• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ओरियन्टल सहकारी हिनामिना काण्ड : १ अर्ब सम्पत्ति, १६ अर्बको दाबी

बचतकर्ताको रकम डुब्नसक्ने
64x64
हेमन्त जोशी सोमबार, फागुन १३, २०७५  ०९:२३
1140x725

काठमाडौं- सहकारी क्षेत्रमा मुलुकभित्र भएको सबैभन्दा ठूलो रकम हिनामिना काण्ड मानिने ओरियन्टल कोअपरेटिभ लिमिटेडका सदस्यहरुको बचत रकम फिर्ता हुने सम्भावना न्यून देखिएको छ।

समस्याग्रस्त उक्त सहकारी व्यवस्थापन गर्न गठित व्यवस्थापन समितिले ओरियन्टल सहकारीमा १६ अर्ब रुपैयाँ माग दाबी परेको तर करिब १ अर्ब बराबरको मात्रै सम्पत्ति भेटाएकोे छ।

मागदाबीमध्ये ४ अर्ब ३० रुपैयाँ बचतकर्ताको सावाँ रकम मात्रै रहेको पाइएको छ। अझै भेटिएको सम्पति पनि विभिन्न वित्तीय संस्थामा धितोका रुपमा राखेको पाइएको छ।

‘हामीले सम्पत्ति पनि हेर्‍यौं। दायित्व पनि यकिन गर्‍यौं। जसबाट के देखिन्छ भने बचतकर्ता सदस्यहरुको रकम भुक्तानी गर्न सकिँदैन,’ व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले भने।

मागदाबीमध्ये ४ अर्ब ३० करोड रुपैयाँ ओरियन्टल सहकारीका बचतकर्ताको साँवा रकम हो भने ५ अर्ब रुपैयाँ अपार्टमेन्ट बुकिङकर्ता र बैंक तथा वित्तीय संस्था तथा ५३ करोड रुपैयाँ बराबर सरकारले कर रकम दाबी गरेको छ। यो सबै रकमको ब्याजसमेत जोड्दा १६ अर्ब रुपैयाँ बराबर दायित्व भुक्तानी गर्नुपर्ने देखिन्छ।

८ वर्षपछि मात्रै विस्तृत छानबिन, सम्पत्ति लुकाएको समितिको आशंका
ओरियन्टल सहकारीमा ठगी भएको पुष्टी भएको ८ वर्षसम्म पनि घटनाबारे विस्तृत छानबिन नभएका कारण सञ्चालकहरुले त्यस अवधिमा सम्पत्ति लुकाउन पर्याप्त समय पाएको समितिका एक सदस्य बताउँछन्।

‘सुधीर बस्नेतको नाममा स्पष्ट सम्पत्ति कहिँकतै, केही पनि छैन,’ उनले भने, ‘सम्पत्ति लुकाउन ७ मिनेट काफी हुने हाम्रो जस्तो मुलुकमा यतिका वर्षसम्म खोजबिन नगर्दा त्यो कहाँ-कहाँ पुर्‍याइयो वा कता-कता लुकाइयो होला?’ सम्पत्ति लुकाएको विषयमा व्यवस्थापन समितिले छानबिन गरे/नगरेको विषयमा भने ती सदस्यले केही खुलाएनन्।

ओरियन्टलका तत्कालीन अध्यक्ष सुधीर बस्नेतका नाममा केही सम्पत्ति नभेटिए पनि व्यवस्थापन समितिले ओरियन्टलका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र बस्नेतको परिवारका सदस्यहरुको नाममा रहेको सम्पत्ति भने छानबिन गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले भने त्यो सबै सम्पत्ति रोक्का भइसकेको छ। करीब १ अर्ब रुपैयाँ बराबरको आंकलन गरिएको उक्त सम्पत्ति पनि बैंक तथा वित्तीय संस्थाले धितोमा राखेको र ऋण चुक्ता नभएपछि रोक्का गरेर राखेको पाइएको छ।

तर बस्नेतले भने त्यो सम्पत्ति मुल्याङ्न गरिएभन्दा धेरै रकम ऋण लिएका कारण बैकले सम्पत्ति बेच्दा पनि ऋण र त्यसको ब्याज असुल्न सक्ने देखिदैन। बस्नेत कि श्रीमती नितु थापा बस्नेतका नाममा रहेको ५ करोड रुपैयाँ बराबरको सेयर लगानी भेटिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले रोक्का राखिएको छ।

कसरी अपचलन भयो सहकारीको पैसा?
सञ्चालक सुधीर बस्नेतले ओरियन्टल सहकारीमा बचत भएको पैसालाई निकै चलाखीपूर्ण ढंगले दुरुपयोग गरेको देखिन्छ। बस्नेतले सहकारीका बचतकर्ताबाट रकम लिएर जग्गा किन्ने, त्यसपछि बैंकबाट पनि जग्गा किन्दैछु भनेर ऋण लिने, त्यही जग्गामा अपार्टमेन्ट बनाउन थप ऋण लिने, अपार्टमेन्ट बनाउन सुरु गर्दा/नगर्दै बुक गर्नका लागि पैसा उठाउने र तिनै अपार्टमेन्टलाई फाइनान्स कम्पनीमा राखेर थप ऋण लिने गरेको देखिन्छ। 

अहिले त्यस्तो सम्पत्ति कुनै बैंक तथा वित्तीय संस्थाले रोकेर राखेका छन् भने केही अदालती प्रकृयासम्म पुगेका छन्। बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा राखेको सम्पत्तिलाई व्यवस्थापन समितिले पनि चलाउन नसक्ने अवस्था अहिले देखिएको छ। समितिले त्यस्तो सम्पत्ति चलाउन खोज्दा बैंक तथा वित्तीय संस्थाले मात्रै नभई सम्पत्ति धनीलेसमेत अदालतमा मुद्दा दायर गर्न थालेका छन्।

Xtrem

Xtrem

बचतकर्ताको रकम फिर्ता हुन्छ त?
दाबी बमोजिम सम्पत्ति नभेटिएपछि बचतकर्ताको रकम फिर्ता हुने नहुने विषय अन्योलमा छ। बचतकर्ताको करिब साढे ४ अर्ब रुपियाँ साँवा र त्यसको ब्याज बराबर दायित्व भुक्तानी गर्ने उद्देश्य र जिम्मेवारीसहित सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरे पनि उक्त समितिले सम्पत्ति फेला पार्न नसकेपछि बचतकर्ताले आफ्नो डुबेको भनिएको बचत रकम कहिले र कसरी फिर्ता पाउँछन् भन्नेमा अन्योल देखिएको हो।

'सहकारी ऐन, २०७४'ले समस्याग्रस्त सहकारीको दायित्व भुक्तानी गर्दा सबैभन्दा पहिलो प्राथमिकतामा बचतकर्तालाई राखेको छ। ऐनको दफा १०८ ‘क’ले ‘बचत जम्मा गर्दाका बखत निर्धारित सर्तबमोजिम सदस्यलाई बचत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको भए पनि बचतकर्ताको दाबी निकै बढी भएका कारण सबै बचतकर्ताले आफ्नो सबै रकम पाउनेमा आशंका देखिन्छ।

ओरियन्टलको मात्रै काम
सरकारले गत असार १८ गते थप ९ वटा सहकारी संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरेको छ। तर, ती सहकारीहरुको व्यवस्थापनको जिम्मेवारी समितिले कहिले बहन गर्छ भन्नेमा अन्याेल छ। साविकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सदस्यहरुको बचत फिर्ता गर्न नसकेका स्ट्यान्डर्ड, प्यासिफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुबेर, चार्टर्ड र भोगास बचत तथा ऋणका साथै स्ट्यान्डर्ड मल्टिप्रपोज को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो।

सरकारले समस्याग्रस्त घोषणा गरेका १० वटा सहकारीमध्ये ओरियन्टल सहकारीको सम्पत्ति व्यवस्थापनका लागि मात्र समितिले काम गरिरहेको छ। ‘हामी ओरियन्टल कोअपरेटिभको व्यवस्थापनमा मात्र लागिपरेका छौं। समस्याग्रस्त घोषणा गरिएका अन्य ९ वटा सहकारी सम्पत्ति व्यवस्थापनको काम निकै प्रारम्भिक चरणमा छ,’ समितिका अध्यक्ष सुवेदीले भने, ‘समस्याग्रस्त ती सहकारीमा बचतकर्ताको दाबी रकम माग गरिरहेका छौं।’ 

बचतकर्ताको कति रकम डुबेको छ र कति बराबरको दायित्व सिर्जना हुन्छ भनेर २०७० सालदेखि नै अध्ययन भइरहे पनि यकिन तथ्याङ्क अझै आएको छैन।

०७० मंसिरमा बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदनले १ सय ३२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। ती सस्थाहरुमा सर्वसाधारण बचतकर्ताको करिब ११ अर्ब रुपैयाँ हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्