• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अचेलका लेखक काम थोरै गर्छन्, दाबी धेरै

64x64
नेपाल लाइभ शनिबार, माघ १२, २०७५  ०७:४३
1140x725

'मोराश' अर्थात् मोहनराज शर्मा। प्रायजसो सबै विधामा प्रयोगधर्मिता उनको वैशिष्ट्य। 

१९९४ सालमा काठमाडौंमा जन्मिएका उनी लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन सेवामा थिए। कविता, निबन्ध, आख्यान, एकांकी/नाटक, समालोचना, भाषाव्याकरण, साहित्य इतिहास लगायत साहित्यको सबैजसो विधामा नवीन पद्धतिको प्रयोग गरे।  

‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायतका उनका महत्वपूर्ण कृति हुन्।

शर्माले बैकुण्ठ एक्सप्रेस (नाटक, २०४२) का लागि मदन पुरस्कार पाएका थिए।

उनै शर्माको गत बिहीबार ८१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले समग्र नेपाली साहित्यमा नै अपुरणीय क्षति पुगेको भन्दै लेखक तथा प्राज्ञहरूले दुःखसमेत व्यक्त गरेका छन्। 

शर्मासँग २०५८ सालको (वर्ष १२ अंक १ र पूर्णांक ४३) ‘समकालीन साहित्य’ मा साहित्यकार युवराज नयाँघरेले गरेको कुराकानीको सम्पादित अंश श्रद्धाञ्जलीस्वरुप यहाँ प्रस्तुत गरेका छौं : 

समकालीन नेपाली –साहित्यको समग्र रेखाङ्कन गर्दा मूल स्वरुप कस्तो अनुभूत गर्नुभएको छ?
यसमा मैले बुझ्दाखेरि एकातिर आधुनिकता छ, अर्कातिर समकालीनता। आधुनिकता, समकालीनता र समसामयिकतालाई प्रायः एउटैमा मिसाए के कुरा भन्ने गरिन्छ। वास्तवमा यी दुई पृथक् कुरा हुन्। 

आधुनिकता नफेरिने प्रवृत्ति हो– जुन प्रवृत्ति वा धारणा मुख्यतः तार्किकतामा र वैज्ञानिकतामा आधारित छ, परम्परलाई तोड्ने कुरामा आधारित छ। यो आधुनिकता भनेको कहिल्यै परिवर्तन हुँदैन। १० वर्षअगाडि, २० वर्षपछाडि वा सय वर्षपछिसम्म होस्–आधुनिकताका मूल लक्षण हुन्– तार्किकता, लेखकीय चेत, लेखकीय स्वतन्त्रता, परम्पराको विरोध र नयाँनयाँ प्रयोग।

Ncell 2
Ncell 2
nimb
nimb

समसामयिकता भनेको के हो भने  आजको समाज र जीवनमा जे कुरा र जुन प्रवृत्ति अहिले सबैभन्दा प्रबल देखिएको छ, त्यसको प्रतिनिधित्व रचनामा हुनु।

२०४६ सालअघि समाज, जीवन र चेतनामा एक  प्रकारको सामाजिक, राजनीतिक उन्मुक्ति थिएन, बहुदल थिएन। त्यसपछि सबैले उन्मुक्त हिसाबले मताधिकार र अन्य अधिकार पाए। त्यो परिवर्तन समाजमा, जीवनमा सबैतिर देखिन थाल्यो। हो, त्यो युगिन परिश्थितिअनुसार बदलिएको समाजको चित्रण नै समसामयिकता हो। यो नारावादी कवितामा पनि हुन सक्छ। कुनै अमानक र अस्तरीय रचनामा पनि हुन सक्छ। मानक र उच्च खालको रचनामा पनि हुन सक्छ। बदलिएको समाजअनुसार परिवर्तित भएर लेख्ने स्वभाव स्तरीय र अस्तरीय सबै रचनामा हुन सक्छ। त्यो प्रतिनिधित्व कुन दृष्टिले गरिएको छ–कसैले आदर्शवादी, कसैले यथार्थवादी, कसैले आधुनिकवादी र कसैले उत्तरआधुनिकवादी भएर गर्न सक्छन्। स्थिर कुरा आधुनिकता हो, यो समसामयिकता भन्ने कुरा अस्थिर हो। समसामयिकता समाजमा परिवर्तन आउनेबित्तिकै रूपान्तरित हुन्छ र आधुनिकतासँग मेल नखाने पनि हुन सक्छ। 

भाषा त नदी झैं निरन्तर बगिरहन्छ। त्यसैले एकरुपता तथा स्थिरीकरण प्रयास पनि निरन्तर भइरहनुपर्छ।

मैले देख्दाखेरी समसामयिक रचना र रचनाकार भएर धेरै आउँछन्, तर दृष्टिकोण र विधि आधुनिक हुँदैनन्। तिनको स्थायित्व र त्यस रचनाको दिगोपन उसको आफ्नो दृष्टिकोण हो। वास्तवमा समसामयिकता एक प्रकारले विषय हो। आजको समाज–व्यक्ति भनेको विषय हो। लेखकले विषय त्यहाँबाट लिन्छ र विषयलाई बनाउने, बुन्ने काम आफ्नो आधुनिक र आधुनिकतारहित धारणाअनुसार गर्छ। आजको लेखनमा समसामयिकता पर्याप्त छ, तर आधुनिकताभित्र रहेर भने कलामा कमी देखिन्छ। 

Xtrem

Xtrem

तपाईं प्रयोगवादी स्रष्टा हुनुहुन्छ। त्यस प्रयोगवादिताको उत्तराधिकारी देख्नुभएको छ कि?
उत्तराधिकारी भन्ने शब्द नै कस्तो कस्तो लागिरहेछ मलाई! किनभने उत्तराधिकारी भन्नेबित्तिकै त्यसमा केही अंश छ भन्ने दाबी गर्नु हो, तर त्यो दाबी गर्ने ठाउँ मैले देखेका छैन। 

पश्चभूमिलाई त्यागेर आजसम्म नभएका कुरा दिन खोज्नु अग्रभूमिको निर्माण हो, पश्चभूमि भत्काएर यसरी अग्रभूमिको निर्माण गर्नु नै प्रयोग हो।

यो प्रयोग भन्ने कुरा ‘म प्रयोग गर्छु’  भनेर हुँदैन। यदि ‘म प्रयोग गर्छु’ भनेर गरियो भने त्यो कृत्रिम हुन्छ। आफूले जे लेख्न खोजेको हो त्यस कुरालाई नौलो रुपमा प्रस्तुत गर्छु भन्ने जुन धारणा हो त्यो नै प्रयोगवादिता हो। वास्तवमा प्रयोगवादिता व्यवस्थित रुपले केही होइन। यो मात्र प्रयोगवाद हो भनेर ठोकुवा गर्न सकिँदैन। हरेक नौल्याइँ प्रयोगवाद हो। जुन प्रकारको छाप अहिलेसमम साहित्यमा परेको छैन त्यस प्रकारको छाप ल्याउनु पनि प्रयोगवाद हो। सोझै भन्दाखेरी आजसम्म जेजस्ता लेखिएका छन्, त्यस पश्चभूमिलाई त्यागेर आजसम्म नभएका कुरा दिन खोज्नु अग्रभूमिको निर्माण हो, पश्चभूमि भत्काएर यसरी अग्रभूमिको निर्माण गर्नु नै प्रयोग हो। 

हरेक सशक्त लेखकले जहिले पनि अग्रभूमिको निर्माण गरिरहेको हुन्छ। त्यस अग्रभूमिको निर्माण गर्न पश्चभूमिबारे पूरै थाहा हुनुपर्यो। त्यो थाहा भएन भने पुरानै कुराको पुनरावृत्ति हुन्छ।

यस्ता सबै नौल्याइँमा सबै सार्थक हुँदैनन्। त्यसबाट अग्रभूमिको निर्माण भए तापनि रोपिएका बिरुवा त उम्रँदैनन् नि! कतिपयचाहिँ योगदान दिने भएर देखा पर्छन्। कतिपय त्यसै निरर्थक भएर जान्छन्। त्यसो हुनाले नौलो हिसाबले विषयवस्तुमा, प्रस्तुतिमा, शैलीमा र शब्दप्रयोगमा सार्थक तथा प्रयोजनपूर्ण नयाँपन दिनु नै प्रयोगवाद हो। यो अति व्यापक कुरो हो। किनभने जुनसुकै क्षेत्रमा पनि यसको प्रयोग हुन सक्छ। तसर्थ कुनै एक धारमा , एक धर्कामा बाँधेर कसैलाई उत्तराधिकारी भन्नु उचित देखिँदैन कि जस्तो लाग्छ। 

नेपाली साहित्यमा  आलोचना–समालोचना निष्प्राण बन्दै गएको चिन्तालाई कुन हदसम्म स्विकार्नुहुन्छ?
समालोचना शिथिल हुने दुई कारण देखिन्छन्। एउटा, सशक्त रचनाहरूको सिर्जनै भएको छैन। समालोचना भनेको त कुनै कृतिबारेको प्रतिक्रिया र विश्लेषण हो। कृति भए न समालोचक हुने हो, कृति छैन भने के को समालोचना? त्यसो हुनाले यदि समग्र साहित्यमा शिथिलता आउँछ भने यस्तो अवस्था त देखिन्छ नै। गहकिलो कृतिको निर्माणपछि नै समालोचना हुने हो, कृतिअघि समालोचना हुने होइन। जब गहकिला कृतिको अभाव हुन्छ निश्चय नै समालोचना शिथिल हुन्छ। 

अध्ययनको कमीले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले शिथिल अनि कमजोर हुन पुगेको छ समालोचना।

अर्को कारण, अहिले नेपाली–समालोचना सामान्यतः ठगीको कार्य जस्तै भएको छ। यसो भन्नुको मेरो तात्पर्य के हो भने अधिकांश समालोचना गर्नेहरूको आफ्नो अध्ययन पनि राम्रो छैन। सामान्य अध्ययन गरेका छन्। त्यस अवस्थामा एउटा प्रभावमा बगेर त्यो कुरो कृतिमा लागू हुने भए पनि, नहुने भए पनि आफूले जानेका कुरा छाद्ने र उदाहरणस्वरुप त्यस कृतिका एकदुई उदाहरण राखिदिने गर्छन्। यो समालोचनाको परम्परित तथा पूर्वनिर्मित ढाँचालाई जस्ताको तस्तै प्रयोग गरिने ‘पन’ हो। यो सुविधावाली प्रवृत्ति हो। 

आज विश्वमा समालोचना अत्यधिक विकसित भएको छ। साहित्यशास्त्र पढेर मात्र समालोचना हुँदैन। त्यसको लागि ज्ञानविज्ञानका अन्य विषयहरू पनि पढ्नुपर्यो। अध्ययनको कमीले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले शिथिल अनि कमजोर हुन पुगेको छ समालोचना।

तपाईं आलोचना गर्दा शैलीविज्ञानको ढङ्गले शल्यक्रिया गर्नुहन्छ। तपाईंका आफ्ना कथामा शैलीविज्ञानको इच्छामुताबिकको ‘पन’ छ कि छैन?
शैलीविज्ञान समालोचनाको एउटा पद्धति हो। यो सिर्जनात्मक लेखनको सिद्धान्त र प्रक्रिया होइन अर्थात् लेखिएको साहित्यमा अध्ययन गर्ने तरिका हो। त्यसो हुनाले शैलीविज्ञानको दृष्टिकोणबाट साहित्य लेख्ने कुरै आउँदैन। शैलीविज्ञान साहित्य लेख्ने तरिका नभएर लेखिएको साहित्य हेर्ने प्रक्रिया हो। यो प्रक्रिया मुख्यतः भाषाविज्ञानबाट आएको हो। यस प्रक्रियाद्धारा निर्मित रचनालाई हेरिन्छ, रचनाको निर्माण गरिँदैन। 

पाँच–दस वर्षमा एकदुई रचना अन्तर्राष्ट्रिय स्तरका भए भन्दैमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भयो भन्न मिल्दैन। 

रचनाबारे सबभन्दा प्रामाणि कुरो रचनामा प्रयोग भएको भाषा हो। कृतिमा प्रयुक्त शब्द नै प्रामाणिक तथ्याङ्क मानिन्छ। यद्यपि, रचनाबारे त्यस लेखकले भनेको केही बयान पनि होला, तर त्यो बयान आधिकारिक मान्न सकिँदैन। त्यो बयान लेखकले कृति लेखेपछि दिएको बयान हुन्छ, तर त्यो प्रामाणिक हुँदैन, प्रामाणिकचाहिँ कृतिभित्र पाइने भाषा नै हुन्छ। शैलीविज्ञानले यही प्रयुक्त भाषालाई आधार मान्छ। त्यसो हुनाले  शैलविज्ञान समालोचना गर्ने दृष्टि हो, त्यो सिर्जना गर्ने विधि होइन। 

विश्व–परिप्रेक्ष्यमा नेपाली साहित्य एक कदम अगाडि सँगसँगै, एक पाइलो पछाडि वा कहाँ हो कहाँ परै... के छ?
यो बडो महत्वपूर्ण प्रश्न हो। यसको राम्रो उत्तर त्यतिखेर प्राप्त हुन सक्छ जब पर्याप्त मात्रामा नेपाली–साहित्य अनूदित होऊन्। अनूदित भएर तिनले विश्वसाहित्यमा एउटा मानक स्थापित गर्न सकून्, हाराहारी जान सकून्। अनुवाद भएपछि टड्कारो र प्रामाणि रुपमा भन्न सकिन्छ। 

हामी नेपालीमा लेखिरहेका छौं। त्यसको प्रयोगक्षेत्र नेपालमा छ। यहाँका रचनाहरूलाई बाहिरतिरकाहरूले कतै कुनैसँग दाँजेर केही लेखिदिएको हामी पाउँदैनौं। पाँच–दस वर्षमा एकदुई रचना अन्तर्राष्ट्रिय स्तरका भए भन्दैमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भयो भन्न मिल्दैन। 

साहित्यमा भित्रिएको अनपेक्षित प्रयोगशीलताले समाजका आँखाबाट साहित्य क्रमशः ओझेल पर्दै गएको धारणा उचित–अनुचित के ठान्नुहुन्छ?
सर्वप्रथम  के भनिहालौं भने अनपेक्षित भएको भए ‘प्रयोग’ आउने नै थिएन। नचाहिने कुरो भएको भए त्यो आफैं बिलाएर गइहाल्थ्यो नि! प्रयोग टिकेर बसिरहेको छ भने त्यो त अनपेक्षित होइन। यसबारे धेरै चिन्ता लिनुपर्ने म देख्दिनँ। त्यो अनपेक्षित छ भने आफैं मासिएर जान्छ। प्रयोग सार्थक भएन भने त्यो दिगो पनि हुँदैन। अनि आउँछ र फास्सफुस्स जान्छ, तर सार्थक छ भने त्यसले नौलो बाटो बथान्छ। 

वेद, उपनिषद् वेदान्त कहाँ–कहाँको कुरा अर्थात् काव्येतर विषयको निष्कर्ष दिँदाको विरोधमा अकथा, अकविता र अनाटक आएका हुन्।

कथामा कथानकताको महत्व बढ्दै गयो। त्यसमा स्थान, परिवेश, चरित्र, आदिभन्दा कथानकको भाग बढी हुँदै गएर त्यो मात्रै महत्वपूर्ण हुन थाल्या र कथाभित्र व्यक्तिको ठिक पहिचान आउन छाड्यो। त्यसो हुनाले यसलाई मत्थर गराइ कथातत्वलाई सूक्ष्म गराउन यो अकथा आएको हो। 

त्यस्तै नाटकमा पनि कार्यव्यापार (एक्सन) बढी भयो। अनि त जीवन जस्तो जीवन भएन। थोपरेको जीवन जस्तो नौटङ्की भयो जीवन। यसलाई मत्थर गराउन अर्थात् जीवन जीवनजस्तो छ भन्न अनाटक आएको हो। यी कुनै पनि अनपेक्षित छैनन्। 

अनि कवितामा कविताभन्दा बढी भाव, विचार, दर्शन, फलाको आदि बढी हुन थालेपछि अकविता देखिएको हो। कुनै पनि खण्ड असन्तुलित भएपछि सन्तुलनको दिशामा चलिएका कदम हुन् यी। ती नसुहाउँदो प्रयोग छन् भने जुन बाटो आएका हुन् त्यही बाटो जान्छन्। 

कवितामै हेरौं न– दर्शनकै भरमार प्रभाव पर्न थाल्यो। जीवनलाई चङ्गा नभने कवितै नहुने! कविताको पनि आफ्नै विशेषता छ। दर्शनशास्त्रका कुरा किन ल्याउने? विषयवस्तु त जीवनमै वर्तमानमै छ नि! वेद, उपनिषद् वेदान्त कहाँ–कहाँको कुरा अर्थात् काव्येतर विषयको निष्कर्ष दिँदाको विरोधमा अकथा, अकविता र अनाटक आएका हुन्। ‘अ’ भनेको एकतत्वीय अत्याचार घटाउने आन्दोलन जस्तै हो। 

तपाईं भाषाविद् भएको नाताले यो बताइदिनुहोला– हाम्रो लेख्य भाषिक एकरुपतामा ल्याउन सकिने आधारहरू बनाउन सकिन्छ कि सकिँदैन?
पक्कै पनि सकिन्छ। भाषा नदी जस्तै बहिरहन्छ। त्यसमा बाँध बनाउने काम निरन्तर हुनुपर्छ। भाषारुपी नदीमा बाँध बनाउनु भनेको एकरुपताको प्रयास गर्नु हो। जुन स्तरीय रुप छ त्यसलाई आज बनाएर पनि भोलि बगेर कहाँ पुग्छ काँ। त्यसको स्थिरीकरण हुनुपर्यो। यी सम्पूर्ण कार्य गर्न एउटा राष्ट्रिय निकाय चाहिन्छ। भाषासम्बन्धी राष्ट्रिय निकायले यहाँका सम्पूर्ण भाषाहरूको विकासका उपायहरू गरोस्। प्रवर्द्धन गरोस्। एकरुपता कायम गर्ने प्रयास गरोस्। राष्ट्रिय रुपमा कहीँकतैबाट यस्तो कुनै ठोस कार्य भएको छैन। 

नेपालीमा नयाँ शब्दको खाँचो अनुभव हुन थालिसक्यो। जबसम्म तिनलाई बोध गराउने पारिभाषिक शब्द हामी बनाउँदैनौं त्यस बेलासम्म हाम्रो भाषाको आधुनिकीकरण हुँदैन।

केही प्रयास विश्वविद्यालयबाट भएको छ भने यो नेपाली विभागअन्तर्गत आगन्तुक शब्द नेपाली नियममा लेख्ने भन्ने छ। नेपाली विभागअन्तर्गत नेपाली पठनपाठन  हुने क्षेत्रमा मात्र यो नियम लागू भो, नेपालभरि त लागू भएन। फेरि एकपल्ट गर्दैमा यो काम सकिँदैन। किनभने भाषा त नदी झैं निरन्तर बगिरहन्छ। त्यसैले एकरुपता तथा स्थिरीकरण प्रयास पनि निरन्तर भइरहनुपर्छ।

 लेख्य रुपमा विद्यालयीय वा विश्वविद्यालयीय पठनपाठनले थोरै भए पनि एकरुपता आएको हो। अरु समेट्ने भएपछि कसले कसलाई भन्ने? सरकारले एउटा बृहत् स्तरको भाषिक निकाय खडा गर्नुपर्छ। कति भाषा लोप हुने स्थितिमा छन्, तिनलाई बचानउनुपर्यो। कति क्षेत्रीय र स्थानीय स्तरका भाषा छन्। तिनलाई माथिल्लो स्तरमा लैजानुपर्यो। अझ राष्ट्रभाषा नेपालीकै आधुनिकीकरणको प्रयास गर्नुपर्यो। 

नेपालीमा नयाँ शब्दको खाँचो अनुभव हुन थालिसक्यो। जबसम्म तिनलाई बोध गराउने पारिभाषिक शब्द हामी बनाउँदैनौं त्यस बेलासम्म हाम्रो भाषाको आधुनिकीकरण हुँदैन। 

नेपाली साहित्यमा देखापरेको टड्कारो खराबी पक्ष कुन होला जुन नसच्याइ भएकै छैन?
एउटा त अध्ययन–मननको अभाव पाएको छ। अध्ययन–मनन नगरी के–कति भइसक्यो र के–कति गर्न बाँकी छ–थाहा हुँदैन। 

विश्लेषण छ– त्यो नै सर्वोपरि हो, त्यही सत्य हो, त्यहाँदेखि यताउता केही पनि होइन भन्ने अधिकांश देखिन्छ। 

एउटा गोष्ठीमा मैले कार्यपत्र प्रस्तुत गरेको थिएँ। थुप्रै रचनाकारहरू पनि सहभागी थिए। त्यहाँ उनीहरूको धारणा के देखिन्थ्यो भने– कार्यपत्रमा नयाँ विचारहरू आए रे! अब त्यो नयाँ कुरा उनीहरूले जानिराखेकोसँग मेल खाएन। मेल नखानेबित्तिकै आफ्नो असहमति र विरोध देखाउन थालिहाले। 

मेरो बारेमा लेखिदिएन, त्यसैले सम्पूर्ण नेपाली समालोचना नै शिथिल भयो भन्छन् तिनीहरू। अचेल लेखकहरू काम थोरै गर्छन्, दाबी धेरै गर्छन्। दाबी बढेका छन्, काम त्यति भएका छैनन्।

उनीहरू साहित्यकार हुन् भने आफ्नो पठनपाठन गर्ने प्रवृत्तिलाई व्यापक पार्नुपर्छ। नयाँ समालोचना किन पढ्ने भन्ने धारणा अहिले बढेको छ। नयाँनयाँ समालोचनात्मक कुरा वा पुराना कुराको अध्ययन गर्नुहुनन भने त तपाईं आफ्नो लेख्नुस्, घरै बस्न्स्, प्रकाशित पनि नगर्नुस्। तपाईं साँच्चै लेख्नुहुन्छ भने कोसँग मिल्न गयो वा मिलेन भन्ने अरुको धारणा पनि बुझ्न जरुरी छ।

अहिलका धार कता गइरहेको छ थाहा पाउनु आवश्यक हुन्छ। आखिर मैनालीको बेलाको कथा लेखेर भएन नि! त्यसको लागि आजको संसार कता गइरहेको छ–अध्ययन गर्नुपर्यो। अरुको अध्ययन–मनन गर्नै नचाहने, उनको चाहिँ विवेचना गरेर उच्च मूल्यांनसाथ लेखिदिनुपर्ने! अहिले यस्ता नकारात्मक प्रवृत्ति बढिरहेको छ। 

समालोचना शिथिल भयो भन्ने भनाइ त्यस्तैको हो। मेरो बारेमा लेखिदिएन, त्यसैले सम्पूर्ण नेपाली समालोचना नै शिथिल भयो भन्छन् तिनीहरू। अचेल लेखकहरू काम थोरै गर्छन्, दाबी धेरै गर्छन्। दाबी बढेका छन्, काम त्यति भएका छैनन्। यही सानो उपलब्धिमा ठूलोदाबी गर्ने प्रवृत्तिले बिगारेको छ।                                                                                                                              
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्