• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कस्तो हुन्छ गर्भावस्थाको मनोसामाजिक समस्या?

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  १०:१७
1140x725

मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने धरै विषयमध्ये यौन विज्ञान पनि एक हो।यौन विज्ञानसँगै जोडिएर आउने अर्को विषय हो, मनोविज्ञान।यौन विज्ञान र मनोविज्ञानबीच दोहोरो सम्बन्ध हुन्छ।यौनिकता, यौन चाहना, यौन सन्तुष्टि आदिको मनोवैज्ञानिक पक्ष रहेको विज्ञानले पुष्टि गरेको छ।

यही सन्र्दभमा महिलाको जीवनमा आउने अवस्था (रजस्वला, गर्भावस्था, सुत्केरी अवस्था) मा विभिन्न प्रकारका मनोवैज्ञानिक परिवर्तन भइरहेका हुन्छन्।गर्भावस्थामा महिलामा धेरै शारीरिक परिवर्तन भएका हुन्छन्।सँगसँगै गर्भावस्थामा महिलाले मानसिक रुपमा पनि धेरै परिवर्तन अनुभव गर्छन्।

गर्भमा हुर्कंदै गरेको बच्चालाई अनुभव गर्दै आफू आमा भएकोमा गर्व गर्ने, उत्साहित हुने, सपना सजाउने आदि सामान्य कुरा हुन्।यही अवस्थामा कसै–कसैलाई भने विस्मय, डर, चिन्ता, अनिश्चिता आदिले सताउने गर्छ।

यस्तो विस्मय, डर, चिन्ता आदिको कारण पत्ता लगाई तुरुन्त निराकरण गर्नुपर्छ।गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनबारे जानकारी गराउनुपर्छ।

गर्भमा बच्चा हुर्कंदै गर्दा आमाको मानसपटलमा बच्चाको एक खालको तस्बिर बन्छ, अनि आमाले बच्चालाई भावनात्मक रुपले अँगाल्दै जाने र आफ्नो अंशको रुपमा स्वीकार गर्ने हुन्छ ।

मनोविज्ञहरुका अनुसार बच्चाको त्यो अमूर्त तस्बिर र प्रगाढ भावनात्मक सम्बन्धलाई आमाले आफ्नो पूरा नभएका सपना, इच्छा, आकांक्षा पूरा गर्ने माध्यमको रुपमा पनि लिन्छन्।गर्भावस्थामा मनोवैज्ञानिक परिवर्तन आउनुका पछाडि हर्मोनहरुले मस्तिष्कमा ल्याउने जैविक परिवर्तनहरु छन्।

हालसालै ‘नेचर’ म्यागेजिनमा प्रकाशित रिसर्चले गर्भावस्थामा मस्तिष्कको आकार सानो हुने र आकार घटे पनि मस्तिष्कको काम भने झन् तेजिलो हुने देखाएको छ।साथै मस्तिष्कमा न्युरोकेमिकलहरुको मात्रा पनि परिवर्तन हुने रिसर्चले देखाएको छ।

सामान्यतः आमाले भावनात्मक रुपले गर्भको बच्चालाई अँगाल्ने गर्छन्।साथै कतिपय अवस्थामा आफ्नो चाहनाको केन्द्र पनि बनाउँछन्।कहिलेकाहीँ असीमित चाहना राख्नाले आमालाई मानसिक समस्या हुने सम्भावना रहन्छ।यस्ता आमाहरु एङ्जाइटी, डिप्रेसन, साइकोसिस आदि समस्याले ग्रसित हुने खतरा रहन्छ।यी समस्या सुत्केरी अवस्थामा निम्न रुपमा देखा पर्छन्ः

Ncell 2
Ncell 2
nimb
nimb

पोस्पार्टम ब्लुज (बेबी ब्लुज): बच्चा जन्मेको ४—५ दिनपछि देखापर्ने लक्षणहरु जस्तो रुन मन लाग्ने, छटपटी हुने, निराशा हुने, निद्रा नलाग्ने आदि।यस्ता लक्षण ३० देखि ७५ प्रतिशत सुत्केरी आमामा देखिन सक्छ ।

पोस्टपार्टम साइकोसिसः सुत्केरी भएको ८ हप्ताभित्र ० दशमलब १ प्रतिशत महिलामा डर लाग्ने, शंका लाग्ने, विभिन्न भ्रम हुने, एक्लै बर्बराउने, नभएको कुरा सुन्ने (मिथ्याभास हुने) लक्षण देखापर्न सक्छन् ।

पोस्टपार्टम डिप्रेसनः सुत्केरी भएको १२ हप्ताभित्र १० देखि १५ प्रतिशत महिलामा दिक्क लाग्ने, निराशा हुुने, निद्रा नलाग्ने, भोक नलाग्ने, तौल घटबढ हुने, एक्लै बस्न मन लाग्ने आदि लक्षण देखिन्छन् ।

कहिलेकाहीँ यी समस्याहरु सुत्केरी भएको लामो समयसमम्म पनि रहिरहने हुनसक्छ।यस्तो भएमा समस्याको निदान गरी उपयुक्त उपचार पहिल्याउनुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोस्टपार्टम ब्लुजको लागि विशेष उपचार जरुरी हँुदैन।परिवारको सहयोग, सद्भाव र साथ नै सो समस्या समाधानका उपाय हुन् ।

पोस्टपार्टम साइकोसिस, पोस्टपार्टम डिप्रेसनको भने उपयुक्त औषधि र मनोवैज्ञानिक परार्मशद्वारा उपचार गर्नुपर्छ ।

यस्तो अवस्थामा कहिलेकाहीँ बच्चाको ख्याल नगर्ने, बच्चालाई दूध नचुसाउने, बेसुरका कुरा गर्ने, यो मेरो बच्चा होइन भन्ने जस्ता लक्षण देखिन्छन्।साथै बिनाकारण रोइरहने, निराशा हुने, खानपानमा र सरसफाइमा ध्यान नदिने हुन्छ।आफ्नै बच्चाप्रति शंका लाग्ने र शंकाको भरमा बच्चाको ज्यानसमेत लिनसक्ने डरलाग्दो अवस्थासमेत आउन सक्छ ।

रिसर्चहरुका अनुसार यस्तो बिरामी भएकामध्ये ४ प्रतिशत महिलाले बच्चाको ज्यान लिएको देखिएको छ।जसलाई ‘इन्फ्यान्टिसाइड’ भनिन्छ।त्यसैगरी ५ प्रतिशत महिलाले आत्महत्या गरेको पाइएको छ।यसरी आमा र बच्चाको ज्यानलाई अतरा देखिएको अवस्थामा तुरुन्त अस्पताल भर्ना गरी उपचार सुरु गर्नुपर्छ।

कतिपय अवस्थामा विद्युतीय उपचार प्रणाली (इसिटी) प्रथम उपायको रुपमा प्रयोग गरिन्छ।यसो गर्दा आमाको स्वास्थ्यमा चाँडो सुधार आउँछ।आमा र बच्चा दुवैलाई दूरगामी असर पर्दैन।

विगतमा कुनै मानसिक समस्या भएर उपचारपश्चात् ठिक भएको वा उपचार नै नगरेका रोगहरु गर्भावस्थामा बल्झने सम्भावना रहन्छ ।

माइग्रेन (टाउको दुखाई), मनोत्रास÷मनोचिन्ता (एन्जाइटी), डिप्रेसन, उन्माद (साइकोसिस) र बाइपोलार÷मोनिया गर्भावस्थामा बल्झनसक्ने रोग हुन् ।

गर्भावस्थामा रोग बल्झिएमा उपचार आवश्यक हुन्छ।यस्तो अवस्थामा अति आवश्यक नभएसमम कुनै पनि किसिमको औषधि प्रयोग गर्नुहुन्न भन्ने मान्यता छ।तर कतिपय अवस्थामा औषधिको प्रयोग नगर्दा जटिलता आउने र ज्यानै खतरा हुनसक्छ ।

यही कुरालाई मध्यनजर गरी गर्भावस्थामा प्रयोग गर्ने औषधिको क्याटेगोरी छुट्टाइएको हुन्छ।‘ए’ र ‘बी’ क्याटोगोरीका औषधि गुण र दोष हेरेर चलाउन मिल्छ।‘सी’ र ‘डी’ सकेसम्म नचलाएको राम्रो मानिन्छ।तर ज्यानकै खतरा भएको अवस्थामा यी औषधि चलाउनुपर्ने हुनसक्छ।

‘एक्स’ क्याटोगोरी अत्यन्तै हानिकारक हुनसक्ने हुनाले कुनै पनि अवस्थामा चलाउन हुँदैन।धेरैजसो बिरामीको रोगको अवस्था हेरेर उपचार निर्धारण गर्नुपर्छ।

मानसिक रोगका सामान्य लक्षण छन् भने मनोवैज्ञानिक परार्मशले मात्र पनि निको हुनसक्छ।जटिल लक्षण छन् र उपचार नगर्दा जटिलता बढ्ने तथा आमा–बच्चा दुवैको फाइदा र बेफाइदा, गुण र दोष हेरेर औषधि चलाउनुपर्छ।र, निश्चित समयमा फलोअप गर्नुपर्छ।

विशेषगरी गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको अंगहरुको विकास हुन्छ।त्यसैले सो समयमा सम्भव भएसम्म मनोवैज्ञानिक उपचार र सम्भव नभए मात्र क्याटोगोरी ‘ए’ र ‘बी’ का औषधि प्रयोग गर्नुपर्छ।ती औषधि प्रयोग गर्दा आउनसक्ने सम्भावित नकारात्मक असर र जटिलतालाई भने ध्यानमा राख्नैपर्छ ।

सामान्य अवस्थामा पनि १० देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने सम्भावना रहन्छ।त्यसैगरी २ देखि ३ प्रतिशतमा शारीरिक अंगभंग हुने पाइएको छ।मादक पदार्थ, चुरोट, सूर्ति आदि प्रयोग गर्दा बच्चा सानो जन्मने, समय नपुगी जन्मने, अंगभंग हुने सम्भावना रहन्छ।डिप्रेसन, मेनिया जस्ता रोगले समयपूर्व नै बच्चा जन्मने जोेखिम बढाएका हुन्छन्।

गर्भावस्थामा औषधि चलाउँदा अपनाउनुपर्ने सिद्धान्त
- सकेसम्म प्रयोग गर्न निषेध गरिएका औषधि प्रयोग नगर्ने, जस्तोः बालप्रोयेट, कार्वामाजेपिम, लिथियम।
- जबसम्म बेफाइदाको तुलनामा फाइदा बढी हँुदैन, पहिलो तीन महिना सकेसम्म औषधि प्रयोग नगर्ने।
- वैकल्पिक उपचारले नभएसम्म सबैभन्दा उपयुक्त औषधि, सकेसम्म कम डोजमा प्रयोग गर्ने ।
- औषधि खाइरहेका महिलाले गर्भवति हुने इच्छा गरेमा, समस्या नभएको खण्डमा चिकित्सकको सल्लाहमा विस्तारै औषधि घटाउँदै बन्द गर्ने।तर धेरै पुरानो र कडा खालको रोगमा औषधि बन्द गर्नु बुद्धिमानी हुँदैन ।
- चुरोटको लत भएको खण्डमा औषधिको विकल्पमा निकोटिन, रिपलेसमेन्ट थेरापी प्रयोग गर्नुपर्छ ।

अन्त्यमा, गर्भवती महिला र उनको परिवारलाई रोगको बारेमा, उपचारको विधि  र सम्भाव्य जटिलताको बारेमा जानकारी गराउनुपर्छ।साथै गर्भावस्थाको नियमति जाँच गरी विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ।

(डा अधिकारी नशा तथा मनोरोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्