• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अस्पताल फार्मेसी सञ्चालनका पाँच अप्ठ्यारा

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:२६
1140x725

स्वास्थ्य मन्त्रालयको अहिलेको नेतृत्वले आफ्नो प्रगतिको मापकका रुपमा अस्पताल फार्मेसी सञ्चालनलाई एउटा महत्वपूर्ण सूचक मानेको छ। नेपालका केही सरकारी अस्पतालले फार्मेसी सेवा सुरु गरिसकेका छन्। यस्तै, सर्वोच्च अदालतको आदेशअनुसार पनि मन्त्रालयलाई यो व्यवस्था लागू गर्न बल पुगेको छ।

हाल सरकारी तवरबाट विभिन्न अस्पतालहरुले शशुल्क फार्मेसी सेवा सञ्चालन गरेका छन्। ती फार्मेसी के कति प्रभावकारी रुपमा सञ्चालन भएका छन् त्यसको छुट्टै अध्ययन तथा विश्लेषण हुन सक्ला। तर अस्पताल फार्मेसी पूर्ण रुपमा सञ्चालन गर्न कुनै न कुनै जटिलता आएकै देखिन्छ। हाल जिल्ला अस्पतालमा सञ्चालनमा रहेका वा सञ्चालन गर्न खोजिएका अस्पताल फार्मेसीहरुले झेलिरहेका समस्या र तीनको समाधानका उपाय निम्नानुसार छन्।

यस्ता छन् समस्या

(क) जनशक्ति
हाल अधिकांश जिल्ला अस्पातलमा फार्मेसी जनशक्तिको अभाव छ। दरबन्दी भएका स्थानमा समेत पर्याप्त जनशक्ति नहुँदा २४सै घण्टा फार्मेसी सेवा सञ्चालन गर्न कठिनाइ छ। फार्मेसी सुपरभाइजरको एउटा दरबन्दी रहेका कतिपय जिल्ला अस्पतालमा स्पष्ट कार्यविवरण नभएकाले फार्मेसी सुपरभाइजरले प्रेस्क्रिप्सनअनुसार औषधि वितरणमा रुची देखाउँदैनन्। यस्तै, फार्मेसी सहायकहरु नियुक्त गर्नुपर्ने भनी दाबी गरेकाले पनि सञ्चालनमा समस्या छ।

(ख) खरिद प्रक्रिया
निरन्तर तथा प्रभावकारी रुपमा फार्मेसी सञ्चालनका लागि वर्तमान खरिद प्रक्रिया सबैभन्दा ठूलो चुनौती हो। खरिद प्रक्रिया सम्पन्न गर्नका लागि वार्षिक खरिद योजना, वर्षभरिका लागि आवश्यक पर्ने औषधिको परिमाण निर्धारण, औषधिको लागत अनुमान आदि तयार पार्नसमेत चुनौती छ। औषधि पसलेले आफुलाई दैनिक आवश्यक औषधिहरु टेलिफोनको माध्यमबाट थोक विक्रेतालाई अर्डर गरी खरिद गर्छन्। यति सहजै औषधि खरिद हुँदासमेत औषधि नपाएर कतिपय अवस्थामा ग्राहक खाली हात फर्कनुपर्छ। अस्पतालहरुले खरिद ऐनको दायरामा रही एक वर्षका लागि आवश्यक पर्ने जति सबै औषधि उपलब्ध गराउन सम्भव छैन।

सार्वजनिक खरिद ऐन, नियमावली अनुसार खरिद प्रक्रिया सुरु गर्नका लागि कति बजेटको खरिद गर्ने हो सोबारे जानकारी भए मात्र प्रक्रिया अघि बढाउन सकिन्छ। अस्पतालले आफूसँग भएको औषधि बेचेपछि मात्र किनेको रकम तिर्नुपर्ने हुन्छ। फेरि खरिद पूर्वयोजनाका लागि बजेट सुनिश्चित हुँदैन, जसले गर्दा खरिद योजना बनाउन पनि समस्या परेको छ।

खरिद नियमावलीले टुक्राटुक्रा खरिद नगरी वार्षिक खरिद योजना बनाई सेही अनुसार सम्भव भएसम्म एकै पटक ठेक्का गर्नुपर्ने व्यवस्था छ। अस्पतालमा औषधि माग र खपतका आधारमा पटक–पटक खरिद आदेश जारी गरी खरिद गर्दा बेरुजु बढ्न सक्छ।

(ग) परिमाण निर्धारण
अस्पतालका लागि वर्षभरि कति मात्रामा कुन–कुन औषधि तथा सामाग्रीहरु के कति परिमाणमा आवश्यक पर्छ भनी सही अनुमान गर्नसमेत कठिन छ।

(घ) ब्रान्ड रुची
एकपटक कुनै बिरामीले कुनै ब्रान्ड (कम्पनी) को औषधि प्रयोग गरेपछि अर्कोपटक पनि सोही ब्रान्डको औषधि खोजी गर्ने चलन छ। जुन अस्पताल फार्मेसीले सधैँभरि उपलब्ध गराउन सक्दैन। जसले गर्दा ग्राहकको अनुभव राम्रो नहुन सम्भावना रहन्छ। साथै, हरेक ब्रान्डको मूल्य फरक–फरक हुने भएकाले अस्पताल फार्मेसीबाट दिइएको औषधिको मूल्य बजारमा पाइने अर्को ब्राण्डको सोही औषधिभन्दा महँगो हुने सम्भावना हन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

(ङ) औषधिको म्याद
अस्पतालले वर्षभरिका लागि एकै पटक वा एकभन्दा बढी पटक लगाएर औषधि खरिद गर्छन्। जसले गर्दा मिति गुज्रिएका औषधिको मूल्य तिर्नुपर्दा नाफा कम हुने वा नोक्सान बढ्ने हुन सक्छ। सार्वजनिक प्रयोजनका लागि खरिद गरिएका औषधिकोे म्याद गुज्रेमा निर्णयकर्तामािथ जनताबाट वा नियमनकारी निकायबाट प्रश्न उठ्ने सक्छ।

समाधानका यी उपाय

(क) जनशक्तिः दरबन्दी नभएका अस्पतालहरुमा कम्तिमा दुई जना फार्मेसी सहायक करारमा राख्नका लागि बजेट व्यवस्था गर्ने ।

(ख) खरिद प्रक्रिया
वर्तमान खरिद प्रक्रियाबाट वर्षैभरि अटुट रुपमा आवश्यक पर्ने औषधि पुर्याउन असम्भव नै छ। अतः यसका विकल्प वा पूरकका रुपमा तलका विधि अवलम्बन गर्न सकेमा अस्पताल फार्मेसीको प्रभावकारी सञ्चालन सम्भव छ।

– सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संरचनात्मक वा इकाई दर सम्झौता सम्बन्धी नमूना कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृत गराउने। साथै, उक्त कागजातलाई औषधि खरिदमैत्री बनाउने। जसमा एकपटक दररेटमा सम्झौता गरी वर्षैभरि पटक–पटक खरिद अर्डरको माध्यमबाट औषधि आपूर्ति गर्न सकियोस्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– निजी औषधि पसलेसरह थोक विक्रेताबाट औषधि खरिद गर्ने। थोक विक्रेताबाट प्राप्त हुने बोनसलाई खरिद मूल्यमा समायोजन गरी विक्री मूल्य कायम गर्ने। यो विधिबाट औषधि खरिद गर्दा निरन्तर आपूर्ति कायम राख्न सकिन्छ। सेवाग्राहीलाई औषधि सर्वशुलभ रुपमा उपलब्ध गराउन सहज हुन्छ। साथै, यस विधिबाट खरिद गर्न सकेमा म्याद गुजे्रका औषधिहरु समेत थोक विके्रताले फिर्ता लिने भएकाले म्याद गुर्जेर नोक्सानी हुने जोखिम न्यून रहन्छ।

(ग) परिमाण निर्धारण
वर्षभरिका लागि दररेट सम्झौता गरी आवश्यकता अनुसार पटक–पटक खरिद आदेशबाट खरिद गर्ने विधि अपनाउन सकेमा परिमाण निर्धारण प्रक्रिया पनि सहज हुन्छ।

(घ) ब्रान्ड रुची
एउटै औषधिको मूल्य ब्रान्डपिछे फरक हुने गर्छ। अतः एउटै औषधि अस्पताल फार्मेसीमा भन्दा धेरै न्यून मूल्यमा निजी फार्मेसीमा उपलब्ध हुने अवस्था समेत रहन्छ। कति ब्रान्ड बिरामीले रुचाउने गर्छन् भने कतिपय ब्रान्डमा चिकित्सकको पनि सिफरिस हुने गर्छ। धेरै वटा ब्रान्डको एउटै औषधि उपलब्ध गराउन अस्पताल फार्मेसीलाई कठिन हुन्छ। यो समस्या भने लामो समयसम्म फार्मेसी सञ्चालनमा आएपछि बिस्तारै हल हुँदै जान सक्छ।

(ङ) औषधिको म्याद
संरचनात्मक वा इकाईदर सम्झौता गर्न सकेमा औषधिको म्याद गुज्रिने समस्यामा कमी आउँछ। टेन्टर सम्झौतामा आवश्यकता अनुसार पटक–पटक खरिद आदेशको माध्यमबाट खरिद भएका औषधिको निश्चित प्रतिशत म्याद गुज्रिएमा ती औषधि रिप्लेस गर्नुपर्ने प्रावधान राख्न सकिन्छ। सोही अनुसार ठेक्का सम्झौता भएमा यो समस्या धेरै हदसम्म समाधान हुन्छ।

यस्तै, निजी फार्मेसीले थोक बिक्रेताबाट किनेजस्तो अस्पताल फार्मेसीले पनि किन्न र बेच्न सक्ने विधि बनाउन सके औषधि विक्रेताले म्याद गुजे्रका औषधिहरु फिर्ता लिने भएकाले यो समस्या आउँदैन।

निष्कर्ष
अस्पताल फार्मेसी सञ्चालनका लागि सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ। अस्पताल फार्मेसी केका लागि भन्ने कुरामा स्पष्ट हुन सक्नुपर्छ। जनतालाई सुविधा दिन, अस्पतालको आम्दानी बढाउन वा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न? के–के उद्देश्य हुन् सोबारे स्पष्ट हुनुपर्छ।

अस्पताल फार्मेसी सञ्चालनको पहिलो शर्त नै औषधिको मूल्यमा रहेको मनपरीले जनतालाई पर्न गएको असुविधा हटाउने भन्ने हुनुपर्छ। अस्पताल फार्मेसी निजी फार्मेसीको व्यापार बन्द गराउनतिर केन्द्रित हुनु हुँदैन। तर, स्वस्थ प्रतिस्पर्धा भने हुन सक्छ। अस्पताल फार्मेसीले सम्पूर्ण औषधिहरु उपलब्ध गराउन नसक्ने र निजी क्षेत्रले पनि बदला भावले उपलब्ध नगराउने अवस्था आए बिरामीका लागि दुर्भाग्यपूर्ण हुन्छ।

अस्पताल फार्मेसी सञ्चालन सामान्य खरिद एवं आपूर्ति मात्र नभई व्यापार कला, व्यावसायिक निपूर्णता, नीतिगत लचकता आवश्यक पर्ने नौलो तथा विशिष्ट क्षेत्र हो। अतः उक्त क्षेत्रको सफलताका लागि खरिद सम्बन्धी विशेष व्यवस्था हुन जरुरी छ।

सफलतापूर्वक सञ्चालन गरिएका अस्पताल फार्मेसीले सर्वसाधारणको गोजीबाट उपचारका नाममा खर्च हुने रकममा ठूलो कमी ल्याउन सघाउनेछन्।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्