• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजीनामाबारे झुट बोले महाप्रबन्धक शर्माले

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  १९:५०
1140x725

काठमाडौं- अनियमिताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले शिक्षा मन्त्रालयमा राजीनामा बुझाएको दाबी गरे पनि राजीनामा पत्र नपुगेको खुलेको छ।

वार्षिक आम्दानीमा गडबडी गरेको, पुस्तक बिक्री वितरणको हिसाबकिताब चुस्त नराखेको, साझाकै लोगोमा व्यक्तिगत तवरबाट पुस्तक प्रकाशन गरेको, पुराना कर्मचारी हटाएर आफू अनुकूल नयाँ कर्मचारी भर्ना गरेको लगायत आरोप उनीमाथि छ।

संस्थाको बेथिति उजागर भएपछि शिक्षा मन्त्रालयले उप–सचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो। अनुगमन उपसचिव ढकालसहित कानुन उपसचिव रेशम सिग्देल र लेखा अधिकृत भोलानाथ पौडेल समितिमा थिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सीमा तोकिएको थियो।

समितिले प्रतिवेदनको काम सकेपछि शर्मासहित सञ्चालक समितिका चार सदस्यले शिक्षा मन्त्रालयमा राजीनामा बुझाएको शर्माले बताउँदै आएका थिए। ‘भदौ ९ गते मन्त्रालयमा लगेर राजीनामा बुझाइएको हो,’ उनले मिति तोकेरै भने, ‘१४ गते अस्विकृत भएर फिर्ता आइसक्यो।’

तर महाप्रबन्धक शर्मासहित अन्य सदस्यको कुनै राजीनामा नआएको शिक्षामन्त्री निकट एक कर्मचारीले बताए। ‘राजीनामा दिएको बारे केही अखबारमा समाचार देखेपछि आफैंले शर्मालाई फोन गरेर बुझेको थिएँ,’ उनले भने, ‘मसँग त राजीनामा बुझाएको होइन, पत्रिकाले जे पनि लेख्छन् भनेर उहाँले दाबी गर्नुभएको थियो। मन्त्रालयमा राजीनामा प्राप्त भएकै छैन।'

मन्त्रालयको यो भनाइले राजीनामाबारे शर्माले सबैलाई अन्योलमा राख्न खोजेको पुष्टि भएको छ। 

आरोप र प्रमाण नपुनेपछि नै राजीनामा स्विकृत गर्न गर्न शिक्षामन्त्रीलाई समस्या भएको दाबी गर्दै आएका उनी तर्क गर्छन्, ‘आरोप प्रमाणित नभएपछि नै राजीनामा स्विकृत नभएको हो। हामी बदमास भएको भए मन्त्रालयले त्यसैमा टेकेर कारबाही गर्थ्यो होला नि।’

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले शर्मालाई नियुक्ति गर्दा कार्यक्षेत्रको एक बुँदामा ‘शिक्षा मन्त्रालय अन्तर्गत नियुक्ति हुनुपर्ने’ बुँदा राखेकाले साझा प्रकाशन शिक्षाअन्तर्गत भएको बुझाइ हुन सक्ने ती कर्मचारीले बताए। ‘सहकारी ऐन अन्तर्गत नै साझाका कामकारबाही सञ्चालन हुने हुन्,’ उनले भने, ‘साझाको सबै स्वामित्व अहिले नै शिक्षा मन्त्रालयले लिन सक्दैन। पहिले त सहकारी ऐन संशोधन गरी शिक्षाअन्तर्गत हुनुपर्‍यो नि।’

nimb
nimb
Ncell 2
Ncell 2

समिति सदस्यहरु प्रदीप नेपाल,  कृष्णहरि बरालले समेत राजीनामा अस्विकृत भएको आफूहरुले भरखरै थाहा पाएको बताएका छन्। ‘फिर्ता भयो रे भन्ने सुनेँ। मैले त यहीँबाट सही गरेर पठाइदिएको हुँ,’  बरालले अनकनाउँदै भने।

राजीनामा काण्डमा सदस्यकै असन्तुष्टि
सञ्चालक समितिकै सदस्यहरु साझाबाट टाढिँदै गएपछि महाप्रबन्धक शर्मा यतिखेर अप्ठेरोमा परेका छन्। 

सदस्य नेपालले त साझामा बसिरहनुको औचित्य नरहेको र बैठक डाके पनि आफू कुनै हालतमा उपस्थित नहुने बताए। ‘डुबिसकेको संस्थालाई कसरी जोगाउन सकिन्छ भनेर सकेसम्म गरियो। यही तनावले मलाई प्रेसर समेत बढेको छ,’ उनले भने, ‘अब थप तनाव लिन चाहन्नँ। अहिले त साझाको नाम लिनासाथ टाउको दुखेर आउँछ।’ साझाबाटै ६ वटा किताब छापिइसकेकाले आफू शेयर सदस्यको हैसियतमा मात्र रहने उनले बताए।

लेखापरीक्षण समयमै सकिएको भए यस्तो भद्रगोल अवस्था नआउने नेपाल बताउँछन्। ‘अध्यक्षलाई पटक पटक अडिट गरौं भन्दा पनि कर्मचारी अवकाश र नयाँ नियुक्तिमै उहाँ अल्झिनुभयो। यसले झनै जटिलता निम्त्यायो।’ 

कर्मचारी र महाप्रबन्धकबीचकै द्वन्द्वका कारण संस्थामा डामाडोल अवस्था आएको उनको भनाइ। केही दिनअघि मात्र शर्मा पक्षका कर्मचारी र अन्यबीच कार्यालयमै हात हालाहाल समेत भएको थियो।

‘पुराना कर्मचारीलाई व्यवस्थित नगरी नयाँ नियुक्ति गर्दा अध्यक्ष आफैं समस्यामा परेका हुन्,’ उनले भने, ‘कर्मचारी धेरै भएको भए हटाएर किन नयाँ राख्ने भन्दा उहाँले म आफैं जवाफ दिन सक्छु भनेर भन्नुभयो। अहिले यो अवस्था आइलाग्यो।’ 

बराल पनि अब साझाप्रतिको मोह भंग भइसकेको बताउँछन्। अन्य धेरै काम छाडेर समितिमा बसे पनि बोझ मात्र आइलागेकाले समितिमा कुनै रुचि नभएको उनको भनाइ छ। ‘मलाई कुनै इन्ट्रेस्ट छैन। साझामा बस्ने मन कसैलाई होइन। त्यहाँ बसिरहनु भनेको अरु समस्या आउनु हो,’ उनले भने।

सञ्चालक समितिमा ९ सदस्यीय बोर्ड छ। जसमा अध्यक्ष तथा महाप्रबन्धक शर्मासहित नेपाल, शर्मा र बराल मन्त्रालयबाटै नियुक्त भएका हुन् भने विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाल शेयर सदस्यबाट चयन भएका हुन्।

सदस्य कोइरालाले पनि राजीनामा बारे जानकारी नभएको बताए। ‘राजीनामा दिएको रे भन्ने सुने पनि त्यसको प्रोसेस के भइरहेको छ भन्ने बारे मलाई केही थाहा छैन,’ उनले भने।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत मंसिर २६ गते १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ साझाका लागि निकासा गर्ने निर्णय गरेको थियो। सो रकमको सही ठाउँमा व्यवस्थापन नगरी मनपरी रुपमा खर्च गरेको कर्मचारीहरुको भनाइ छ। उनीहरुले तलब समेत पाउन सकेका छैनन्। 

नियुक्ति लगत्तै शर्माले लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए। तर वषौंदेखि हुन नसक्दा संस्था भद्रगोल अवस्थामा छ। 

शर्मा तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५ मा महाप्रबन्धक नियुक्त भएका उनलाई पछि सञ्चालक समितिले अध्यक्ष समेत बनाएको थियो। अर्का शिक्षामन्त्री धनीराम पौडेलले २०७३ पुसमा थप चार वर्ष कार्यकाल थप गरेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्