• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्बन्ध विच्छेदपछि हुने सामाजिक प्रहार 

64x64
नेपाल लाइभ शुक्रबार, माघ ४, २०७५  २१:२४
1140x725

सम्बन्धहरु जुट्छन् र टुक्रन्छन्। कुनै सम्बन्ध मृत्युपर्यन्त टिक्छन्, कुनै छोटो समयमै सकिन्छन्। सम्बन्ध टुक्रनुको मतलब सार फेरिनु हो। खासगरी एक पटक जोडिएको सम्बन्ध पूर्ण रुपमा टुक्रन सम्भव नै हुँदैन। कुनै न कुनै यादले ती सम्बन्धलाई जीवित राखिरहेका हुन्छन्। फरक त्यत्ति हो, कति प्रेमिल सम्बन्धहरुले टुक्रिएपछि घृणाको आगो ओकल्छन्। कतिले अन्तिमसम्म पनि मिठो याद बोकेर बस्ने प्रयास गर्छन्।

सम्मान रहेसम्म सम्बन्ध टुक्रिए पनि निमिट्यान्नै हुनेगरी नासिंदैन। सम्मानशून्य सबन्धहरु पनि आशाका त्यान्द्राहरुमा जेलिएर बाँचिरहेका हुन्छन्।

खासगरी श्रीमान–श्रीमतीको जस्तो बलियो सम्बन्ध पनि आखिर किन बिच्छेदको संघारमा पुग्छ? किन टुक्रन्छ? पूर्वीय मान्यताअनुसार त जुनीजुनी सँगै हुनपर्ने दुई आत्माहरु किन एकले अर्कोलाई अति घृणा गर्न पुग्छन्? त्यसका केही निश्चित कारण भने पक्कै हुन्छन्।

एकातिर स्त्री मन हुन्छ र अर्कोतर्फ स्त्री देह। पुरुषको नजरमा यी दुवै कुरा कोमलताका प्रतीक हुन् र कमजोरीका पनि। पुरुषहरु यी दुवैसँग खेल्न रुचाउँछन्। पुरुषहरु भन्नाले समस्त पुरुषवर्ग भन्न खोजेको होइन तर जुन पुरुषले स्त्री कोमलताको महत्व बुझ्दैन ऊ स्त्री तन र मनमाथि बढी नै लापरबाह हुँदै जान्छ।

श्रीमान–श्रीमतीको जस्तो बलियो सम्बन्ध पनि आखिर किन बिच्छेदको संघारमा पुग्छ? किन टुक्रन्छ?

अस्तित्व अवस्थिति मात्र होइन, निजत्व पनि हो। नितान्त निजी विषयमा अति हस्तक्षेपले समेत दुर्घटना निम्त्याउँछ। श्रीमती कसैसँग बोल्दा किन बोलिस्, हाँस्दा किन हाँसिस् भनेर रोक लगाउनु पुरानो कुरा हो। अहिले त समाजिक सञ्जालमा कसैले गरेको कमेन्टमा किन रियाक्ट गरिस् भनेर समेत श्रीमान श्रीमतीबीच मनमुटाव हुने गरेको छ।

जिउ–ज्यानकै असुरक्षा हुन थालेपछि मात्र सम्बन्ध टुक्र्याउने चलन थियो पहिला। महिलाको आत्मसम्मानको कुनै मूल्य नै थिएन। सम्बन्ध पनि कसरी छुट्थे भने एक जनाको अत्याचार सहन नसकेकी महिला आफ्नो लोग्नेलाई छोडेर अर्को पुरुषसँग भाग्नु पर्दथ्यो।

त्यसपछि भने जिन्दगीका अन्य सम्पूर्ण ढोकाहरु बन्दप्राय: हुन्थे। माइतिसँगको सम्बन्धबिच्छेद हुन्थ्यो। आफन्तसँग मुख लुकाएर जीवनपर्यन्त चरित्रहीन भएको आरोप खेप्नु पर्दथ्यो। केवल आत्मसम्मानको लागि मात्र नभई जिउ–ज्यानकै सुरक्षाको लागि विकल्प खोज्दा पनि महिलामाथि चरित्रहीन भएको ट्याग लाग्छ नै।

nimb
nimb
Ncell 2
Ncell 2

पुरुषको हकमा भने उसलाई चरित्रहीन भएको आरोप लाग्दैन किनभने एक जना पुरुषले एउटी मन नपरे अर्की श्रीमती भित्र्याउने पुरानै सामाजिक मान्यता समाजमा अझै विद्यमान छ। “मर्दकी बाह्र वटी” भन्ने मान्यतामा हाम्रो समाज अझै अडिग रहेको छ। कान्छी श्रीमती ल्याएपछि जेठीसँगको सामाजिक सम्बन्ध र दायित्व कायम रहे पनि भावनात्मक सम्बन्ध त्यहीं, त्यतिबेलै सकिन्थ्यो त्यो हाम्रो सामाजिक परिवेश थियो।

महिलाहरु सबल र सक्षम हुँदै जाँदा अनि महिला आफ्नै खुट्टामा उभिन सक्ने भइसक्दा समेत महिलाको सामाजिक प्रगतिमा पुरुषहरु एकरति रमाउन सकेनन्, न आफ्नै श्रीमतीमाथि विश्वास नै गर्न सके।

घर परिवारको सुख र सन्तानको उज्वल भविष्यको खोजीमा परदेसिएका कतिपय दिदीबहिनी परदेश भएकै अवस्थामा सौता व्यहोर्न बाध्य पारिन्छन्। आफैंले कमाएको पैसाले आफूमाथि सौता हालिंदा एक जना महिलालाई पर्ने मानसिक आघात यो समाजले बुझ्न सक्दै सक्दैन।

श्रीमान–श्रीमतीको सम्बन्धबिच्छेद पछाडि छुटेका पात्रहरुलाई हेर्ने सामाजिक नजर बदलिन्छ। पुरुषको हकमा त्यसरी बदलिएको दृष्टिकोणले कति असर गर्छ थाहा भएन, तर सम्बन्धबिच्छेद गरेर एकल भएकी महिलाको जिन्दगीमा त्यस्ता बदलिएका दृष्टिकोण र त्यस्तो दृष्टि बोक्नेहरुबाट आउने प्रतिक्रियाहरु निकै भारी लाग्दछन र मनमा चोट पुर्या्उने किसिमका लाग्दछन्। नचाहँदा नचाहँदै पनि सम्बन्ध टुक्रिएका महिलाप्रति फरक या गलत सोच राख्ने मान्छेसँग बेला बखत जम्काभेट हुनु परिरहेको हुन्छ।

महिलाहरु सबल र सक्षम हुँदै जाँदा अनि महिला आफ्नै खुट्टामा उभिन सक्ने भइसक्दा समेत महिलाको सामाजिक प्रगतिमा पुरुषहरु एकरति रमाउन सकेनन्, न आफ्नै श्रीमतीमाथि विश्वास नै गर्न सके।

मैले विश्वास गरेका र मैले अत्यन्तै सम्मान गरेका एक जना आफन्त थिए। उनलाई म भर अभरमा विस्वास गर्न सकिने नजिकको मान्छे सोच्थें। कार्यक्षेत्र फरक भएर पनि उनी अभिभावक जस्तै थिए मेरा लागि। म यथेस्ट सम्मान गर्थें। एक–दुई पटक भेट पनि भएको थियो। औपचारिक भेटमा मैले आफ्नो हैसियत अनुसार साना–साना उपहार दिएर उनीसँगको भावनात्मक नातालाई बलियो पार्ने प्रयास गरेकी थिएँ।

सामाजिक सञ्जालमा कहीलेकाहीं म्यासेज गर्थे। ढाडस दिन्थे। जिन्दगी यस्तै हो, आत्तिनु हुँदैन एक न एक दिन राम्रो समय आउँछ इत्यादि कुरा गरेर उनले मलाई हौसलाहरु दिइरहन्थे। उनकी श्रीमती र छोरीसँग पनि म निकै घुलमिल भइसकेकी थिएँ। परदेशमा अभिभावकको महत्व कति हुन्छ, त्यो हामी सबैले बुझेकै कुरा हो। उनको व्यक्तित्वमा अभिभावकमा हुनुपर्ने गुण थियो, त्यसैले उनी अन्य पुरुषभन्दा फरक व्यक्तित्व भएका मान्छे हुन् भन्ने कुरामा म विश्वस्त थिएँ।

समय बित्दै जाँदा मेरो निजत्वमाथि विस्तारै उनको व्यवहार र कुराकानी हावी हुँदै जान थाल्यो। कुनै साथीले सामाजिक सञ्जालमा मैले राखेको फोटोमा “राम्री” भनेर कमेन्ट गर्यो। र मैले उसलाई धन्यवाद दिएँ भने म ऊप्रति आकर्षित हुन थालेको बुझाइ मेरा अभिभावकमा पर्दै गयो। उनले मलाई त्यस्ता कुराहरु नोटिस गर्न थाले।

मैले बुझ्न थालें, मेरा अभिभावकको नजरमा म कमजोर महिला मात्र होइन एकल भएको नाताले मलाई आएका कमेन्टहरुमा समेत फरक आसय रहेको बुझ्छन् उनीहरु। मैले राम्री भन्ने कमेन्टको धन्यबाद भन्ने जवाफ दिएँ भने त्यसमा मेरो सम्बन्ध जोडिएको देख्छन् अभिभावक। के सम्बन्धबिच्छेद नगरेको महिला भएको भए त्यसरी जो कसैले मेरा क्रियाकलापहरुमा जीवन नै जोडेर बाच्ने तौरतरिका नै जोडेर मूल्यांकन गर्न सक्थ्यो होला? यो प्रश्न मेरो मनमा जरा गाडेर बस्ने गरेको छ।

अर्को अनुभव अचम्मको छ। एक जना साथी जोडिन आइपुगे सामाजिक सञ्जालमा। कुरा गर्दै गए। प्रवासी बसाइ, एक्लोपन र व्यस्तताले गाँजेको जिन्दगी, प्राय: सबैको पीडा उस्तै नै हुन्छ। उनका कुरा चाखलाग्दा हुन्थे। कहिलेकाहीं म्यासेज गर्थे, फोन गर्थे अनि हामीबीच औपचारिक कुरा हुने गर्थे।

भनिन्छ माइतीको कुकुर पनि प्यारो हुन्छ, त्यस्तै प्रवाशमा नेपाली भनेपछि आफ्नो देशवासीको नाताले सबैभन्दा भरोसाको मान्छे मानिन्छ। नेपालीले नेपालीलाई भरोसा नगर्न पर्ने खास कारण पनि त भेटिंदैन। आम साथी जस्तै उनी पनि सामाजिक सञ्जालका लाइक–कमेन्टमा मसँग घुलमिल हुँदै गए।

न राम्रोसँग बाँच्न पाइने न जिम्मेवारी निभाउनसक्ने भइनेगरी कुनै सम्बन्धले जिन्दगीलाई दोबाटोमा उभ्याइदिन्छ भने आफ्नो अलग बाटो त रोज्नैपर्ने हुँदोरहेछ, चाहे त्यो बाटो अत्यन्तै कठिन किन नहोस्।

एकदिन अचानक ‘तपाईं त सिंगल हैछ है’ भनेर सोधे। मैले हो म सिंगल हुँ भनें। बाँकी पारिवारिक अवस्था उनलाई थाहा भइसकेछ। अनि “ओहो हाम्रो दोस्ती बल्ल जम्नेभयो” भनेर उनले मित्रताको आसय नै परिवर्तन गरिदिए। म अचम्म परेर सोधें, के अहिलेसम्म हाम्रो दोस्ती कमजोर थियो र? उनले त्यसो होइन भन्दै आपसका आवश्यकताहरुको चर्चा गर्न थाले। मलाई अचानक त्यो मान्छेसँग घृणा र ऊसँगको सम्बन्धप्रति नै वितृष्णा जाग्न थाल्यो।

मैले उनलाई म सिंगल भए पनि तपाईं त परिवार भएको मान्छे हो, तपाईंको त घरमा श्रीमती छन् नि भनेर सम्झाएँ। त्यसपछि उनले दिएको जवाफले त्यो मान्छेसँगको मेरो सम्बन्ध मैले सदाको लागि त्यागीदिएँ।

“यहाँ बसुन्जेल त म पनि सिंगल नै हुँ नि” उसको जवाफ यस्तो थियो। मैले सोचें, घरमा श्रीमतीलाई पतिब्रता भएर बस्न दबाब दिने यो मान्छेले मेरो मर्यादाको ख्याल त गरेन गरेन, आफ्नै श्रीमतीको समेत अपमान गर्यो , तसर्थ त्यस्ता मान्छेसँग रहेको ‘हाई हेल्लो’ को सम्बन्धलाई किन निरन्तरता दिनु? जसले आफ्नो सम्मान गर्दैन उसलाई मित्र किन मानिरहनु? मैले सामाजिक सञ्जालमा जोडिएको ऊसँगको सम्बन्ध त्यहीं टुक्र्याइदिएँ। 

तर मलाई थाहा छ, त्यसले दिएको जवाफले मलाई कहीलेकाहीं झकझक्याई रहने छ। किनभने के म एकल नभएको भए त्यो व्यक्तिले त्यसरी मित्रताको आसय नै परिवर्तन गर्ने हिम्मत गर्थ्यो होला? यो पनि मेरो मनमा डेरा जमाएर बसेको अर्को अनुत्तरित प्रश्न हो। अथवा सम्बन्धबिच्छेद भएका तमाम जिन्दगीमा समय समयमा आइपरिरहने तर देख्न नसकिने अँध्यारो पाटो हो।

श्रीमान र श्रीमतीबीचका सम्बन्धहरु मात्र टुक्रिएका छैनन् दुनियाँमा। विचार गरौं त सानासाना असमझदारीले गर्दा कति मिठामिठा सम्बन्धहरुलाई तिलान्जली दिइरहेका हुन्छौं हामी। श्रीमान–श्रीमती छुट्टिंदा बाबुजस्तै ससुरासंगको सम्बन्धको अन्त्य भएको हुन्छ। आमाजस्तै सासुसँगको ममतासँग टाढिनु परेको हुन्छ। दाजुभाइ जस्तै देबर–जेठाजु अथवा साला–जेठानसँग कहिल्यै मुखमै हेर्न नपर्ने जस्तो गरेर सम्बन्ध समाप्त पार्नु परिरहेको हुन्छ। नन्द–आमाजु देउरानी–जेठानी, भान्जा–भान्जी लगायत पुस्तौंपुस्तासम्मका नाताहरु चटक्कै छोडेर सम्बन्ध टुक्रा पार्नु सानो निर्णय होइन।

तर यी तमाम नाता र सम्बन्धमाथि ‘जिन्दगी’ हुन्छ। सम्मानपूर्वक बाँच्न पाउने आफ्नो जिन्दगीमाथि केवल आफ्नो अधिकार हुन्छ। जिन्दगी रहे जिम्मेवारी जति पनि निभाउन सकिने रहेछ। न राम्रोसँग बाँच्न पाइने न जिम्मेवारी निभाउनसक्ने भइनेगरी कुनै सम्बन्धले जिन्दगीलाई दोबाटोमा उभ्याइदिन्छ भने आफ्नो अलग बाटो त रोज्नैपर्ने हुँदोरहेछ, चाहे त्यो बाटो अत्यन्तै कठिन किन नहोस् अथवा एक्लै यात्रा गर्न पर्ने किन नहोस्।


 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग सोमबार, वैशाख ७, २०८३
नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्