• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समाज सन्चै छ?

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  ०७:०५
1140x725

‘जीवन अमूल्य छ। जीवनको रक्षा गर्नु र त्यसलाई निरन्तरता दिनु हाम्रो प्राथमिक उत्तरदायित्वमध्ये एक हो।’ भगवान् बुद्धले दिनुभएको आधारभूत शिक्षालाई छोक्न्यी रिन्पोचेको पुस्तकको नेपाली अनुवाद (डा सरोज धितालद्वारा अनुदित) ‘चित्त खुलोस् हृदयसँगै’ मा पढ्दै गर्दा म संसारभर हिंसात्मक विस्फोटका खबरहरु विस्फारित नेत्रले पढिरहेछु। काश्मिर हमलाको घाउमा खाटा बस्न नपाउँदै न्युजिल्यान्ड निर्दोषको रगतले रंगिएको छ। न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाले ज्यान गुमाएका छन्। २० जनाभन्दा बढी गम्भीर रुपमा घाइते भएका छन्। आतंकवादलाई विभिन्न राजनीतिक रंग दिइने गरिए पनि मलाई चाहि यो गम्भीर रोग र कुलत हो जस्तो लाग्छ। यो निकै जटिल र कुटिल रोग हो, जो निको हुने रहर नै गर्दैन। जसले निको बनाउने रहर गर्छ, आतंकवादले उसैलाई सिध्याउँछ। अनाहकमा निहत्थाको जीवन चुँड्ने कामबाट नेपालले मुक्ति पायो भनेर ढुक्कले सास फेर्न सुरु गरेका हामी नेपालीले फेरि सन्तोषको सास हैन, सुस्केरा काढ्नुपर्ने दिन फर्केको नमिठो अनुभूति हुन थालेको छ। 

देश गृहयुद्धको झमेलाबाट बाहिर निस्केर आफ्नो लयमा फर्केको अनुभूत गर्न नपाउँदै फेरि हिंसात्मक घटनाको खेलमा फसेको भान भइरहेको छ। फागुन ११ गते एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट गराइँदा लमजुङ घर भएका ४९ वर्षीय सिंहप्रसाद गुरुङले ज्यान गुमाए, प्रतीक्षा खड्का र स्टाफ नर्स उरुषा मानन्धर गम्भीर घाइते भए। राजनीतिको नारा दिएर मर्न र मार्न उक्साउने, अर्काको अमूल्य जीवन अनाहकमा चुँड्ने, मान्छे घाइते पार्ने, समाज आतंकित पार्ने कामलाई रोमाञ्चक खेल सम्झेर समाज त्यतातिर फस्दै जानु दु:खद छ।

समाजको शल्यक्रिया गर्छौं भन्ने राजनीतिज्ञहरु यो हदको क्रुर र कठोर बन्नु हुँदैन। ठूलो क्षतिको ठूलो उपलब्धिभन्दा सानो क्षतिको सानो उपलब्धिले समाजलाई दीर्घ शान्ति र खुसी मिल्छ भने समाजलाई बिरामी बनाएर विजेताको भ्रममा किन रमाउने?

सद्दे मान्छेलाई घाइते पारेर हस्पिटलका बेड भर्न रहर गरिनुहुन्न। हस्पिटलको बेड गेस्ट सद्दे मान्छेलाई नियतवश घाइते पारेर अनि फेरि सन्चो पार्ने कामका लागि प्रयोग गरिनुहुन्न। सभ्य समाजले त्यस्तो कल्पना गर्दैन। हस्पिटलले जीवन जोड्छ। हस्पिटलले बिरामी चिन्छ, बिराम चिन्दैन। सदाचारी र दुराचारी भन्दैन। सानो र ठूलो मान्छे भन्दैन। जीवन भत्काउने रहर गर्दा गर्दै आफैले फिट गर्न लागेको बम पड्केर घाइते भएका आतयायीलाई पनि बचाएर पठाउछ। यति ठूलो विश्वविद्यालयबाट हिंसाको राजनीति गर्नेहरुले केही पाठ पढ्नु पर्दैन? 

एक थोपा रगत कति अमूल्य छ भन्ने कुरा आफन्तका लागि रगत जोहो गर्न रातारात यता र उताका ब्लड बैंक धाउनेहरुलाई थाहा छ, डाक्टर र नर्सलाई थाहा छ। रातो हुँदैमा रगतले जीवन दिँदैन।  ग्रुप जाँच्दै नजाँची जुन पायो त्यही रातो रगत हालेर कसैको जीवन बचाउन सकिँदैन। हिंसात्मक राजनीतिमा रमाउने खेल भनेको ग्रुप नमिलाई बिरामीको शरीरमा रगत हालिदिने रहर गरेजस्तै हो। समाजको शल्यक्रिया गर्छौं भन्ने राजनीतिज्ञहरु यो हदको क्रुर र कठोर बन्नु हुँदैन। ठूलो क्षतिको ठूलो उपलब्धिभन्दा सानो क्षतिको सानो उपलब्धिले समाजलाई दीर्घ शान्ति र खुसी मिल्छ भने समाजलाई बिरामी बनाएर विजेताको भ्रममा किन रमाउने? 

Ncell 2
Ncell 2

बाच्नुको महत्व सम्झाउँदै छोक्न्यी रिम्पोचे आफ्नो पुस्तक चित्त खुलोस् हृदयसँगैमा लेख्छन्, ‘जीवित हुनु नै एउटा अद्भुत चमत्कार हो। यो सत्यको एउटा उदाहरण हो- दु:खका सामु मानिसले देखाउने  गरेको असीम साहस।’ 

नेपालले लामो समय हिंसात्मक द्वन्द्व झेल्यो। नेताहरुको सुझबुझले त्यो हिंसाको अध्याय सकियो र सुक्न थालेको रुखमा पालुवा पलाएझैं नेपालीले शान्तिपूर्ण जीवन बाँच्न पाउने सपना देखे। तर, पछिल्लो समय देखिन थालेको हिंसात्मक गतिविधिले बाँच्न पाउने अद्भुत अधिकार कतै खोसिने त हैन भन्ने डर मडारिन थालेको छ। 

जीवन अमूल्य छ। राजनीतिले समाजका समस्याको शल्यक्रिया गर्छ। जीवन जोड्छ। जीवन गोड्ने, जीवन जोड्ने माली हो राजनीति। कुशल सर्जरी हो राजनीति।

नर्स उरुषा मानन्धर सायद अस्पतालको आइसियुमा कसैको जीवन जोगाएर घर फर्कंदै थिइन् या कसैलाई बचाउने टिमको सदस्य बन्न ड्युटीमा जाँदै थिइन्। तर, उनी स्वयं अनाहकमा गम्भीर विस्फोटको सिकार भइन् र आफै अस्पतालमा भर्ना भइन्। यसो किन भइरहेछ? जीवन जोड्ने रहर गर्ने उरुषाहरु किन जीवन तोड्नेहरुको सिकार भइरहेछन्? 

७ वर्ष अस्पतालमा नर्सको रुपमा काम गर्दा मैले मेरा आँखाअगाडि जीवन जोडिएको खुसी र जीवन तोडिएको दु:ख साह्रै नजिकबाट देखेको छु। डाक्टर र हामी नर्स मिलेर कालको मुखबाटै खोसेझैं गरी मान्छे बचाएका छौं कैयौंपटक। अस्पतालको ढोकाबाट काल कैयौं पटक खेदेका छौं हामीले। असाध्यै जटिल रोग, लामो उपचार प्रक्रिया, उमेरले नै थाकेको असाध्यै जीर्ण शरीरबाट प्राणपखेरु बिस्तारै उडेर जाने स्वभाविक जस्तो लाग्ने मृत्यु पनि कति अप्रिय हुन्छ, हामीले हस्पिटलमा धेरै पटक देखेका छौं। 

जीवन अमूल्य छ। राजनीतिले समाजका समस्याको शल्यक्रिया गर्छ। जीवन जोड्छ। जीवन गोड्ने, जीवन जोड्ने माली हो राजनीति। कुशल सर्जरी हो राजनीति। यसो गर्न रहर गर्ने समाजचाहि सन्चो समाज हो। हाम्रो समाजमा पनि यस्तै खाले सन्चो भइरहनुपर्छ। समाज सन्चै होस्। हिंसात्मक राजनीतमा फसेर रगतपच्छे भएर समाज अस्पतालको बेडमा लडेको देख्न नपरोस्। जीवन जोड्ने उरुषाहरु र अरु जो कोही पनि सन्चो समाजभित्र सन्चैसँग बस्न र बाच्न पाउन्। यही मेरो कामना छ। 

(लेखक मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजको नर्सिङ विभागमा अध्यापनरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक, के के छ? [पूर्णपाठ]
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह
चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना : २४ जना घाइते, ९ को अवस्था गम्भीर
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक, के के छ? [पूर्णपाठ] बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना : २४ जना घाइते, ९ को अवस्था गम्भीर बुधबार, फागुन ६, २०८२
भोट नदिए पनि हुन्छ काम दिनुस्, सुदूरपश्चिम बनाउँछौं : बालेन शाह बुधबार, फागुन ६, २०८२
बंगलादेशका प्रधानमन्त्री रहमानको मन्त्रिपरिषद् घोषणा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्