• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

रामशरण महतजीहरुले ल्याएको आर्थिक नीतिबाट कांग्रेस \'ब्याक\' हुनुपर्छ : प्रदीप पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०७५  १४:०७
1140x725

नेपाली कांग्रेसभित्र १३ जना नेताहरुको समूह छ, जसले कांग्रेसले अहिले अंगालेको नीतिको पुनर्व्याख्या गर्नुपर्ने बहस उठाइरहेको छ। गत वर्षको चुनावी पराजयलगत्तै बसेको केन्द्रीय कार्यसमितिदेखि पछिल्लो पटकको महासमिति बैठकमा पनि ती कुराहरुलाई जोड दिएर यो समूहले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेको थियो। त्यही समूहका एकजना नेता हुन्, प्रदीप पौडेल। बिपी कोइरालाको समाजवादमाथि सामयिक व्याख्या र नेता रामशरण महतहरुले भित्र्याएको आर्थिक उदारीकरणको नीतिमा पुनर्विचार गर्नुपर्ने मत राख्छन् उनी।

हालसालैको महासमिति बैठकको समीक्षा र कांग्रेसको अबको भविष्यमाथि केन्द्रित रहेर नेता पौडेलसँग रामकुमार डिसीले गरेको कुराकानी:

महासमिति बैठक सकियो। अब के हुन्छ?

महासमिति बैठकपछि यसले पारित गरेको विधानलाई फेरि केन्द्रीय समितिमा लगिन्छ। केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ। केन्द्रीय समितिले त्यसमा छलफल गरेर समान्य हेरफेर गर्ने र त्रुटिहरु सच्याउने काम गर्छ।

बैठकपछि महासमितिले पारित गरेको विधानलाई थप स्पष्ट हुनेगरि हामी बाहिर ल्याउँछौं। त्यो विधान छापिएर जिल्ला–जिल्लामा जान्छ। अनि विधानले व्यवस्था गरे अनुसार क्रियाशील सदस्यता वितरणको प्रक्रिया अघि बढ्छ। नवीकरणको प्रक्रिया पनि अघि बढ्छ। नेपाली कांग्रेसका अन्य सांगठानिक गतिविधिहरु अगाडि बढ्छन्।

नयाँ संविधान आएपछि स्थानीय तहहरुको क्षेत्रफल तथा अधिकारमा हेरफेर भएको छ। त्यहाँ सक्रमणकालीन व्यवस्थाअन्तर्गत अन्तरिम अधिवेशन गर्ने कि नगर्ने भन्नेबारे समेत स्पष्ट हुन्छ।

उसो भए महासमिति बैठकपछि पनि भावी कार्यदिशा स्पष्ट भएको छैन?

महासमितिबाट पारित विधानमा दुई वटै व्यवस्था गरिएको छ। स्थानीय तहका रिक्त स्थानहरुमा १३औं महाधिवशेनका क्रियाशील सदस्य अथवा क्षेत्रीय प्रतिनिधिहरुबाट पूर्णता दिन सकिन्छ। अर्कोतर्फ १३औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिहरुबाट पनि प्रदेश अधिवेशन गरेर प्रदेशको नेतृत्व चयन गर्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

कतिपय क्षेत्रमा पुरानै सिमांकन यथावत रहेको छ। ७५ जिल्लाबाट ७७ जिल्ला भएपछि चार जिल्लाको सिमांकनमा हेरफेर भएको छ। बाँकी ७३ जिल्लामा त्यस्तो अवस्था छैन। सोहीअनुसार ७३ जिल्लासहित थपिएका ४ जिल्लाको पनि अधिवेशन गर्नुपर्‍यो। ४ वटा जिल्लाको अधिवशेन भने नयाँ सिमांकन अनुसार हुनेछ। यसअलावा प्रदेशको पनि अधिवेशन गर्नुपर्छ।

प्रतिनिधिसभाका धेरै निर्वाचन क्षेत्रको पनि सिमांकनमा हेरफेर भएको छ। त्यहाँ पनि अन्तरिम अधिवेशन गनुपर्ने अवस्था हुन्छ। प्रदेश क्षेत्रका कतै पनि अधिवशेन भएको छैन। प्रदेशका ३ सय ३० वटा क्षेत्रको अधिवेशन गनुपर्ने हुन्छ। त्यहाँ अधिवेशन गर्नलाई अर्कै खालको जटिलता छ।

सिमांकन हेरफेर भएका गाउँपालिका, नगरपालिका अनि वडाहरुको अधिवेशन गर्नु जरुरी छ। हामी अन्तरिम अधिवेशन गरेर जाने हो भने १४औं महाधिवेशनसम्मका लागि हामीले नयाँ नेतृत्व चयन गर्नुपर्छ। त्यसमा के गर्ने भन्ने टुंगो लगाउन बाँकी छ।

महासमितिले नेपाली कांग्रेसका आम कार्यकर्तामा उत्साह थप्नेगरी राजनीतिक प्रस्ताव ल्याउन सकेन। कार्यकर्तालाई जुरुक्कै उचाल्नेगरी त्यो प्रस्ताव ल्याउन सक्नुपर्थ्याे।

तपाईंको विचारमा उत्तम विकल्प के हो त?

यदि यो समितिको कार्यकाल लम्ब्याउने हो भने यसको कार्यकाल ४ वर्षको हुन्छ। अब १४औं अधिवेशनका लागि १५ महिना मात्रै बाँकी छ। तोकिएकै समयमा अधिवनेशन गर्नु सबैभन्दा उत्तम विकल्प हो। त्यसका लागि हामीले तत्काल क्रियाशील सदस्यता वितरण गर्ने, नवीकरण गर्ने, वडा, टोलहरुको अधिवेशनका कामहरु गर्नुपर्छ।

महासमिति बैठक समापन गर्दा नेताहरुले उत्साहित देखिने प्रयास गरेका थिए। त्यो उत्साह तल्लो तहसम्म सञ्चार भएको छ त?

नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ताको हैसियतले मैले मूल्यांकन गर्दा पनि यो महासमिति बैठक जति उपलब्धिमूलक हुनुपर्थ्याे, त्यति हुन सकेन। महासमितिले नेपाली कांग्रेसका आम कार्यकर्तामा उत्साह थप्नेगरी राजनीतिक प्रस्ताव ल्याउन सकेन। कार्यकर्तालाई जुरुक्कै उचाल्नेगरी त्यो प्रस्ताव ल्याउन सक्नुपर्थ्याे।

कम्युनिस्टको सरकार आएको १० महिनापछि हामीले महासमिति बैठक गर्‍यौं। यो १० महिनाको बीचमा सरकारले थुप्रै विवादका विषय सिर्जना गरेको छ। जनताको अपेक्षाअनुसार केही पनि काम हुन सकेको छैन। कतिपय संवैधानिक व्यवस्थालाई समेत कुल्चिएको छ। संविधानलाई पूर्णरुपमा कार्यन्वयन गर्ने सन्दर्भमा इमानदारिता नदेखाएको अवस्था छ। कुनै पनि क्षेत्रमा सुशासन कायम गर्न सकेको छैन। यस्तो बेलामा हामीले महासमितिको बैठक गरिरहँदा हाम्रो राजनीतिक प्रस्ताव यो भन्दा बुलन्द, सशक्त आउनुपर्ने थियो।

सांगठनिक अवस्थाका बारेमा पनि प्रस्तावमा धेरै कुरा आएनन्। महासमितिको बैठक हरेक वर्ष गर्नुपर्ने हो। प्रत्येक वर्ष बैठक गर्नुपर्ने व्यवस्था विधानमा छ। तर,  हामीले नियमित बैठक गरिरहेका छैनौं। सांगठानिक प्रस्तावमा नयाँ कार्यक्रम के ल्याउँछौं? संगठनका गतिविधि कसरी अघि बढाउँछौं? भन्ने कुरा आएनन्। त्यस्तै संगठनलाई कसरी रुपान्तरण गर्छौं? कसरी समय सापेक्ष बनाउँछौं? अब कस्ता कुरालाई प्राथमिकतामा राख्छौं? भन्ने प्रस्तावले बोलेको हुनुपर्थ्याे।

हामीले समाजवादको व्याख्यालाई बिपी कोइरालाले जसरी गर्नुभएको थियो, त्यसमै सीमित गरेका छौं। समाजका मुद्दाहरु झल्किनेगरी हामीले एजेन्डा बनाउन सकिरहेका छैनौं।

यसका बावजुद महासमिति बैठकको एउटा उपलब्धि के हो भने, यसले हामीलाई विधान दियो। यअघिको विधान चाहिँ समय सापेक्ष, संघीयतामुखी थिएन। राज्यले जुन–जुन संरचना निर्धारण गरेको थियो, त्यसअनुसार हाम्रो पार्टीको संरचना पुगेको थिएन। यसले १४औं महाधिवेशनको ढोका खोल्ने अवस्था बनेको थिएन। त्यसकारण पनि नयाँ विधान एकदमै समावेशी छ। यसले संघीयतालाई आत्मसाथ गरेको छ। सबै तहमा संरचनाहरु बन्ने सुनिश्चत भएको छ। सबै तहका संरचनाहरुमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चत गरिएको छ। अब १४औं माहाधिवेशन सुरु गर्नका लागि हामीलाई कुनै समस्या छैन।

‘संघीयतालाई आत्मसाथ गर्‍यौं’ भनेर गर्व गरेर मात्रै त पुग्दैन होला नि? तपाईंहरुका अघि ‘भीमकाय’ कम्युनिष्ट पार्टी छ। त्यसलाई जित्न हुनुपर्ने वैचारिक स्पष्टता यो महासमिति बैठकबाट आउन सकेन नि?

कम्युनिष्ट पार्टीसँग तुलना गरेर हेर्ने हो भने त हामी उहाँहरु भन्दा धेरै गुणा प्रष्ट छौं। हामी कुनै खालको निरुकुंशतालाई स्वीकार गर्दैैनौं। हामी पूर्ण लोकतन्त्रमा विश्वास गर्छौं।

कसैसँग तुलना गरेर हामी कमजोर छौं भन्ने त मलाई लाग्दैन। तर, हामी चाहिँ ‘वेस्ट अमंग त वेस्ट’ (खराबहरुमध्ये असल) भयौं। हामी भित्रै पनि सुधार गर्नुपर्ने अवस्था देखियो।

बिपी कोइरालाले समाजवादको व्याख्या आफ्नो समयमा जसरी गर्नुभएको थियो, त्यसमा उहाँले त्यतिबेलाको नेपाली समाजको चित्रण गर्नु भएको थियो। त्यो अवस्था अहिले छैन। हामीले समाजवादको व्याख्यालाई बिपी कोइरालाले जसरी गर्नुभएको थियो, त्यसमै सीमित गरेका छौं। समाजका मुद्दाहरु झल्किनेगरी हामीले एजेन्डा बनाउन सकिरहेका छैनौं। अहिले परिवेश बदलिएको छ तर हामीले आफूलाई बदल्न सकेका छैनौं।

बिपी कोइरालाले जति ‘कन्टेन्ट’ दिनुभएको थियो, त्यसलाई परिमार्जन गर्ने, सुधार गर्ने र थप्ने काम हामीले गरेका छैनौं।

पूँजीवादसँग नजोडिकन समाजवाद अगाडि जान सक्दैन। समाजवाद र पूँजीवादको सम्बन्ध के हो? पूँजीवादभन्दा हामी के काराणले फरक हौं? हामीले विपन्न, मजदुर, किसानलाई कसरी सहुलियत दिन चाहन्छौं? राज्यलाई हामीले समृद्ध कसरी बनाउन चाहन्छौं?

राज्य समृद्ध हुन सक्यो भने मात्रै हामीले कमजोरहरुलाई राज्यको तर्फबाट संरक्षण गर्न सक्छौं। उनीहरुका लागि राज्यका तर्फबाट दिइने सेवा वितरण हामीले कसरी गर्छौं? यी विषयमा हामी प्रष्ट हुन जरुरी छ । कम्युनिष्टहरुको समाजवादसँग हाम्रो समाजवाद मिल्दैन। नेपालका कम्युनिष्टहरुले अभ्यास गरेको समाजवाद पनि हामीले नै अभ्यास गरेको समाजवाद हो।

कम्युनिष्टहरुको आर्थिक नीति कांग्रेसभन्दा कुनै पनि अर्थले फरक छैन। तर, कांग्रेसले अहिले अभ्यास गरिरहेको उदार आर्थिक नीति पनि खास समाजवाद अनुकूलको छैन। हामीले अहिले अभ्यास गरेको आर्थिक नीति पनि हामीले भनेको समाजवादमा आधारित छैन। अहिलेको आर्थिक नीतिले पूँजीवादप्रति बढी झुकाब देखाएको पाइन्छ। त्यसैलै रामशरण महतजीहरुले ल्याएको उदार आर्थिक नीतिबाट कांग्रेस ब्याक हुनुपर्छ।

महासमितिमा यस्तो विषयमा त व्यापक बहस हुनुपर्थ्याे। तर, त्यसबारे त कुरै भएन नि?

मैले पहिले पनि भने, महासमितिमा जसरी राजनीतिक, आर्थिक नीतिमा छलफल हुनुपर्थ्याे, त्यसरी भएन। हामी राजनीतिक, आर्थिक विषयमा जति प्रष्ट हुनुपर्थ्याे त्यो भएन। हिजो आर्थिक नीति बनाउँदा हामीले के–के कमजारी गर्‍यौं, त्यो स्वीकार गर्न सक्नुपर्छ। कमजोरी स्वीकार गरेर कसैको कद घट्दैन। कमजोरीले हामीलाई अभुनव सिकाउँछ । त्यो अनुभवबाट हामीले आफूलाई सुधार्ने कुरालाई सुनिश्चत गनुपर्छ। हिजो यो–यो क्षेत्रमा यसरी कमजोरी भयो भनेर भन्नुपर्छ।

जस्तै, हिजो शिक्षा, स्वास्थ्यमा फस्टाएको निजीकरण तथा समाजिक सुरक्षा प्रदान गर्ने सवालमा कमजोरी भए। हामी सरकारमा हुँदा किसान, मजदुरलाई यथेष्ट सहुलियत दिन सकेनौं। साधनस्रोतको उपयोग गर्ने मामिलामा पनि उपयुक्त एजेन्डा ल्याउन नसकेको अवस्थाका बारेमा गम्भीर समीक्षा गरेर जानुपर्छ। त्यो त्रुटिलाई सच्याएर हामीले नयाँ योजनाहरु प्रस्तुत गर्न सक्नुपर्छ।

अहिलेको अर्थतन्त्र रेमिट्यान्समा आधारित छ। यस्तो अर्थतन्त्र कामचलाउ मात्रै हुन्छ। यसले दिर्घकालीन प्रगति हुँदैन, स्वावलम्बी बनाउँदैन, देशलाई समृद्ध बनाउँदैन। यसको सुधार हामी कसरी गर्न सक्छौं? देशलाई समृद्ध बनाउने खालको, आत्मनिर्भर हुने खालको, रोजगारी सिर्जना गर्ने खालको, बेरोजगारी अन्त्य गर्ने खालको अर्थव्यवस्था हामीले कसरी ल्याउन सक्छौं? भन्ने बारेमा प्रष्ट हुनेगरी आउनुपथ्र्यो, तर त्यसरी हुन सकेन।

तपाईं लगायत १३ जना नेताहरुको समूहले महासमितिमा छुट्टै राजनीतिक प्रतिवदेन पेस गरेको थियो। आफ्नो विचार लागू गर्न नेतृत्वमा पुग्नु अनिवार्य हुन्छ। तपाईंहरु त्यहाँ पुग्नुहुन्छ भन्ने आधार के?

वैचारिक रुपमा स्पष्ट भएर नयाँ कार्ययोजनाका साथ जसले आफूलाई प्रस्तुत गर्न सक्छ, त्यही व्यक्ति नै हो नेतृत्वमा पुग्ने। हामी कान्छो छौं, त्यरकारण नेतृत्वमा पुग्नुपर्छ, हामी ‘अन टेस्टेड’ छौं त्यसकारण नेतृत्वमा पुग्नुपर्छ भन्नु नेतृत्वमा पुग्ने पूर्ण मापदण्ड होइनन्। मुख्यतः हामी वैचारिक रुपमा प्रष्ट हुनुपर्छ। हामी योजनागत रुपमा प्रष्ट हुनुपर्छ। पुरानो कांग्रेस पार्टीमा नयाँ तरिकाले काम गर्नेगरी हामी आउन सक्नुपर्छ। यी सबका निम्ति एउटा स्पष्ट दृष्टिकोण चाहिन्छ। त्यसमा थप प्रकाश पार्नका निम्ती हामीले यो पहलकदमी लिएका हौं। यो नै पूर्ण छ भनेर हामीले भनेका छैनौं। यसमा पनि हामीले थप छलफल गर्नु जरुरी छ। नेपाली कांग्रेस भित्रका अरु साथीहरुलाई यसमा सहभागी बनाएर आगामी अधिवेशनसम्म यसलाई अझै स्पष्ट तथा पूर्ण गराउनेगरी हामी अगाडि बढ्छौं। त्यसका निम्ती हामीहरु तल्लोतहसम्म यो छलफललाई लिएर जाँदैछौं।

हिजो आर्थिक नीति बनाउँदा हामीले के–के कमजारी गर्‍यौं, त्यो स्वीकार गर्न सक्नुपर्छ। कमजोरी स्वीकार गरेर कसैको कद घट्दैन। कमजोरीले हामीलाई अभुनव सिकाउँछ । त्यो अनुभवबाट हामीले आफूलाई सुधार्ने कुरालाई सुनिश्चत गनुपर्छ।

नीतिगत रुपमा प्रष्ट हुने, वैचारिक रुपमा प्रष्ट हुने, शैलीगत रुपमा नयाँ शिराबाट आउने र नेतृत्व लिनका लागि पनि महत्वाकांक्षा प्रस्तुत गर्र्ने ढंगबाट हामी अगाडि जाने सोचिरहेका छौं।

तपाईंहरुको त्यो समूहले अहिले के गरिरहेको छ?

हाम्रो यो समूह नेतृत्व लिनका निम्ती सक्रिय भएको होइन। वैचारिक दृष्टिले कांग्रेसलाई प्रष्ट बनाउनका निम्ती, विभिन्न विधामा कांग्रेसको दृष्टिकोण बनाउनका निम्ती हामी संगठीत भएका हौं। हामीले मात्रै छलफल गरेर पुग्दैन। केन्द्रीय समितिमै योभन्दा ठूलो दायरा बनाउनुपर्छ। त्यसपछि यो विषयलाई हामीले तल्लो तहसम्म लानुपर्छ। तल्लो तहमा लगेर कांग्रेसका सक्रिय साथीहरु, नेताहरु, कांग्रेसका पुराना नेता तथा कार्यकर्ताहरु सबैलाई समेटर पूर्ण बनाउने प्रयास हामीले गर्नेछौं। यसको सिलसिलेवार छलफल हामीले बढाइरहेका छौं। खाली प्रचार मात्रै धेरै नभएको हो।

कोइराला परिवारभित्रैबाट पार्टीको नेतृत्व लिनेगरी विभिन्न बैठक गर्ने र सन्देश दिने काम भइरहको छ। यसमा तपाईंहरुको स्थान कहाँ हो? अब कांग्रेसको नेतृत्व कसको हातमा जान्छ?

हाम्रो पार्टीमा नेतृत्व लिने महत्वकांक्षा भएका धेरै नेताहरु हुनुहुन्छ, त्यो स्वभाविक पनि हो । तपाईंले इन्गित गर्न खोज्नु भएको कोइराला परिवारको 'लिगेसी' पनि हाम्रो पार्टीभित्र बलियो छ। कसैले त्यो कुरा उठाएर त्यसलाई पूँजीकृत गर्न खोज्ने पनि हुनसक्छ।

तर, अहिलेको मुख्य विषय चाहिँ नयाँ चूनौतीलाई सामाना गर्नसक्ने, नयाँ तौरतरिकाबाट नेतृत्व आउनुपर्छ भन्ने पार्टीभित्र महसुस भएको छ। त्यसका निम्ती हामीले महासमितिबाट जुन विधान पास गरेका छौं, त्यसले नेतृत्वमा आउनका निम्ती निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ। नेतृत्व निर्वाचित हुने भइसकेपछि मलाई लाग्छ अलिकति डाइनामिक, अलिकति प्रखर, अलिकति उर्जावान नेतृत्व अब पार्टीमा स्थापित हुन्छ।

लिगेसीसँग पनि जोडिएको, पुरानो–नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृत्व आउने परिस्थिति पनि नेपाली कांग्रेसभित्र पहिलेभन्दा सहज ढंगले स्थापित हुन्छ जस्तो मलाई लाग्छ।

त्यसका लागि पदाधिकारी संख्या बढेको छ। पदाधिकारी सबै निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसो हुँदा सबै पुस्ताको प्रतिनिधित्व हुने गरी मतदाताले न्याय गर्छन् जस्तो मलाई लाग्छ। सबै वर्ग, क्षेत्र, जाति, समुदायको पनि प्रतिनिधित्व हुन्छ।

कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतको पुस्ता अविभावकका रुपमा बसी नेतृत्वमा नयाँ अनुहार आओस् भन्ने चाहाना देखिन्छ। निर्वाचनले यसलाई कसरी सम्बोधन गर्नसक्छ?

यो आमरुपमा स्वीकारिएको पद्धति हो। कसैलाई जबर्जस्ती निकालेर बहिर्गमन गराउन त सकिँदैन। प्रजातान्त्रिक प्रक्रियालाई हामीले पनि मान्नुपर्छ। यसले नयाँ, पुराना सबैका खालका नेताहरु प्रतिष्पर्धा गर्ने अवस्था हुन्छ।

यद्यपि हाम्रो आग्रह चाहिँ सभापति, वरिष्ठ नेताहरु अविभावक भएर बसिदिनुहोस् भन्ने नै हो। किनभने लामो समयसम्म उहाँहरुको नेतृत्वमा पार्टी चलिरहेको छ। त्यसले पार्टीमा धेरै पक्षमा फाइदा पनि पुर्‍याएको छ। व्यवस्थालाई संस्थागत गर्न उहाँहरुले जुन मेहनत, योगदान गर्नुभयो, त्यो चाहिँ अत्यन्त सम्मानित छ।

अब चाहिँ मुलुकलाई नयाँ ढंगबाट लिएर जानुपर्ने अवस्था छ। नयाँ विषयलाई प्राथमिकतामा राखेर जानुपर्ने अवस्था छ। संघर्षमा नेतृत्व गरेका नेताहरु नै संघर्षपछि प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै समृद्धिको आधार निर्माण गर्ने सन्दर्भमा नेतृत्वमा रहिरहनुपर्छ भन्ने कुरा उपयुक्त होइन। त्यसका लागि हामीले आग्रह गर्ने हो कि तपाईंहरु सम्मानित भएर नयाँ पुस्ताका लागि प्रतिष्पर्धा गर्ने वातावरण निर्वाह गरिदिनुहोस्, ढोका खोलिदिनुहोस्, स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण बनाइदिनुहोस्।

तर, मान्ने–नमान्ने उहाँहरुको कुरा भयो। उहाँहरु प्रतिष्पर्धामा आउन चाहानुहुन्छ भने मिल्दैन भनेर हामीले भन्न सकिने अवस्था भएन।

नेतृत्व निर्वाचित हुने भइसकेपछि मलाई लाग्छ अलिकति डाइनामिक, अलिकति प्रखर, अलिकति उर्जावान नेतृत्व अब पार्टीमा स्थापित हुन्छ।

‘एक्जिट’ गर्ने उपायकाबारेमा हामीले पहिले पनि छलफल गरेका थियौं। त्यसमा हामीले उमेरको कुरा गरेका थियौं। तर, त्यो कुरा वैधानिक फोरमबाट पारित भएन। दुईपटक भन्दा बढी कार्यकारी भएर बस्न नपाउने हाम्रो व्यवस्था यथावत छ। त्योभन्दा थप विषय अहिले हामीले हाम्रो विधानमा राख्न सकेनौं। अब ‘एक्जिट’ चाहिँ स्वेच्छाले लिने भन्ने भयो।

नेतृत्व भनेको मागेर, याचना गरेर पाइने चिज त होइन होला? तपाईंहले अलि धक्का दिन नसकेको हो कि?

तपाईंले भन्नुभएको जस्तै नयाँ नेतृत्व आउनुपर्छ भनेर हामीले आम कांग्रेसका नेताहरुलाई विश्वास दिलाउन नसकेकै हो। नयाँ नेतृत्व, नयाँ नीति, कार्ययोजनका साथ आएका छौं भन्ने कुराको विश्वास दिलाउन नसकेका कारणले हामीले पहिलो पंक्तिमा अथवा नेतृत्व तहमा आफूलाई उभ्याउन सकेका छैनौं।

पुराना ‘टेस्टेड’ हुन्, त्यसकारण उनीहरुले छाड्नुपर्छ भनेर मात्रै भएन। हामीले पनि वैचारिक ढंगबाट, व्यापकरुपमा आम जनमानस तथा पार्टी पंक्तिमा आश्वस्त पार्नेगरी, अबको विकल्प यो हो भनेर स्पस्ट दृष्टिकोणका साथ आउन नसक्दा हामीमाथि पनि भरोसा गर्ने स्थिति रहँदैन।

परम्परागत रुपमा एउटा मनोविज्ञान बनेको छ– पुरानो मान्छे, धेरै योगदान गरेको मान्छेले पार्टीलाई अन्याय वा समाप्त गर्दैन, पार्टीलाई सुरक्षित गर्छ। किनकी, त्यहाँ उसको लगानी छ।

नयाँ मान्छेहरुको लगानी पनि हुँदैन। उनीहरुले योजना दृष्टिकोण, नीतिगत पक्षमा पनि पुरानोले भन्दा फरक ढंगको ल्याउन सक्दैन। पार्टीभित्र गर्ने गतिविधि पनि पुरानाको भन्दा नयाँ ढंगको नहुँदा पुरानो पार्टीमा पुरानै शैलीका नयाँ मान्छे आएर त अर्थ भएन। त्यसैले पुरानो पार्टीमा नयाँ शैलीमा आउने, नयाँ ढंगको व्यवहार गर्ने, नयाँ ढंगलै सैद्दान्तिक विषयमा छलफल गर्ने, नयाँ कार्ययोजना दिनसक्ने मान्छे आयो भने, आम कार्यकर्तालाई आफूतिर आकर्षित गर्न सक्छ र जस्तोसुकै पुरानोलाई भन्दा उसलाई पत्याउने अवस्था हुन्छ।

आफूले पहिले व्यहोरिरहेको पुरानो मान्छेसँग सहजता अनुभव गर्ने तथा नयाँलाई मैले देखेकै छैन, व्यहोरेकै छैन भन्ने खालको सोचाइ देखिन्छ। नयाँलाई विश्वास नगर्ने प्रवृत्ति छ। यो हाम्रो समाजिक परम्परा, मान्यता जस्तै बनिसकेको छ। यसले यथास्थितिमै चलिरहेको पार्टीलाई परिर्वतन गर्न धेरै गाह्रो बनाउँछ।

नयाँ नेतृत्व स्थापित हुनलाई हाम्रो समाजिक, आर्थिक संरचना कत्तिको बाधक बन्दा रहेछन्?

मैले हाम्रो पार्टीभित्र के पाउँछु भने शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्छ, उहाँहरु मिलेपछि सबै विवाद समाधान हुन्छ भन्ने खालको मनोविज्ञान छ। उहाँहरु सम्मान गर्न लायक हुनुहुन्छ। तर, उहाँहरु जतिसुकै ठूलो भए पनि व्यक्ति हो। व्यक्ति विधिभन्दा माथि हुँदैन। विधान भन्दामाथि हुँदैन।

व्यवस्थित विधिविधान भित्रै सुरक्षित छ। विधानभित्रै रहेको विधि अपनाएर समस्याको हल गर्ने कि व्यक्तिहरुलाई मिलाएर समस्या समाधान गर्ने? व्यक्ति मिलेको अवस्थामा विधि कुल्चे पनि हुने? त्यो छुट कसैले पनि पाउनुहुँदैन। त्यसले सम्पूर्ण पार्टी नै शक्तिप्रति समर्पित भएको प्रतित हुन्छ।

हाम्रो सामाजिक मनोविज्ञान पुरानालाई नै बढी विश्वास गर्ने, उनीहरु गलत गर्दैनन् भन्ने ठान्ने छ। पुरानाले जे गरे, जसरी गरे तुलनात्मक हिसाबले सहि गरेका छन् भन्ने ठान्ने सोचाइ छ।

आफूले पहिले व्यहोरिरहेको पुरानो मान्छेसँग सहजता अनुभव गर्ने तथा नयाँलाई मैले देखेकै छैन, व्यहोरेकै छैन भन्ने खालको सोचाइ देखिन्छ। नयाँलाई विश्वास नगर्ने प्रवृत्ति छ। यो हाम्रो समाजिक परम्परा, मान्यता जस्तै बनिसकेको छ। यसले यथास्थितिमै चलिरहेको पार्टीलाई परिर्वतन गर्न धेरै गाह्रो बनाउँछ।

यो प्रवृत्ति हामी कहाँभन्दा कम्युनिष्ट पार्टीमा धेरै छ। उहाँहरु चेयरम्यान, हेडक्वाटर भन्नुहुन्छ। यो शब्दले अति शक्तिशाली जनाउ दिन्छ। शक्तिको अति केन्द्रीकरणलाई बुझाउँछ। तर, हाम्रो पार्टीको ‘स्कुलिङ’ त्यस्तो होइन। केन्द्रीकरण गर्ने, व्यक्तिमा लगेर सबै कुरा ठोकिने, व्यक्ति नै सर्वेसर्वा हुने ‘स्कुलिङ’ हाम्रो होइन।

ऐतिहासिक विरासत बोकेको राजनीतिक पार्टीले धार्मिक विषयलाई प्राथमिकतामा राख्न सक्दैन। तर, हाम्रो भनाइ के हो भने, हाम्रो परम्परामा भएका सकरात्मक विषय, मान्यताहरुलाई संरक्षण गरिनुपर्छ। ती भत्काइनु हुँदैन।

नीतिगत रुपमा हामी एकदमै खुल्ला छौं। हाम्रो ‘स्कुलिङ’ पनि प्रजातान्त्रिक तरिकाबाट भइरहेको छ। तैपनि समाजिक मान्यता, परम्परागत सोचका कारण यो मनोविज्ञानलाई पूर्णरुपमा इन्कार गर्न सकिने अवस्था छैन।

महासमिति बैठकमा धर्मको कुरा पनि उठ्यो । यसले तपाईंको पार्टीलाई वैचारिक मूलप्रवाहबाट विचलित पार्दैन?

म हिन्दू हुँ। मलाई हिन्दू मान्यताहरु मन पर्छ र अँगाल्छु। तर, म हिन्दू भएँ भनेर सबै हिन्दू हुनुपर्छ भन्ने छैन। हामीहरु धार्मिक स्वतन्त्रताको पक्षपाती हौं। कांग्रेसको झन्डाको ४ वटा ताराहरुमध्ये एउटा तारालाई धार्मिक स्वतन्त्रताको प्रतिक भनेर परिभाषित गरेका छौं।

कांग्रेस धार्मिक मान्यतालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने पक्षमा छैन। कांग्रेस एउटा प्रगतिशील विचार बोकेको राजनीतिक पार्टी हो। परिवर्तनलाई आत्मसाथ गरेको पार्टी हो। विभेदहरुलाई सबै ढंगले अन्त्य गरिनुपर्छ भन्ने मान्यता बोकेको पार्टी हो।

२००३ साल, २००७ सालमै परम्पराबाट जकडिएको नेपाली समाजलाई कांग्रेसकै नेतृत्वले बाहिर ल्याएको हो। त्यस्तो ऐतिहासिक विरासत बोकेको राजनीतिक पार्टीले धार्मिक विषयलाई प्राथमिकतामा राख्न सक्दैन। तर, हाम्रो भनाइ के हो भने, हाम्रो परम्परामा भएका सकरात्मक विषय, मान्यताहरुलाई संरक्षण गरिनुपर्छ। ती भत्काइनु हुँदैन।

कसैलाई पनि जबरजस्ती धर्म परिर्वतन गराउन मिल्दैन। धर्म भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको कुरा हो। त्यो स्वतन्त्रतालाई अक्षुण राखिनुपर्छ। विभिन्न प्रलोभन, आश्वासन दिएर बलजफ्ती धर्म परिवर्तन गराउने जुन काम भएको छ, त्यसको पक्षमा नेपाली कांग्रेस हुनै सक्दैन।

कमजोर भएको कांग्रेसलाई ‘रिभाइभ’ गर्न धेरै चुनौती छन् भन्ने टिप्पणीहरु भइरहको सुनिन्छ । तपाईंले चाहिँ कांग्रेसको भविष्य कस्तो होला भन्ने आँकलन गर्नु भएको छ?
हामीले आफ्नो तहबाट पनि केही कुराहरु सुधार गर्नु जरुरी छ। विधि, विधानलाई आत्मसाथ गरेर पूर्ण लोकतान्त्रिक ढंगबाट आफूलाई अगाडि बढाउनुपर्छ।

आन्तरिक लोकतन्त्रलाई हामीले पूर्ण आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ। हाम्राप्रति सबैभन्दा बढी प्रश्न किन उठाइएको छ भने, हाम्रो सञ्चालन पद्धति प्रजातान्त्रिक भएन। विधिसम्मत भएन, व्यक्तिवादी भयो। हामीले यसको चित्तबुझ्दो उत्तर दिन सक्नुपर्छ। त्यसका निम्ती हामीले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई एकदमै बढी आत्मसाथ गर्नुपर्छ।

अहिलेको परिवर्तनअनुसार हामीले केही–केही विषयलाई प्रष्ट्याउनु जरुरी छ। जस्तो हामीले भन्दै आएको समाजवाद, राजनीतिक–आर्थिक दृष्टिकोण, वर्गीय विषयका बारेमा आफूमै थप प्रष्ट हुनु जरुरी छ।

कम्युनिष्ट सरकारले राम्रो गरेन, उनीहरुले राम्रो नगरेपछि स्वतः हामी नै हो भनेर हातै बाँधेर मात्रै बस्यौं भने हामी विकल्प नबन्न पनि सक्छौं। त्यसैले हामीले आफूप्रति लक्षित भएर उठेका प्रश्नको उत्तर दिन सक्नुपर्छ।

हिजो सरकारमा रहँदा हामीले जे गर्‍यौं, कि त्यही नै हाम्रो मान्यता हो भन्नुपर्‍यो। होइन भने, हामीले यो–यो ठाउँमा त्रुटि गर्‍यौं र यसरी सुधार गर्छौ भन्न सक्नुपर्‍यो।

यति गर्न सक्यौं भने, हामीले कम्युनिष्ट पार्टीको सरकार पनि १० महिना हेरिसक्यौं। दुई तिहाइ ल्याएको सरकार, जो अत्यन्त बलियो छ। यो सरकारलाई कुनै पनि काम गर्न कसैले पनि छेक्नै सक्दैन। उहाँहरुले फटाफट नियुक्तिहरु गर्नुभएको छ। आफ्ना मान्छेहरु लगेर भर्नुभएको छ। आफूले चाहेको काम गर्ने अवस्था हुँदा पनि उहाँहरुले केही पनि गर्न सक्नुभएको छैन।

मेलम्चीको पानी काठमाडौंमा आयो भने पनि त्यो उहाँहरुको उपलब्धि हो भनेर भन्न मिल्दैन। किनभने त्यसको ९० प्रतिशत काम पहिल्यै सकिएको थियो। मुग्लिन–नारायणगढ सडक मैले बनाएँ भनेर उहाँहरुले गर्भ गर्न मिल्दैन। कलंकीदेखि कोटेश्वरसम्मको बाटो बनाएँ भन्न मिल्दैन। उहाँहरुले आफ्नो घोषणा–पत्रमा जे लेख्नु भयो त्यो कुरा अहिलेसम्म सुरु कहाँ भएको छ?

घोषणा–पत्रमा धेरै लेख्ने, त्यही घोषणा–पत्रका आधारमा जनताले मत दिने तर सरकारमा गएपछि घोषणा पत्र भित्रको केही पनि काम नगर्ने, त्यस्तो गर्न मिल्छ? उहाँहरुले आजसम्म एउटा पनि ‘सिग्नेचर प्रोजेक्ट’ ल्याउनु भएको छैन। यस्तो अवस्थामा कांग्रेसले आफूलाई सुधा¥यो भने नयाँ उचाई प्राप्त गर्न, सरकारमा  पुग्न कठिन छैन।

तर, कम्युनिष्ट सरकारले राम्रो गरेन, उनीहरुले राम्रो नगरेपछि स्वतः हामी नै हो भनेर हातै बाँधेर मात्रै बस्यौं भने हामी विकल्प नबन्न पनि सक्छौं। त्यसैले हामीले आफूप्रति लक्षित भएर उठेका प्रश्नको उत्तर दिन सक्नुपर्छ। यदि त्यसो गर्न सक्यौं भने म कांग्रेसको भविष्य उज्जवल देख्छु।

आउने दिनमा कांग्रेस ‘वेस्ट अमङ्ग दी वेस्ट’ (राम्रो मध्येको राम्रो) बन्न सक्छ त?

कांग्रेसमा अहिले त्यसबारेको बहस चाहिँ बढेर गएको छ। हामीले त्रुटिहरु औंल्याउने सन्र्दभमा पनि कांग्रेस वृत्तभित्र त्यो महसुस हुने अवस्था हामीले बनाएका छौं। पहिलो पुस्ताको नेतृत्व अहिले जसरी चलिरहेको छ, यही नै ठीक छ भन्ने खालको छ। चुनावमा कम्युनिष्टहरु मिलेर मात्रै हामीले ‘टेक्निकल्ली’ हारेको भनेर विश्लेषण भइरहेको छ।

हाम्रो कार्यशैली, नीति, विचारगत पक्षमा त्रुटि भएर त्यस्तो भएको हो भन्ने कुरा अझै स्वीकार गरेको अवस्था छैन। तर, अब तल्लोको तहको बुझाइले नेतृत्वलाई त्यो स्वीकार गर्न बाध्य बनाउँछ।

सैद्दान्तिक, विचारगत र विषयगत पक्षमा स्पष्ट र व्यवहार, शैलीमा नयाँ पद्धतिको विकास गर्न सक्यौं भने कांग्रेसप्रति आर्कषण बढाउन सक्छौं। कांग्रेसलाई एउटा राम्रो विकल्पका रुपमा अघि बढाउन सक्छौं।

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्