोगोरी ‘ए’ र ‘बी’ का औषधि प्रयोग गर्नुपर्छ।ती औषधि प्रयोग गर्दा आउनसक्ने सम्भावित नकारात्मक असर र जटिलतालाई भने ध्यानमा राख्नैपर्छ ।

सामान्य अवस्थामा पनि १० देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने सम्भावना रहन्छ।त्यसैगरी २ देखि ३ प्रतिशतमा शारीरिक अंगभंग हुने पाइएको छ।मादक पदार्थ, चुरोट, सूर्ति आदि प्रयोग गर्दा बच्चा सानो जन्मने, समय नपुगी जन्मने, अंगभंग हुने सम्भावना रहन्छ।डिप्रेसन, मेनिया जस्ता रोगले समयपूर्व नै बच्चा जन्मने जोेखिम बढाएका हुन्छन्।

गर्भावस्थामा औषधि चलाउँदा अपनाउनुपर्ने सिद्धान्त
- सकेसम्म प्रयोग गर्न निषेध गरिएका औषधि प्रयोग नगर्ने, जस्तोः बालप्रोयेट, कार्वामाजेपिम, लिथियम।
- जबसम्म बेफाइदाको तुलनामा फाइदा बढी हँुदैन, पहिलो तीन महिना सकेसम्म औषधि प्रयोग नगर्ने।
- वैकल्पिक उपचारले नभएसम्म सबैभन्दा उपयुक्त औषधि, सकेसम्म कम डोजमा प्रयोग गर्ने ।
- औषधि खाइरहेका महिलाले गर्भवति हुने इच्छा गरेमा, समस्या नभएको खण्डमा चिकित्सकको सल्लाहमा विस्तारै औषधि घटाउँदै बन्द गर्ने।तर धेरै पुरानो र कडा खालको रोगमा औषधि बन्द गर्नु बुद्धिमानी हुँदैन ।
- चुरोटको लत भएको खण्डमा औषधिको विकल्पमा निकोटिन, रिपलेसमेन्ट थेरापी प्रयोग गर्नुपर्छ ।

अन्त्यमा, गर्भवती महिला र उनको परिवारलाई रोगको बारेमा, उपचारको विधि  र सम्भाव्य जटिलताको बारेमा जानकारी गराउनुपर्छ।साथै गर्भावस्थाको नियमति जाँच गरी विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ।

(डा अधिकारी नशा तथा मनोरोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस्
सम्बन्धित सामग्री
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान आइतबार, माघ ११, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ आइतबार, माघ ११, २०८२
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस् आइतबार, माघ ११, २०८२
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्