• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेसबुक हेडक्वार्टरमा नेपाली अस्तित्व

64x64
नेपाल लाइभ शनिबार, पुस १४, २०७५  १०:५८
1140x725

काठमाडौं- अमेरिकाबाट छोटो बिदा लिएर अस्तित्व दवाडी नेपाल फर्किएका थिए। उनको एकदिन मामासँग भेट भयो। धेरैपछि भेट भएको मौकामा मामाले सोधे, ‘भान्जा युएसमा के गर्दैछौ?’

उनले भने, ‘म फेसबुकमा काम गर्छु मामा।’

एकछिन त मामाले बुझेनन्। पुनः प्रश्न गरे, ‘अरे, फेसबुकमा के काम गर्छौ र!’

‘फेसबुकको हेडक्वार्टरमा काम गर्छु मामा!’

अस्तित्वको कुराले मामा चकित परे।

‘नेपालमा फेसबुकको यतिधेरै लोकप्रियता छ। एउटा नेपालीले नै हेडक्वार्टरमा फेसबुकको काम गर्नु गर्वको कुरा हो नि,’ तब मामाले खुसी व्यक्त गरे।

OOO

संसारमा २.२७ बिलियन फेसबुक प्रयोगकर्ता छन्। करोडौंको लोकप्रियतासँग जोडिएको फेसबुक, जसको मुख्यालयमै बसेर काम गर्दाका अनुभव कस्ता थिए त? नेपाल आएका अस्तित्वसँगको भेटमा मेरो जिज्ञासा थियो।

Ncell 2
Ncell 2
nimb
nimb

फेसबुकको हेर्डक्वार्टर अमेरिकाको क्यालिफोर्नियामा छ। जहाँ विभिन्न विभाग  हुन्छन्। तीमध्येको एउटा विभागमा रहेर डाटा एनालिस्टको काम गर्छन्, अस्तित्व। फेसबुकका विभिन्न प्रोजेक्टमा काम गरिसकेका अस्तित्व अहिले इन्स्टाग्रामको प्रोजेक्टमा छन्। 

त्यसमा के गर्छन् त उनी?

‘इन्स्टाग्राममा कुनै समयका मेमोरिज हुन्छन्। त्यसमा गुड मेमोरिज छ भने युजर्सलाई पठाउँछौँ, यदि ब्याड मेमोरिज छ भने त्यो हामी पठाउँदैनौ,’ उनी भन्छन्, ‘यदि रेस्ट इन पिस लेखेको छ भने त्यो दोहोरिएर देखापर्दैन।’

एउटा प्रोजेक्टमा उनले विज्ञापन सम्बन्धी काम गरे। फेसबुकले कसरी विज्ञापन प्राप्त गर्छ भन्ने उनीसँग राम्रो अनुभव छ। 

Xtrem

Xtrem

‘यसको प्रमुख आयस्रोत विज्ञापन हो,’ उनी अनुभव सेयर गर्छन्, ‘फेसबुक प्रयोगकर्ता यदि कतै घुम्न गएको छ भने उनीहरूले क्याप्सन राखेका हुन्छन्। त्यसै आधारमा त्यही लोकेसनको होटल अर्थात् रिसोर्टको विज्ञापन वालमा देखिनेगरी पठाउँछौं। त्यसमा प्रयोगकर्ताले जतिपटक क्लिक गर्यो सोही आधारमा विज्ञापनदाताले फेसबुकलाई अमाउन्ट तिर्छ।’ 

तर, फेसबकुमा विज्ञापन दिनका लागि भने क्रेडिट कार्ड हुनुपर्ने उनी बताउँछन्। 

उनी २०१६ देखि फेसबुकमा काम थाले। हप्तामा ४० घन्टा काम गर्छन्। तलब भने प्रतिघन्टाको दरले प्राप्त गर्छन्। ओभरटाइमको पनि छुट्टै तलब आउने उनी बताउँछन्। 

एउटा नेपाली अमेरिकामा फेसबुकको हेडक्वार्टरमा काम गरेको थाहा पाउँदा प्रायः नेपाली अचम्मित हुने गरेको उनी बताउँछन्। ‘तर, मलाई सामान्य लाग्ने गरेको छ’, उनले भने। 

फेसबुकमै काम गर्ने अस्तित्व आफूचाहिँ सामाजिक सञ्जालामा कमै सक्रिय छन्। सन् २००८ मा उनले पहिलो पटक फेसबुक खोलेका थिए। भर्खरै खोलिएको हुनाले  निकै उत्सुकता थियो। तर, त्यसैमा काम गर्न थालेपछि कमै सक्रिय भए। 

‘अहिले मेरा फेसबकुका साथी ५ सय पनि छैनन्,’ उनी हाँस्दै भन्छन्। 

साथीको लहलहैमा अमेरिका
काठमाडौं नैकापमा जन्मिएका अस्तित्वले सिद्धार्थ वनस्थलीमा स्कुले जीवन बिताए। 

२०६२ मा उनले एसएलसी उत्तीर्ण गरे। त्यसपछि प्लस टुमा विज्ञान पढे। ०६४ मा प्लस टु पनि सकियो।

वेटरको रुपमा हप्तामा ६ दिन काम गर्नुपर्थ्यो। काम निकै गाह्रो। फुलटाइम काम गर्नुपर्ने। ‘किचनदेखि ट्वाइलेटसमेत सफा गरेँ,’ उनले तिता अनुभव सुनाए।

‘सुरुमा अमेरिका जाने योजना त थिएन। प्लस टुपछि कोही साथी इन्जिनियरिङ र एमबिबिएसको तयारीमा जुटे,’ उनले अचानक बनेको योजनाबारे सुनाए, ‘म भने आयल्स गर्दै थिएँ। केही साथी अमेरिका जाने योजनामा थिए। त्यही लहलहैमा मैले पनि अमेरिका जाने सोच बनाए।’ 

विसं २०६५ मा अस्तित्व अमेरिका उडे।

तर, सपनाको अमेरिकी जीवन विपनामा उतिकै सुन्दर थिएन। ‘नेपालमा जस्तो आत्मीयता कहाँ पाउनु त्यहाँ,’ उनी अमेरिका पुग्दाका सुरुवाती दिन सम्झन्छन्, ‘सोचेजस्तो काम पाउन गाह्रो। यहाँका जस्ता साथी पाउन गाह्रो। सुरुमा महिना निकै ढिलो बितेझैं लाग्ने, बारम्बार नेपालको याद आउने भइदियो। त्यतिबेला आफ्नो देशलाई खुब सम्झिँए।’

वेटरदेखि ट्याक्सी ड्राइभरसम्म 
अमेरिका पुगेपछि उनले रेस्टुरेन्टबाट कामको सुरुवात गरे। नेपालमा खासै काम नगरेको अनुभव। पक्कै मुस्किल थियो। वेटरको रुपमा हप्तामा ६ दिन काम गर्नुपर्थ्यो। काम निकै गाह्रो। फुलटाइम काम गर्नुपर्ने। ‘किचनदेखि ट्वाइलेटसमेत सफा गरेँ,’ उनले तिता अनुभव सुनाए।

उसो त ग्राहक भएसम्म ड्युटीमा एकैनास खट्नुपर्ने रहेछ। खान र बस्नको लागि भने रेस्टुरेन्टबाट नै व्यवस्था गरिदिएको हुन्थ्यो।

त्यहाँ उनले नेपाली रकम मासिक एक लाखजति कमाउँथे।  

कामसँगै अस्तित्वले अध्ययनलाई पनि अघि बढाए। उनले एक युनिभर्सिटीमा जानेबित्तिकै इन्डस्ट्री इन्जिनियरिङमा भर्ना गरे। त्यहाँ एक सेमेस्टर पढे। 

‘त्यसपछि क्यालिफोर्नियामा दिदीको रेस्टुरेन्टमा काम गरेँ। बिस्तारै मेनेजर पनि भएँ,’ उनी भन्दै गए, ‘त्यसपछि रेस्टुरेन्टहरूमा निरीक्षण गर्ने काम हुन थाल्यो। त्यतिबेला भने कामको प्रेसर कम भयो।’ 

उनले ३ वर्ष रेस्टुरेन्टमा काम गरे। त्यसपछि पिजा डेलिभरी गर्नतिर थाले।

यसबाट पनि उनी सन्तुष्ट हुन सकेनन्। रहरले अमेरिका पुगेका अस्त्विलाई बाध्यताले डोहोर्याएको थियो। उनले नयाँ काम सुरु गरे। त्यो थियो– ट्याक्सी चलाउनु। 

नेपालमा धेरै पढेपछि ड्राइभर बन्नुमा मानिसहरू हीनताबोध गर्छन्। तर, आफूले त्यहाँ ट्याक्सी चलाउँदा कुनै अफ्ठेरो महसुस नगरेको उनी बताउँछन्। ‘अमेरिकाले मलाई कामको सम्मान गर्न सिकायो,’ उनी गौरवान्वित हुँदै भन्छन्।  

रेस्टुरेन्टमा काम गर्दा कलेज जाने समय हुन्नथ्यो। ट्याक्सी चलाउन थालेपछि भने उनले नियमित कलेज जाने समय मिलाउन थाले। 

अध्ययनको क्रममा बीचमा उनले कलेज परिवर्तन गरे। अन्तत: क्यालिफोर्निया युनिभर्सिटीबाट उनी ग्र्याजुएट भए। २०१६ को अन्तिमसम्म त उनले ट्याक्सी नै चलाए। जसबाट दिनको ३ सय डलर कमाइ हुन्थ्यो। त्यो उनको निम्ति मनग्ये आम्दानी थियो। 

जब फेसबुक कम्पनीमा जागिरको अफर आयो
कलजे पढ्दै गर्दा अस्तित्वले डाटा बेसको तालिमा लिएका थिए। यही आधार बन्यो फेसबुकमा जोडिनका लागि।

यहीबीच केही कन्सल्टेन्सीसँग राम्रो सम्बन्ध रह्यो। 

उनले आवेदन दिएको प्रोजेक्टमा ३ सय मात्र कामदार मागेको थियो। तर, भइदिए ४ हजार। त्यसबाट छानिएर ३ सयभित्र पर्नुपर्थ्यो। संयोगवश, उनले त्यो अवसर गुमाउनुपरेन। 

त्यहाँ फेसबुक र कन्सल्टेन्सीबीच श्रम सम्झौता हुँदो रहेछ। फेसबुकले आवश्यकता अनुसार प्रोजेक्टहरू खुलाउँदो रहेछ। त्यतिबेला कन्सल्टेन्सीमार्फत फेसबुकले कर्मचारी माग गर्ने अस्तित्वले सुनाए।

अस्तित्वले इनन्डियन कन्सल्टेन्सीमा जागिरको आवेदन दिएका थिए। सोहीमार्फत  उनी अन्तर्वार्ता दिन गए। ‘मेरो लागि यो अन्तर्वार्ता जीवनकै पहिलो अन्तर्वार्ता थियो,’ उनी भन्छन्। 

अन्तर्वार्ताकै क्रममा डरले मुटुमा ढ्यांग्रो ठोकेको थियो अस्तित्वको। उनले आत्मविश्वासलाई सक्दो बढाए। अन्तर्वार्ता प्रोजेक्टको विषयमा केन्द्रित थियो। उनले निकै संवेदनशील भएर अन्तर्वार्ता दिएका थिए। तर उनी छनोट हुन्छु भन्नेमा ढुक्क थिएनन्। किनकि उनले आवेदन दिएको प्रोजेक्टमा ३ सय मात्र इम्प्लोय मागेको थियो। तर, भइदिए ४ हजार। 

त्यसबाट छानिएर ३ सय भित्र पर्नुपर्थ्यो। संयोगवश, उनले त्यो अवसर गुमाउनुपरेन। 

फेसबुकमा काम गर्ने  निश्चित भएपछि लगत्तै उनले बुबा ममीलाई खुसी बाँडेका थिए।

अन्तर्वार्ताबाट छनोट भएपछि २५/३० दिनको तालिम हुने रहेछ। उनी तालिममा सहभागी भए। त्यसपछि उनले फेसबुकलाई नजिकबाट केलाउने मौका पाए। उनले बुझे कि फेसबुकको सफ्टवेयर अति गोप्य हुँदो रहेछ। प्रत्येक सफ्टवेयर कम्पनीकै इन्जिनियरले बनाउँदा रहेछन्।

त्यहीँको इन्जिनियरले बनाएको सफट्वेयरमा बसेर उनीहरूले काम गर्नुपर्थ्यो। ‘त्यो सफ्टवेयर बाहिर कतै पाइँदैन। उनीहरू आफैंले डेभलप गर्छन्। प्रत्येक प्रोजेक्टको आफ्नै डेभलपर र इन्जिनियर हुन्छन्। प्रोजेक्ट म्यानेजर पनि हुन्छन्,’ उनले सुनाए। 

फेसबुकबाट लाखौँको सुरक्षा 
अस्तित्वले गरेको पहिलो प्रोजेक्टको काम विज्ञापनसम्बन्धी थियो। यदि कुनै सेलिब्रिटी कतै घुम्न गएको छ भने उनीहरूलाई त्यस ठाउँको विज्ञापन पठाउने गरिन्थ्यो। ‘फेसबुकमा धेरै फलोवर भएका सेलिब्रिटीहरूको अकाउन्टमा जान्थ्यौँ। टाइमलाइनमा गएर उनीहरूको क्रियाकलाप हेर्थ्यौं। कतै घुम्न गएका छन् भने त्यहाँको बारेमा विज्ञापन पठाउथ्यौँ,’ उनले अनुभव सुनाए। 

‘प्रोफाइल फोटो र पासवर्ड आइडी परिवर्तन कतिपटक परिवर्तन गरेको छ भन्ने आधारमा पनि फेक आइडी पत्ता लगाउन सकिन्थ्यो। यसरी फेक आइडी भनेर पहिचान गरिसकेपछि त्यसलाई बन्द गरिदिन्थ्यौं।’ 

दोस्रो प्रोजेक्टमा गरेको काम पहिलो भन्दा फरक थियो। 

उनले भियतनामका प्रयोगकर्ताका अकाउन्टहरू हेर्थे। ‘यसमा फेसबुकको प्राइभेसी सम्बन्धी काम थियो। 'सिआरटी एसआरटी भन्ने सफ्टवेयरमार्फत मान्छेको प्रोफाइल पिक्चर हेर्दथ्यौँ। त्यसबाट अकाउन्ट फेक हो वा होइन भनेर बुझ्न सकिन्थ्यो। यसमा के भयो भने फेक आइडी भन्ने र के भएन भने नभन्ने भन्ने थाहा हुन्छ,’ उनी अनुभव सुनाउँछन्, ‘प्रोफाइल फोटो र पासवर्ड आइडी परिवर्तन कतिपटक परिवर्तन गरेको छ भन्ने आधारमा पनि फेक आइडी पत्ता लगाउन सकिन्थ्यो। यसरी फेक आइडी भनेर पहिचान गरिसकेपछि त्यसलाई बन्द गरिदिन्थ्यौं।’ 

फेक आइडी बन्द गरेपछि अन्य गलत घटनाहरू घट्न पाउँदैन थियो। जसबाट अन्य आइडी पनि सुरक्षित रहन सक्ने उनले बताए। 

नेपालमा लोकप्रिय फेसबुक
फेसबुक हेडक्वार्टरमा काम गर्ने नेपाली अस्तित्व मात्र छैनन्। त्यहाँ अन्य नेपाली पनि कर्मचारीका रुपमा कार्यरत छन्। ‘काम गर्ने अरु नेपाली पनि छन्। तर डिपार्ट फरक भएर होला, सबैसँग चिनजान चाहिँ हुँदैन,’ उनले भने। 

धेरै देशमा लोकप्रिय भए पनि केही देशमा भने फेसबुक प्रतिबन्ध छ। छिमेकी चीनमा समेत फेसबुक चलाउन पाइँदैन।

यद्यपि नेपालमा भने यसको फेसबुकको लोकप्रियता झनै बढेको देख्दा उनी दंग छन्। तर, यसको गलत प्रयोगबाट भने ठूला समस्या निम्तिएको उनी बताउँछन्। 

त्यसैले फेसबुकलाई सही तवरले प्रयोग गर्न उनी सुझाउँछन्।

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्