• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अलिकति समय दिनुस्, विश्वास मर्न दिँदैनौं : मिलन पाण्डे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  २१:१८
1140x725

विवेकशील नेपाली र साझा पार्टीबीच एकता भएर विवेकशील साझा गठन भएको डेढ वर्षमै फुटेको छ। वैकल्पिक राजनीतिको वकालत गरिरहेको दलभित्र त्यसबारेको बुझाइ नै फरक परेको भन्दै पूर्व विवेकशील दलबाट प्रतिनिधित्व गरेको एउटा समूहले आज निर्वाचन आयोगमा बेग्लै दलका लागि निवेदन दिएका हुन्।

छोटो समयमै पार्टी फुटको कारण के हो? अबको बाटो कस्तो हुन्छ? लगायतका विषयमा निर्वाचन आयोगमा निवेदन दिने समूहमध्येका एक मिलन पाण्डेसँग किशोर दहालले गरेको कुराकानीः

एकता भएको डेढ वर्ष नबित्दै पार्टी विभाजन भयो। किन?
हामीले वैकल्पिक र सुसंस्कृत राजनीति गर्न भनेर एकता गरका थियौं। डेढ वर्षको दौरान वैकल्पिक र सुसंस्कृत राजनीतिप्रतिका हाम्रा बुझाइ नै फरक रहेछन्।

यो हामी दुवै पक्षमा महसुस भयो। त्यसैले एकैठाउँ बसेर वैकल्पिक राजनीति गर्न सकिँदैन भन्ने लाग्यो। हामी छुट्टिएर राजनीति गर्दा नै हामीले पनि राम्रोसँग काम गर्न सक्ने र उहाँहरुले पनि राम्रोसँग काम गर्न सक्ने भएकाले हामीले छुट्टिने निर्णय गरेका हौं।

वैकल्पिक र सुसंस्कृत राजनीतिप्रतिको बुझाइ नै फरक रहेको भन्नुभयो। कस्तो फरक हो?
गराई र बोलाईमा फरक भएको हो। हामीले मूल्यमान्यताको राजनीति भन्यौं। हामीले इमानदारिता र पारदर्शिता भन्यौं, तर त्यसलाई व्यवहारमा लागू गर्न सकेनौं। त्यसरी व्यवहारमा लागू गर्न नसक्दाखेरि भोलि सत्तामा पुगे पनि हामीले ‘डेलिभर’ गर्न सक्नेछैनौं। अहिले चलिरहेको परम्परागत राजनीति जुन छ, विवेकशील साझा पनि त्यही बाटोमा हिँडिरहेको महसुस भयो।

उदारहणका लागि, पार्टीका एकजना सदस्य उज्वल थापाले पार्टी गलत दिशामा छ भनेर दस्तावेज निकाल्छन्। पार्टी सदस्यलाई दिन्छन्। त्यसलाई छलफल गराउँछन्। त्यसपछि संयोजन समितिको बैठक बस्छ। त्यहाँ थापाले संयोजन समितिमा होइन, केन्द्रीय समितिमा छलफल गरौं भन्छन्। तर, संयोजन समितिमा उज्वल थापाको दस्तावेज छलफलको एजेन्डा बन्दैन। बरु ६ जना केन्द्रीय सदस्य थप्ने एजेन्डा राखिन्छ। विभागहरु भंग गर्ने राखिन्छ। कतै हामी फोहोरी खेलमा भासिँदै त छैनौं भन्ने लाग्यो।

हामी वैकल्पिक संगठन बनेर भोट ल्याएर दुई/चार जना मन्त्री बन्नका लागि राजनीतिमा लागेका होइनौं। देशको राजनीति बदल्न चाहन्छौं। वैकल्पिक संगठन हुने होइनौं, वैकल्पिक राजनीति गर्न चाहन्छौं। वैकल्पिक संगठन त बन्ला, तर वैकल्पिक राजनीति गर्न सक्दैनौं, गर्दैनौं, ट्र्यापमा पर्छौं भन्ने महसुस भयो। त्यसैले हामी छुट्टियौं।

यस्ता असमझदारी त बिस्तारै छलफल गरेर मिलाउँदै जान सकिन्थ्यो होला नि होइन?
हामीले प्रयास गरेका हौं। सक्दो प्रयास गरेका हौं। तीन महिनादेखि प्रयास गरेका थियौं।

nimb
nimb
Ncell 2
Ncell 2

एकथरि थिए, जसले तपाईंहरुलाई राजनीति गरिखाँदैनन् भनेर अविश्वास गरिरहन्थे। उनीहरु पो खुसी हुने भए त?
यो हाम्रो लागि चुनौति हो। हामीले काम गरेर देखाउन सक्नुपर्छ। पहिले भन्दा गाह्रो छ, तर जसले काम गर्न सक्छ, उही स्थापित हुन्छ। त्यो स्वभाविक हो।

तर तपाईंले भनेको कुरा जायज नै हो। अहिलेको अवस्थामा आम जनता, मतदाता, जसले हामीलाई साथ दिनुभयो, उहाँहरुलाई दुःख लाग्छ। उहाँहरुलाई म व्यक्तिगत रुपमा र नयाँ बन्ने पार्टीको तर्फबाट के विश्वास दिलाउन चाहन्छु भने उहाँहरुलाई सम्मान गर्न नै हामी यो अवस्थामा आएका हौं।

तपाईंलाई पहिलेदेखि नै साथ दिँदै आएको समूहलाई यो फुटले निराश बनाउँछ होला। के भन्नुहुन्छ?
यसलाई एउटा संघर्षको रुपमा हेरौं। हामीले पद नपाएर वा अन्य स्वार्थ भएर फुटेका होइनौं। वैकल्पिक राजनीतिप्रति हाम्रो बुझाइ फरक छ। भनाइ फरक छ। गर्न खोजेको कुरा फरक छ। यसकारण हामी फुटेका हौं। हामीलाई अलिकति समय दिनुस्, तपाईंहरुको विश्वासलाई मर्न दिँदैनौं। हामीलाई सावित हुनको लागि केही समय लाग्छ। हाम्रा सुभेच्छुकसँग केही समय माग्न चाहन्छौं।

तपाईंहरुको अबको राजनीति कस्तो हुन्छ? तपाईंहरुले भन्ने गरेको वैकल्पिक राजनीतिको ढाँचा कस्तो हुन्छ?
एक शब्दमा भन्दा सुसंस्कृत राजनीति हुन्छ। त्यो भनेको गराई र बोलाई एउटै हुन्छ। जे भन्छौं, त्यही गर्छौं। जे गर्छौं, त्यतिमात्र बोल्छौं। हामी एकदमै हावामा उडाउने सपना बाँड्दैनौं। साना-साना समस्यामा ध्यान दिन्छौं। अहिले हामीले साधारण मानिसको जीवनलाई छुन सकिरहेका थिएनौं।

अब हामी आम साधारण मानिसको जीवनमा थोरै भए पनि परिवर्तन ल्याउने काम गर्छौं। ठूलो पार्टी भएर केही गर्न नसक्नुभन्दा सानो पार्टी भएर सानै काम गरेर अगाडि बढ्छौं। अभियान चलाउँछौं, देशभर संगठन बनाउँछौं।

तपाईंहरु एकै ठाउँमा हुँदा ठूलो राशीमा सहयोग जुटाइएको थियो। देश-विदेशमा रहनुभएका धेरैले तपाईंहरुलाई विश्वास गरेर सहयोग गरेका थिए। त्याे रकम के हुन्छ?
त्यो विवेकशील साझालाई दिइएको हो। त्यो निर्वाचन आयोगले फैसला गर्छ। हामीलाई ज-जसले सहयोग गर्नुभएको थियो, नैतिकताको आधारमा उहाँहरुलाई सोध्नु त पर्छ। त्यसपछि नाम के हुन्छ, चुनाव चिह्न के हुन्छ, पार्टी कार्यालय के हुन्छ भन्ने कुरा निर्वाचन आयोगले निर्धारण गर्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्