• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीका मुद्दा : आफैंले बनाएको दलदलमा भासिंदै नेकपा

64x64
नेपाल लाइभ बिहीबार, माघ ३, २०७५  ११:५२
1140x725

२०७३ साल वैशाख १९ गते ‘अख्तियारको ऐना’ शीर्षकमा मेरो लेख प्रकाशित भयो। केही दिन अगाडि लोकमानसिंह कार्कीले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार अबेर पारेर पक्रेका थिए। अघिल्लो साल शम्भु थापाको ल फर्ममा छापा मार्ने र ज्योति बानियाँमाथि भ्रष्टाचारको मुद्दा हाल्ने काम गरेपछि आफ्ना ‘हाइ प्रोफाइल’ आलोचकहरुमाथि लोकमानले बोलेको त्यो तेस्रो धावा थियो।

देशमा मसानघाटको जस्तो सन्नाटा थियो। पत्रकार महासंघ लगायत मिडियासम्बद्ध कथित पेशागत संगठनहरु गुमनाम थिए। वरिष्ठ विश्लेषक बनेर अन्तर्राष्ट्रिय मिडियामा टिप्पणी गर्न तम्सिने मानिसहरु मुख टालेर बसेका थिए। बरु भारत र बंगलादेशका लेखक र पत्रकारले आपत्ति जनाउँदा नेपालमा राज्यको एउटा अंगको नाजायज आक्रमणमा परेका लेखक–पत्रकारका पक्षमा बोल्ने मानिस भेट्न गाह्रो भएको थियो। ०६२।०६३ को आन्दोलनताका पार्टीका शीर्ष नेताहरुलाई दर्शकदीर्घामा राखेर लोकतन्त्रबारे पढाउने ल्याकत र विश्वसनीयता बोकेको नागरिक अभियान छिन्नभिन्न भएको थियो।

पार्टीका नेताहरु त चुँ गर्ने कुरै भएन। पहिलो कुरा उनीहरु आफैंले लोकमानलाई पदमा पुर्या एका थिए। दोस्रो, जो बोल्यो, ऊ लोकमानको तारो हुने निश्चित थियो। यसै पनि लोकमान ‘ब्ल्याकमेलिङ’को कलामा विद्यावारिधि गरेसरह थिए। कतिसम्म भने नेपाल साप्ताहिकले कभर स्टोरी नै गरेर कसरी लोकमानले बाँकी आयुक्तहरुलाई गुमराहमा पारेर ‘पार्टीहरुका नेता र कार्यकर्तासमेत’ ४ सय ९५ जनामाथि गोप्य छानविन गर्न राष्ट्रिय अनुसन्धान विभागलाई दुरुपयोग गरेका थिए भन्ने कुरा बाहिर ल्याउँदा समेत पार्टीका नेताहरु एक शब्द बोल्न सकेका थिएनन्।

लोकमानविरुद्ध यावत प्रमाणहरु बाहिर आएको त्यसको केही महिनापछि डा केसीको आठौं अनसनको बेलामा मात्रै हो। त्यतिखेरसम्म आलोचकको मुख थुन्न ज्यादतीपूर्ण रुपमा अख्तियार संस्थाको दुरुपयोग गर्दै उनीहरुमाथि जाइलागेको बाहेक उनीमाथि आरोप लगाउने ठोस वा प्रत्यक्ष प्रमाण थिएनन्। आलोचकहरुलाई जेलै हाल्ने लोकमानको हरकतपछि समेत त्यो काममा प्रश्न उठाएर मिडियामा जम्मा दुई सामाग्री आएका थिएः कान्तिपुर दैनिकको एउटा पेचिलो सम्पादकीय र सेतोपाटीमा सम्पादकको ‘भय र प्रतिशोधको छायाँ’ शीर्षक उत्तिकै पेचिलो आलेख।

तर मेडिकल शिक्षामा उनले गरेको हस्तक्षेपका प्रशस्त अप्रत्यक्ष प्रमाणहरु त्यतिबेलै थिए। त्यसैले दीक्षित पक्राउ प्रकरणको विरोधमा त्यतिखर मिडियामा आएको तेस्रो सामाग्री विस्तारित थियो र त्यसमा मैले लोकमानविरुद्ध यस्ता आरोपहरु लगाएको थिएँ: १) अख्तियार दुरुपयोग गरेको २) आफ्नो पदलाई दण्डहीनताको लाइसेन्स मानेको ३) आफूलाई कानुनभन्दा माथि राखेर पदीय शक्ति दुरुपयोग गर्दै व्यक्तिगत र पारिवारिक स्वार्थ पूर्ति गरेको ४) आम नागरिकको हितमा इमान्दारीपूर्वक कर्तव्य निभाउने व्यक्तिहरुलाई आतंकित गरेको ५) लाखौं र करोडौं नागरिकहरुको स्वास्थ्य जोखिममा पारेको ६) नागरिकप्रति आफ्नो जिम्मेवारीप्रति गद्दारी गरेको।   

वैधानिकताका कुरा गर्ने हो भने ‘फ्री एन्ड फेयर’ चुनावमा प्रस्ट बहुमत ल्याएर बनेको सरकार हो। यसको आफ्नै अक्षमताका कारण आम मानिसमा सिर्जित दिग्भ्रमबीच अहिले वाम र दक्षिणपन्थी अतिवादीहरु प्रणालीलाई नै असफल पार्न चलखेल गरिरहेका छन्।

यी आरोप पुष्टि गर्न यावत् उदाहरण दिँदै उनले अदुअआलाई ‘अख्तियार दुरुपयोग प्रवर्द्धन तथा संरक्षण आयोग’ बनाएको गम्भीर आरोप मैले लगाएको थिएँ। साथै त्यो लेखमा मैले त्यसबेला अख्तियारको दशाबारे एउटा अर्को टिप्पणी पनि गरेको थिएँ:  लोकमान नेतृत्वको अख्तियार समाज र देशका लागि ‘अटोइम्युन’ रोगजस्तो भयो। त्यो यस्तो रोग हो जहाँ बाह्य तत्व र किटाणुहरुमाथि आक्रमण गर्नुपर्ने रोग प्रतिरोधी प्रणालीले शरीरकै कुनै हिस्साविरुद्ध काम वा आक्रमण गर्छ र व्यक्तिलाई रोगी बनाउँछ। उपचार नगरौं शरीरभित्रै आत्मघाती प्रक्रिया चलिरहेको छ, उपचार गरौं, रोग प्रतिरोधी प्रणाली प्रभावित भएर बाह्य किटाणुहरु आएर शरीरमा संक्रमण गर्छन्। हामी अभियन्ताको हालत त्यस्तो रोगको उपचार गर्ने डाक्टरको जस्तै थियोः केही नगरौं भने भ्रष्टाचार र दण्डहीनतारुपी रोगले समाजलाई सिध्याउँदै जाने, लोकमानजस्ता मानिसको निन्दा गरौं भने अख्तियारजस्तो संस्थाकै नुर गिर्ने।

अहिले सत्तारुढ नेकपालाई आलोचना गरिरहँदा मनको कुनै तहमा त्यस्तै द्विविधा उत्पन्न हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

वैधानिकताका कुरा गर्ने हो भने ‘फ्री एन्ड फेयर’ चुनावमा प्रस्ट बहुमत ल्याएर बनेको सरकार हो। यसको आफ्नै अक्षमताका कारण आम मानिसमा सिर्जित दिग्भ्रमबीच अहिले वाम र दक्षिणपन्थी अतिवादीहरु प्रणालीलाई नै असफल पार्न चलखेल गरिरहेका छन्। त्यस हिसाबले यो सरकारको सफलता हाम्रो गणतान्त्रिक व्यवस्थालाई सफल पार्न आवश्यक पनि छ। नेकपाभित्र भद्रगोल भएर पार्टी अस्तव्यस्त भयो र आफ्नै वजन थाम्न सकेर यो पार्टी गार्ल्यामगुर्लुम भयो भने त्यसको मूल्य देशले नै चुकाउनुपर्ने अवस्था छ अब कम्तीमा पाँच वर्षसम्म।

तर त्यसो भनेर सहानुभुति राखौं भने आफ्नै र देशको खुट्टामा बन्चरो हान्ने काम सत्तारुढ पार्टी आफैंले गरिरहेको छ। 

डा केसीको अघिल्लो अनसनका बेला अस्पतालमा छापामार शैलीमा आक्रमण गर्नुको कुनै तुक थिएन। स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि सत्याग्रहरत मानिसबारे आफैंले अनेक षड्यन्त्रका सिद्धान्तहरु आविष्कार गरेर आफैं घेराबन्दीमा परेको महसुस गर्नु पनि आवश्यक थिएन। जसले डा केसीको अभियानबारे अनेक अफवाहहरु फैलाएर उहाँका माग पूरा गर्नको सट्टा दमन गर्नुपर्छ भनेर सरकारलाई तीन हप्तासम्म विश्वस्त पारे, शायद उनीहरुको स्वार्थ त पूर्ति भयो होला तर सरकारका लागि ती तीन हप्तामा आफूले लिएको अडान दलदल सावित भयो। देशभरबाट डा केसीलाई समर्थन मिलेपछि ऊ सम्झौता गरेर दलदलबाट बाहिर निस्कन बाध्य भयो। तर तबसम्म सरकारको छविमा उल्लेख्य क्षति भइसकेको थियो। कुनै बेला चट्टानी दृढता भएको जस्तो लाग्ने दुई तिहाइको सरकार एकाएक वैरीहरुले घेरिएको हीनताभावले ग्रस्त जस्तो देखिएको थियो।

झन्डै एक महिनाको माथापच्चीपछि जुन सम्झौता सरकारले गर्‍यो, त्यसलाई सम्झौता भएको तीन दिनभित्र सहजै कार्यान्वयन गर्न सकिन्थ्यो। त्यतिबेला संसदको अधिवेशन चलिनै रहेको थियो। नेकपाको संसदीय दलका नेता तथा प्रम ओलीको एक निर्देशनको भरमा संसदको पूर्ण बैठकबाट सम्झौताअनुसारको संशोधन गरेर चिकित्सा शिक्षा ऐन पारित हुन्थ्यो। त्यसपछि ऐन अन्तर्गत चिकित्सा शिक्षा आयोग बनाएर अब यो क्षेत्रमा थाँती रहेका धेरै कामहरु भइसक्ने थिए। काठमाडौं बाहिर वर्षौंदेखि मनसायपत्र लिएर अलपत्र परेका प्रस्तावित मेडिकल कलेजहरुकै व्यवस्थापन गर्ने काम धेरै अघि बढिसक्थ्यो।

त्यो एक महिनाको अवधिमा सरकारको छविमा कति चोट पर्‍यो, सरकार र व्यवस्था विरोधीहरुले कति खुराक पाए भन्ने पूरै बिर्सेर सरकारले सम्झौता कार्यान्वयनको जिम्मेवारीबाट पन्छियो। खै किन हो, उसलाई निकट विगतको अनुभवका बाबजुद पनि अघि बढ्ने रचनात्मक बाटोभन्दा पछि फर्कने षड्यन्त्रका सिद्धान्तहरुले भरिएको दलदल नै प्रिय भयो। 

विधेयक संसदीय समितिमा पुर्या इएपछि यसअघिको संसदीय समितिमा जति नाटकहरु मञ्चन भएका थिए, ती पुनः दोहोरिए। अनेक किसिमका छलफल भएका भनियो। तर परिणाम आउने बेला त्यो सरकारले हस्ताक्षर गरेको सम्झौताको मूल मर्मको प्रतिकुल भयो। छलफलका ठाउँमा छलछाम भएको देखियो।

अनि दोहोरियो डा केसीको सत्याग्रह।

सरकार अहिले पनि पहिलेझैं बिलखबन्दमा छ। उसको बचाउ गर्नेहरुले अनेक षड्यन्त्रका सिद्धान्तहरुको खेती गरिरहेका छन्। अघिलोपल्ट डा केसीको आन्दोलनलाई जबर्जस्ती कांग्रेससित जोड्दा कसरी डा केसीको छवि धमिलिनुको सट्टा उल्टै असान्दर्भिकताको किनारमा पुगेको कांग्रेस बौरिएको थियो भन्ने बिर्सेर अहिले पनि त्यही अभ्यास जारी छ। सत्तारूढ दलले यो मुद्दामा आफ्नो अकर्मण्यताको बचाउ गर्न जसलाई खटाएको छ, तिनले सरकारमा हुनेहरुलाई अहिले थप दिग्भ्रमित पारिरहेका छन्। दिग्भ्रम गहिरिएसँगै सरकार पहिलेकै दलदलमा झन्झन् फस्दै गइरहेको छ। 

त्यो दिग्भ्रमबाट सरकार बच्न चाहन्छ भने यो प्रकरणसँग सम्बन्धित तथ्यहरुका यी बुँदा उसका लागि सहयोगी हुन सक्छन्ः

१) अघिल्लोपल्ट प्रम ओलीको सक्रियतामा यही सरकारले सम्झौता गरेको हो। आम मानिसको जस्तै प्रधानमन्त्री तथा सत्तारुढ दलको संसदीय दलको नेताको पनि इमान हुन्छ। व्यक्तिको जस्तै संस्था र सरकारको पनि इमान हुन्छ। त्यो इमान राखिराख्नु भनेर कसैले सिकाउनु पर्ने कुरा हैन।

अघिल्लोपल्ट प्रम ओलीको सक्रियतामा यही सरकारले सम्झौता गरेको हो। आम मानिसको जस्तै प्रधानमन्त्री तथा सत्तारुढ दलको संसदीय दलको नेताको पनि इमान हुन्छ। व्यक्तिको जस्तै संस्था र सरकारको  इमान हुन्छ। त्यो इमान राखिराख्नु भनेर कसैले सिकाउनु पर्ने होइन।

२) संसदको शिक्षा तथा स्वास्थ्य समितिले सम्झौताको प्रतिकुल विधेयक अघि बढाउनुको जड मेडिकल कलेजहरुलाई सम्बन्धन दिइहाल्नु पर्ने दबाब हो। सम्बन्धनबारे सांसदहरुको बुझाइ र नियतमध्ये एक वा दुवै गोलमाल भएको देखिन्छः आसयपत्र भनेको सम्बन्धन दिने ग्यारेन्टी हैन। आसयपत्र लिने, पूर्वाधार नपुर्‍याए उनेले सम्बन्धन पाउँदैनन्, पाउनु हुँदैन। आसयपत्र कुनै खास विश्वविद्यालयका लागि भनेर दिइने पनि हैन।

३) हाल भएका त्रिवि र काविले थप सम्बन्धन दिन नसकिने भनेर बारम्बार संस्थागत रुपमै निर्णय गरिसकेका छन्। काविले त्यसो भनिसकेपछि लोकमानसिंह कार्कीले जबर्जस्ती दुई मेडिकल कलेजको भार उसलाई बोकाइदिइसकेका छन्। दुवै विश्वविद्यालयको अवस्था विस्तृत बुझेरै माथेमा कार्यदलले एक विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिन रोक लगाएको हो। किन्तु–परन्तु लगाएर त्यो प्रावधानमा लगाइने कुनै पनि अंकुश राखेर ल्याइने ऐनले सुधारको मर्म बोक्न सक्दैन।

४) सम्झौता अनुसार ऐन ल्याउँदा काठमाडौंबाहिर नयाँ मेडिकल कलेज खोल्न रोकिंदैन, खाली ढिलो हुन्छ। त्यसका लागि या त आइओएम लगायत अहिले भएका विश्वविद्यालयका आंगिक कलेज खोल्नुपर्छ, या नयाँ विश्वविद्यालयमा आंगिक कार्यक्रम चलाएर तिनबाट सम्बन्धन दिनुपर्छ। समय लागे पनि अब मेडिकल कलेज खोल्ने एक मात्रै उपाय यही हो। स्वास्थ्य सेवा र मेडिकल शिक्षा विकेन्द्रीकरण गर्ने गजब उपाय पनि हो त्यो।

५) अहिले चिकित्साका लागि हजारौं विद्यार्थी विदेश गएर अरबौं रकम बाहिरियो भन्ने कुरा साँचो हैन। डा केसीको अभियानका कारण विद्यार्थी बाहिर जान प्रवेश परीक्षा अनिवार्य गरेपछि त्यसरी बाहिरिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार यो वर्ष ५ सय हाराहारी विद्यार्थीले एमबिबिएस र बिडिएस पढ्न विदेश जाने अनुमति लिएका छन्। तर त्योभन्दा ठूलो संख्यामा अहिले नेपालमा विदेशी विद्यार्थी अध्ययनरत पनि छन्। नेपालकै मेडिकल कलेजहरुले दादागिरी र माफियागिरी गरेर अतिरिक्त अवैध शुल्क नलिने हो भने विदेश जाने विद्यार्थी अझ घट्छन् र यहाँ सिट भर्न प्रवेश परीक्षा नै नदिएका विद्यार्थी भर्ना गर्न पनि आवश्यक हुँदैन।

यी तथ्यबाट जति पर पुगेर गरिने प्रोपागान्डालाई सरकारले पत्याउँछ, अवस्था उति नै बिग्रेर जाने निश्चित छ। त्यसले डा केसीको स्वास्थ्यलाई त जोखिममा पार्छ नै, सरकारलाई अहिले आफू फसेको दलदलको झनै गहिरो भागमा पुर्‍याउँछ। सरकार जति छिटो त्यो दलदलबाट बाहिर निस्कन्छ, सत्तारुढ पार्टी र देशलाई उति नै कम क्षति पुग्छ। आशा गरौं धेरै ढिला नहुँदै यो कुरा सरकारमा वा सरकार निकट हुने साथीहरुले महसुस गर्नेछन्।
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्