• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजीनामाबारे झुट बोले महाप्रबन्धक शर्माले

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  १९:५०
1140x725

काठमाडौं- अनियमिताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले शिक्षा मन्त्रालयमा राजीनामा बुझाएको दाबी गरे पनि राजीनामा पत्र नपुगेको खुलेको छ।

वार्षिक आम्दानीमा गडबडी गरेको, पुस्तक बिक्री वितरणको हिसाबकिताब चुस्त नराखेको, साझाकै लोगोमा व्यक्तिगत तवरबाट पुस्तक प्रकाशन गरेको, पुराना कर्मचारी हटाएर आफू अनुकूल नयाँ कर्मचारी भर्ना गरेको लगायत आरोप उनीमाथि छ।

संस्थाको बेथिति उजागर भएपछि शिक्षा मन्त्रालयले उप–सचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो। अनुगमन उपसचिव ढकालसहित कानुन उपसचिव रेशम सिग्देल र लेखा अधिकृत भोलानाथ पौडेल समितिमा थिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सीमा तोकिएको थियो।

समितिले प्रतिवेदनको काम सकेपछि शर्मासहित सञ्चालक समितिका चार सदस्यले शिक्षा मन्त्रालयमा राजीनामा बुझाएको शर्माले बताउँदै आएका थिए। ‘भदौ ९ गते मन्त्रालयमा लगेर राजीनामा बुझाइएको हो,’ उनले मिति तोकेरै भने, ‘१४ गते अस्विकृत भएर फिर्ता आइसक्यो।’

तर महाप्रबन्धक शर्मासहित अन्य सदस्यको कुनै राजीनामा नआएको शिक्षामन्त्री निकट एक कर्मचारीले बताए। ‘राजीनामा दिएको बारे केही अखबारमा समाचार देखेपछि आफैंले शर्मालाई फोन गरेर बुझेको थिएँ,’ उनले भने, ‘मसँग त राजीनामा बुझाएको होइन, पत्रिकाले जे पनि लेख्छन् भनेर उहाँले दाबी गर्नुभएको थियो। मन्त्रालयमा राजीनामा प्राप्त भएकै छैन।'

मन्त्रालयको यो भनाइले राजीनामाबारे शर्माले सबैलाई अन्योलमा राख्न खोजेको पुष्टि भएको छ। 

आरोप र प्रमाण नपुनेपछि नै राजीनामा स्विकृत गर्न गर्न शिक्षामन्त्रीलाई समस्या भएको दाबी गर्दै आएका उनी तर्क गर्छन्, ‘आरोप प्रमाणित नभएपछि नै राजीनामा स्विकृत नभएको हो। हामी बदमास भएको भए मन्त्रालयले त्यसैमा टेकेर कारबाही गर्थ्यो होला नि।’

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले शर्मालाई नियुक्ति गर्दा कार्यक्षेत्रको एक बुँदामा ‘शिक्षा मन्त्रालय अन्तर्गत नियुक्ति हुनुपर्ने’ बुँदा राखेकाले साझा प्रकाशन शिक्षाअन्तर्गत भएको बुझाइ हुन सक्ने ती कर्मचारीले बताए। ‘सहकारी ऐन अन्तर्गत नै साझाका कामकारबाही सञ्चालन हुने हुन्,’ उनले भने, ‘साझाको सबै स्वामित्व अहिले नै शिक्षा मन्त्रालयले लिन सक्दैन। पहिले त सहकारी ऐन संशोधन गरी शिक्षाअन्तर्गत हुनुपर्‍यो नि।’

Ncell 2
Ncell 2
nimb
nimb

समिति सदस्यहरु प्रदीप नेपाल,  कृष्णहरि बरालले समेत राजीनामा अस्विकृत भएको आफूहरुले भरखरै थाहा पाएको बताएका छन्। ‘फिर्ता भयो रे भन्ने सुनेँ। मैले त यहीँबाट सही गरेर पठाइदिएको हुँ,’  बरालले अनकनाउँदै भने।

राजीनामा काण्डमा सदस्यकै असन्तुष्टि
सञ्चालक समितिकै सदस्यहरु साझाबाट टाढिँदै गएपछि महाप्रबन्धक शर्मा यतिखेर अप्ठेरोमा परेका छन्। 

सदस्य नेपालले त साझामा बसिरहनुको औचित्य नरहेको र बैठक डाके पनि आफू कुनै हालतमा उपस्थित नहुने बताए। ‘डुबिसकेको संस्थालाई कसरी जोगाउन सकिन्छ भनेर सकेसम्म गरियो। यही तनावले मलाई प्रेसर समेत बढेको छ,’ उनले भने, ‘अब थप तनाव लिन चाहन्नँ। अहिले त साझाको नाम लिनासाथ टाउको दुखेर आउँछ।’ साझाबाटै ६ वटा किताब छापिइसकेकाले आफू शेयर सदस्यको हैसियतमा मात्र रहने उनले बताए।

लेखापरीक्षण समयमै सकिएको भए यस्तो भद्रगोल अवस्था नआउने नेपाल बताउँछन्। ‘अध्यक्षलाई पटक पटक अडिट गरौं भन्दा पनि कर्मचारी अवकाश र नयाँ नियुक्तिमै उहाँ अल्झिनुभयो। यसले झनै जटिलता निम्त्यायो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कर्मचारी र महाप्रबन्धकबीचकै द्वन्द्वका कारण संस्थामा डामाडोल अवस्था आएको उनको भनाइ। केही दिनअघि मात्र शर्मा पक्षका कर्मचारी र अन्यबीच कार्यालयमै हात हालाहाल समेत भएको थियो।

‘पुराना कर्मचारीलाई व्यवस्थित नगरी नयाँ नियुक्ति गर्दा अध्यक्ष आफैं समस्यामा परेका हुन्,’ उनले भने, ‘कर्मचारी धेरै भएको भए हटाएर किन नयाँ राख्ने भन्दा उहाँले म आफैं जवाफ दिन सक्छु भनेर भन्नुभयो। अहिले यो अवस्था आइलाग्यो।’ 

बराल पनि अब साझाप्रतिको मोह भंग भइसकेको बताउँछन्। अन्य धेरै काम छाडेर समितिमा बसे पनि बोझ मात्र आइलागेकाले समितिमा कुनै रुचि नभएको उनको भनाइ छ। ‘मलाई कुनै इन्ट्रेस्ट छैन। साझामा बस्ने मन कसैलाई होइन। त्यहाँ बसिरहनु भनेको अरु समस्या आउनु हो,’ उनले भने।

सञ्चालक समितिमा ९ सदस्यीय बोर्ड छ। जसमा अध्यक्ष तथा महाप्रबन्धक शर्मासहित नेपाल, शर्मा र बराल मन्त्रालयबाटै नियुक्त भएका हुन् भने विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाल शेयर सदस्यबाट चयन भएका हुन्।

सदस्य कोइरालाले पनि राजीनामा बारे जानकारी नभएको बताए। ‘राजीनामा दिएको रे भन्ने सुने पनि त्यसको प्रोसेस के भइरहेको छ भन्ने बारे मलाई केही थाहा छैन,’ उनले भने।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत मंसिर २६ गते १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ साझाका लागि निकासा गर्ने निर्णय गरेको थियो। सो रकमको सही ठाउँमा व्यवस्थापन नगरी मनपरी रुपमा खर्च गरेको कर्मचारीहरुको भनाइ छ। उनीहरुले तलब समेत पाउन सकेका छैनन्। 

नियुक्ति लगत्तै शर्माले लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए। तर वषौंदेखि हुन नसक्दा संस्था भद्रगोल अवस्थामा छ। 

शर्मा तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५ मा महाप्रबन्धक नियुक्त भएका उनलाई पछि सञ्चालक समितिले अध्यक्ष समेत बनाएको थियो। अर्का शिक्षामन्त्री धनीराम पौडेलले २०७३ पुसमा थप चार वर्ष कार्यकाल थप गरेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्