• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बेरोजगार युवालाई जागिर, नभए निर्वाह भत्ता, कति र कसरी?

प्रधानमन्त्री राेजगार कार्यक्रम
64x64
नेपाल लाइभ सोमबार, माघ २८, २०७५  १५:३५
1140x725

काठमाडौं- सरकारले बेरोजगार युवालाई राेजगारी र त्याे दिन नसके निर्वाह भत्ता दिने भएको छ। देशभित्रको बेरोजगारीको समस्या न्यूनीकरण गर्न आन्तरिक बजारमा नै रोजगारीका अवसर सिर्जना गर्ने नीतिअनुरुप सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुभारम्भ गर्न लागेको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात गरेको सरकारले फागुन एक गतेबाट बेरोजगार युवालाई सकेसम्म रोजागरीको अवसर प्रदान गर्ने र नसकेको अवस्थमा निर्वाह भत्ताको व्यवस्गा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।

यो कार्यक्रमका लागि सरकारले ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। देशको बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गर्दै दिगो आर्थिक विकास हासिल गर्न भन्दै सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता प्रदान दिने प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्नेगरी रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको मन्त्रालयको भनाई छ। 

यसरी सुरु हँदै छ प्रधानमन्त्री रोजगार कार्यक्रम 
कार्यक्रमअन्तर्गत प्रत्येक गाउँपालिका र नगरपालिकामा एक रोजगार सेवा केन्द्र रहनेछन । रोजगार सेवा केन्द्रमा एक जना रोजगार संयोजक रहने व्यवस्था गरिएको छ । बेरोजगार व्यक्ति र रोजगारीका अवसर सम्बन्धी सूचना र तथ्याङ्क संकलन गरी अद्यावधिक राख्न रोजगार सेवा केन्द्रको स्थापनाको योजना हो । बेरोजगार व्यक्तिले आप्mनो वडा कार्यालयमा दर्ता गरेको निवेदनको आधारमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निणर्यबाट निजलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्ने योजना सरकारको छ।

सूचिकृत बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा सय दिनको न्यूनतम रोजगारीको सुनिश्चित गर्ने योजना सरकारको छ। परिवारको कुनैपनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेमा १०० दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने बताइएको छ।

कार्यक्रम तीनवटै तहका सरकारी, निजी, सहकारी तथा सामुदायिक क्षेत्रबीचको समन्वय र सहकार्यमा संचालन हुने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए। यस कार्यक्रमले अन्ततोगत्वा उत्पादनशील रोजगारीकाअवसरमा वृद्धि गरी दिगो आर्थिक विकास मार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच प्राप्त गर्न योगदान पु¥याउने सरकारको दाबी छ।
प्रधानमन्त्री रोजगार कार्यक्रकको प्रमुख लक्ष्य सबैका लागि रोजगारीको प्रत्याभूतिमार्फत नागरिकको जीवनस्तरमा सुधार गर्ने आन्तरिक रोजगारीका अवसरमा वृद्धि र सामाजिक सुरक्षाको प्रवद्र्धन गर्नु नै प्रधानमन्त्री रोजगार कार्यक्रमकोे लक्ष्य रहेको श्रम मन्त्री गोर्कण विष्टका प्रेस संयोजक मदन खनाल बताउँछन। 

बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने र आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने यो कार्यक्रमको मूख्य उदेश्य छ। त्यस्तै आन्तरिक रोजगारीको प्रवद्र्धन र विस्तार , सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रहरुबीचको सहकार्यमा रोजगारीका थप अवसर सिर्जना गर्ने पनि मन्त्रालयको योजना छ।

Ncell 2
Ncell 2
nimb
nimb

रोजगार कार्यक्रमका प्रमुख पक्षहरु
१. रोजगार सेवा तथा सहायता :
 बेरोजगार व्यक्तिको तथ्यांक संकलन र लगत अद्यावधिक, बेरोजगारको पहिचान र सूचीकरण, रोजगारीको सम्भावनाको आँकलन, रोजगारीका लागि सहयोग, निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँग समन्वय तथा सहकार्य र निर्वाह भत्ता वितरण।
२. रोजगारीका लागि सिप तथा क्षमता अभिवृद्धि : व्यावसायिक तथा सिप विकास तालिम, रोजगारीका स्थानीय सम्भावनाको खोजी, तालिम–प्रदायक निकायहरुको संस्थागत क्षमता विकास र संस्थाहरु बीचको समन्वय।
३. रोजगारीका लागि निजी, सहकारी र गैरसरकारी क्षेत्रसँग सहकार्य : जनशक्तिको प्रक्षेपण र विश्लेषण, जनशक्ति आपूर्ति तथा क्षमता अभिवृद्धिमा निजी, सहकारी र गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य, सार्वजनिक पूर्वाधार निर्माण तथा सेवा क्षेत्रमा अन्तरनिकाय समन्वय, रोजगारमूलक आयोजना तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयनको प्रक्रियामा पारस्परिक सहयोग र सहकार्य।
४. नीतिगत सुधार : रोजगारीको हकको कार्यान्वयन र रोजगारी सिर्जनाका लागि नीतिगत परिमार्जन तथा थप नीतिगत एवम् संरचनागत व्यवस्था।
५. रणनीतिक सञ्चार : ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम, रोजगार नीति तथा कार्यक्रमको प्रचारप्रसार र रोजगार बन्नका लागि अभिप्रेरित गर्न सञ्चार र सचेतना अभियान।
६. अध्ययन तथा अनुसन्धान : बजारको मागमा आधारित सिप विकास र रोजगारी सिर्जना।
७.  रोजगार व्यवस्थापन सूचना प्रणाली : बेरोजगार व्यक्ति र रोजगारीका अवसरको कम्प्युटरमा आधारित अद्यावधिक सूचना प्रणली विकास।

कसरी पाइन्छ जागिर?
मन्त्रालयका अनुसार बेरोजगार व्यक्तिले आफू स्थायी बसोवास गरेको गाउ‘पालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरण सहितको फाराम भरी नाम दर्ता गर्नुपर्नेछ।

  1. वडा कार्यालयले प्राप्त फारामहरु संकलन गरी रोजगार सेवा केन्द्रमा बुझाउनु पर्ने। 
  2. रोजगार सेवा केन्द्रले प्राप्त फारामहरुका आधारमा बेरोजगार व्यक्तिहरुको सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निर्णयका लागि पेश गर्नुपर्ने।
  3. निर्णय भएका बेरोजगार व्यक्तिहरुको विवरण रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्नु पर्ने। ५ रोजगार आयोजनाहरुले आवश्यक श्रमिक रोजगार सेवा केन्द्रमा माग गरी पठाउनु पर्ने। 
  4. रोजगार सेवा केन्द्रले माग भए बमोजिमका श्रमिकहरुलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउने।
  5. श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको स्थानमा गई काम गर्नु पर्ने। 
  6. सम्बन्धित आयोजनाले काम गरेको दिनको पारिश्रमिक श्रमिकको बैंक खातामा भुक्तानी दिने ।

 निर्वाह भत्ता पाउने अवस्था
परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा 

  • नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएमा, 
  • परिवारको कुनै सदस्य स्वरोजगार नभएमा,
  • परिवारको कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा,
  • सरकारी कोष (संघ, प्रदेश वा स्थानीय तहको कोष) वा अन्य मुलुक वा अन्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेको नभएमा वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोष वा रोजगारदाताबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको नभएमा। 

बेरोजगार परिवारले पाउने सुविधा
न्यूनतम १०० दिनको रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको पचास प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा उपलव्ध गराईने मन्त्रालयले जनाएकाे छ । यस्ताे रकम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका बेरोजगार सदस्यहरुको मञ्जुरिनामा सहित सिफारिस भई आएको सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइने व्यवस्था गरेकाे छ।  कार्यक्रम अनुसार यस्ता व्यक्तिलाइ थप राेजगारीका अवसर दिने गरी रोजगार सूचना, परामर्श र सहजिकरण पनि उपलब्ध हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्वाह भत्ता पाउने अवस्था
१. परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा
२. नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएमा
३.परिवारको कुनै सदस्य स्वरोजगार नभएमा
४. परिवारको कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा
५. सरकारी कोष (संघ, प्रदेश वा स्थानीय तहको कोष) वा अन्य मुलुक वा अन्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेको नभएमा वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोष वा रोजगारदाताबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको नभएमा।

बेरोजगार व्यक्तिले पाउने सेवा
१. एक आर्थिक वर्षमा न्यूनतम १०० दिन बराबरको रोजगारी
२. रोजगार सूचना, परामर्श र सहजिकरण
३. व्यावसायिक तथा सीप विकास तालिम

रोजगारदाताका भूमिका
१. रोजगार सेवा केन्द्रले माग गरे बमोजिम प्रतिष्ठानमा रहेका रोजगारीका अवसरहरुको विवरण उक्त केन्द्रमा उपलव्ध गराउने ।
२.प्रतिष्ठानका लागि आवश्यक पर्ने श्रमिकहरु रोजगार सेवा केन्द्रसंग माग गर्न सक्ने ।
३.यस कार्यक्रमसंगको सहकार्यमा श्रमिकका लागि आवश्यक पर्ने सीप विकास तालिम सञ्चालन गर्न सक्ने ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्