Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाघ : बढ्यो संख्या, बढेन आहारा 

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  १५:१२
1140x725

बाँके-  बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन। वि सं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ बाघ छन्। बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मे-हम्मे छ। 

बाघको सङ्ख्याका तुलनामा यसले आहारा बनाउने जनावरहरू नबढ्दा दीर्घकालीन रूपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न पुगेको छ। 

निकुञ्जले चोरी शिकारी अन्त्य गरी बाघको सङ्ख्यामा वृद्धि गर्न सफल भएको छ। अब भने निकुञ्जसामु बाघको आहारा वृद्धि गर्ने चुनौती आइपरेको छ। यसका लागि बाघको आहारा हुने जनावरको संख्या वृद्धि र संरक्षणमा लाग्नु जरुरी छ। कुल ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशतभन्दा बढी क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल। 

यो क्षेत्रमा घाँसे मैदानको कमी छ। बाघलगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ। प्रतिबाघ १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रफलको सिमाना रहन्छ। यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउने पानीका स्रोतसमेत अपर्याप्त छ। बाघले आहारा बनाउने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको संरक्षणकर्मीहरू बताउँछन्। 

बाघको आहारा हुने जनावरहरु घाँसमा निर्भर हुने हुँदा यस्ता जनावरको संरक्षणका लागि घाँसे मैदानको समेत व्यवस्थापन जरुरी रहेको संरक्षणकर्मी हेमन्तराज काफ्ले बताउँछन्। 

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोग्रामसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छ। पछिल्लो गणनामा भेटिएका २ सय ३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, आसपासका वन क्षेत्र र जैविक मार्गमा छन्। 

बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेललगायतका वन्यजन्तुको सङ्ख्या पनि सोहीअनुसार वृद्धि भएमा आहारा शृंखलामा मद्दत पुग्ने संरक्षणकर्मी काफ्लेले बताए। 

विभिन्न कारणले बासस्थान र आहारामा सङ्कुचन हुँदा दुर्लभ पाटेबाघ सङ्कटमा पर्ने सम्भावना रहने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरीले बताए। उनले भने, 'मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ। घाँसे मैदान नभएर आहारा पनि घट्दाको अवस्थामा बाघको बासस्थानलाई संरक्षण गर्नुपर्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

बासस्थान र आहारा बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने चौधरीको ठम्याइ छ। 'अहिलेको अवस्थामा बाघले आहारा बनाउने जनावरको संरक्षण गर्नु पहिलो दायित्व हो। बाघले वातावरण जोगाउने भएकाले अनावश्यक रूपमा भइरहेको वन विनाश रोक्न जरुरी छ,' उनले भने। 

वन विनाशले बाघको बासस्थान सङ्कटमा पार्ने र बाघको आहारा लोप हुने खतरा रहने भएकाले बाघ जोगाउन चुनौती रहेको उनले बताए। बाघको आहारा प्रजातिमा चित्तल, लगुना, बँदेल, रतुवालगायतका जनावर पर्दछन्। 

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोग्रामसम्म मासु खाने गर्छ। जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ। त्यतिकै मात्रामा उसलाई दिनँहु पिउने पानीको आवश्यकता पर्दछ। 

निकुञ्जभित्र पानी र आहाराको कमी हुँदा निकुञ्जका बाघ मानव बस्तीमा प्रवेश गर्न सक्ने खतरा बढ्छ। जङ्गलमा सहजै शिकार नपाउँदा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहने अध्यक्ष चौधरीले बताए। 

Xtrem

Xtrem

मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, नीलगाई, लङ्गुर, बाह्रसिङ्गे, चौका, बाँदर खान रुचाउँछ। बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातिका जनावर र चित्तल धेरै छन्। सन् २०१८ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या २ सय ३५ छ। 

आहाराको अवस्था 
सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातिको सङ्ख्या घटेको पाइएको छ। बाघको आहारा प्रजातिको घनत्वका आधारमा लिइएको तथ्याङ्कमा बर्दियामा सबैभन्दा बढी आहारा भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ। २०१८ मा सार्वजनिक गरिएको बाघ गणनाको प्रतिवेदन अनुसार आहारा प्रजातिको घनत्वमा प्रतिवर्ग किलोमिटरका हिसाबमा आहारा प्रजाति निकालिएको थियो। 

आहारा प्रजातिको सर्वेक्षण ‘लाइन ट्रान्जेक्ट’ विधिबाट गरिएको थियो। सर्वेक्षण अनुसार बर्दियामा एक वर्ग किलोमिटर क्षेत्रमा ७७ वटा बाघका आहारा भेटिएका थिए। यसअघि सन् २०१३ को गणनाका क्रममा एक वर्ग किलोमिटर क्षेत्रमा त्यहाँ ९३ वटा बाघका आहारा भेटिएका थिए। बर्दियामा अन्य निकुञ्जको तुलनामा आहारा प्रजाति बढी रहेपनि अघिल्लो तथ्याङ्कका तुलनामा कमी आएको हो। 

बर्दियामा अहिले ८७ वटा वयस्क बाघ छन्। 

यसअघि सन् २०१३ मा गरिएको गणनामा त्यहाँ ५० वटा बाघ थिए। आहाराको तुलना गर्दा चितवनमा पनि बर्दियापछि आहारा प्रजातिको अवस्था राम्रो छ। चितवनमा प्रतिवर्ग किलोमिटर करिब ७१ वटा आहारा प्रजाति पाइएका थिए। यसअघिको गणनाका क्रममा एक वर्ग किलोमिटरमा ७४ वटा आहाराका प्रजाति थिए। त्यहाँ १ सय २० बाट घटेर पछिल्लो गणनामा ९३ वटा बाघको आहारा गणना गरिएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा १६ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ६८ वटा आहारा पाइएका छन्। यसअघिको गणनामा १७ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ७९ वटा आहारा पाइएका थिए। यहाँ पनि आहारा प्रजाति घटेको देखिएको छ। पर्सा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको एक वर्ग किलोमिटरमा क्रमशः २२ र ८ वटा आहारा प्रजाति पाइएका छन्।
 
पर्सामा यसअघि २५ वटा र बाँकेमा यसअघि १० वटा आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा गणना गरिएको थियो। पर्सामा अघिल्लो गणनामा सात वटा बाघ रहेकामा अहिले १८ वटा बाघ छन्। यसअघि चार वटा बाघ रहेकामा बाँकेमा पछिल्लो बाघ गणनाअनुसार २१ वटा पुगेको निकुञ्जले जनाएको छ। 

विभागको प्रतिवेदनअनुसार पर्सामा बँदेल, मृग, नीलगाई र गौरीगाई बाघका मुख्य आहारा हुन्। यसैगरी, चितवन र बाँकेमा विभिन्न मृग प्रजाति, बँदेल, हरिण र चित्तल बाघका आहारा छन्। बर्दियामा लङ्गुर, चौका मुख्य आहारा र शुक्लाफाँटामा बाह्रसिङ्गे, चित्तल, बँदेल मुख्य आहारा रहेको पाइएको छ। 

संरक्षणकर्मीका अनुसार पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा बाघ महत्वपूर्ण रहेकाले त्यसको संरक्षणमा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ। 'बाघ संरक्षणमा थुप्रै चुनौती छन्,' संरक्षणकर्मी काफ्लेले भने, 'बासस्थानको खण्डीकरण, सङ्कुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी, अवैध व्यापार तथा रोगव्याधिजस्ता चुनौती एकातिर छन् भने यसको आहारा प्रजातिमा आएको कमी अर्को चुनौती हो।' 

राष्ट्रिय निकुञ्ज तथा तराईका जङ्गलहरू बाघका लागि राम्रा बासस्थान रहेकाले इकोसिस्टममा सुधार र पर्याप्त आहाराको व्यवस्था गर्न सरकारले अभियान नै थाल्नुपर्ने काफ्लेको भनाइ छ। यी सबै व्यवस्था हुन सके बाघको सङ्ख्या दोब्बर हुँदा पनि बासस्थानको समस्या नहुने काफ्लेको तर्क छ। 

आहारा संरक्षणमा सरकारी प्रयास 
सरकारले वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनका लागि पोखरी निर्माण गर्न ६ करोड रुपैयाँ रकमान्तर गरी यसअघि सात वटै प्रदेश सरकारको नाममा पठाइसकेको छ। अर्थ मन्त्रालयले मङ्सिर महिनामा बजेट रकमान्तर गरी सात वटै प्रदेश सरकारलाई उपलब्ध गराएको हो। 

सरकारको नीति तथा कार्यक्रममा चुरे क्षेत्रमा वर्षाको पानी संरक्षण र पोखरी निर्माण गर्ने उल्लेख छ। सोहीअनुसार वन्यजन्तुको प्रयोजन र वन डढेलो नियन्त्रण गर्न सरकारले चालु आर्थिक वर्षमा देशभर एक हजार ७८ वटा पोखरी निर्माण गर्ने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७९/८० सम्म यस्ता पोखरीको सङ्ख्या ३ हजार ४०० पुर्‍याउने सरकारको लक्ष्य छ। 

अर्थ मन्त्रालयका अनुसार वन्यजन्तु तथा डढेलो नियन्त्रणको लागि जङ्गलमा पोखरी निर्माण गर्न सबैभन्दा ठूलो रकम प्रदेश २ लाई उपलब्ध गराएको छ, रु १ करोड ४४ लाख। त्यसपछि ठूलो रकम प्रदेश ५ लाई उपलब्ध गराइएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्