• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘साइकल चलाउन छुट्टै बाटो भए राम्रो हुन्थ्यो’

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०७५  २१:३०
1140x725

पोखरा– ‘ठूला–ठूला बसले हामीलाई टेर्दैनन्। हुइँकिएर आउँछन्। हामी आफैं थरथर काँप्दै साइड लाग्नुपर्छ,’ ५५ वर्षीया पार्वती रानाभाट राई भन्छिन्, ‘साइकल चलाउन छुट्टै बाटो भइदिए आनन्द हुन्थ्यो।’ 

राई मुख्य त साइकल चालक हुन्। 

साइकलसँग राईको नजिकको सम्बन्ध छ। यतिधेरै संगत गरिन् कि साइकललाई  नै जीवनसाथी स्वीकार गरिसकेकी छन्। ‘अब त मर्दा पनि साइकलसँगै मरुँ भन्ने लाग्छ,’ गौरान्वित हुँदै उनी सुनाउँछिन्।

उनले साइकल चलाउन सिकेको १२/१३ वर्ष हुँदाबाट नै हो। त्यतिबेला बाबाको हिरो ब्रान्डको साइकलमा कैंची पैदल हान्दै सिकेकी थिइन्।

पोखरा विमानस्थल त्यतिबेला पनि थियो, जतिबेला उनले साइकल सिकेकी थिइन्। त्यहीँको ठूलो चौरमा गाईवस्तुका गोबर खोज्दै भाइबहिनासँग खेल्दै साइकलको ह्यान्डिल समाएकी थिइन्, पैदलमा खुट्टा राखेकी थिइन्।

‘त्यतिबेला एयरपोर्टमा अहिलेकोजस्तो तारजाली लाएको थिएन। हामी सबै त्यहीँ खेल्थ्यौँ। भाइबैनालाई साथमा राखेर बाबाको साइकल डोर्‍याउँदा डोर्‍याउँदै साइकल चलाउन सिकेकी हुँ,’ उनी साइकल चलाउँदाको सुरुवाती दिन सम्झन्छिन्।

पार्वतीको माइती क्षेत्री हुन्। उनको माइतीमा पसल थियो। बाबा भारतीय सेनाका जागिरे। नेपाल आएर काम गर्न सजिलो हुन्छ भनेर साइकल किनेका थिए।

उनको बाबा बुढो हुँदासम्म साइकल चलाइरहेकै देखकी थिइन्। भन्छिन्, ‘मलाई बाबाले साइकल चलाएको देखेरै चलाउन मन लागेको हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला पढ्ने वातावरण खासै भइसकेको थिएन। त्यसमाथि पार्वती महिला। घरधन्दा र भाइबैनी हेरेरै बालापन बित्यो। अक्षरका अनुहार देख्न पाइनन्। चिन्न पाइनन्।

‘पढ्ने अवसर पाइनँ। अहिले अरुलाई पत्रिका पढिरहेको देख्दा कस्तोकस्तो लाग्छ,’ अनुहारमा चिन्ताको भाव दौडाउँदै भन्छिन्, ‘नपढेर साह्रै दुख पाइयो।’ 

तारजाली नलगाएको एयरपोर्ट। फाटफुट उड्ने जहाज। जता हेर्‍यो, उतै मौसम अनुसारका अन्नबाली। कम आवादी। पोखराको त्यतिबेलाको चित्र अहिले पनि उनको आँखामा नाच्छ। सपनामा पनि उहिलेकै पोखरा देख्छिन्। भन्छिन्, ‘म सानो हुँदाको र अहिलेको पोखरामा आकासपातालको फरक छ।’ 

Xtrem

Xtrem

विकासले गति लियो। हावाको तालमा धानका बाला लहलह नाच्ने खेतबारीमा अग्लाअग्ला भवन ठडिए। कुनाकाप्चामा बाटो पुग्यो। सानो बाटो ठूलो भयो।

तर, उनलाई एउटै सुर्ता छ, ‘यत्रो विधि गर्न सक्ने नेताले साइकल चलाउन एउटा बाटो बनाइदिए पनि हुने नि! कम्ता गाह्रो हुँदैन आजभोलि?’ साइकल उकालोमा चलाउन गाह्रो हुने उनको अनुभव छ।

उनले अहिलेसम्म ३ वटा साइकल फेरेकी छन्। पहिलो बाबाको थियो, जुन उतै माइतीमा छोडेर आइन्। दोस्रो चोरले दौडायो। र तेस्रो अहिले उनीसँगै छ। 

घर बाहिर राखेको साइकल देखाउँदै भन्छिन्, ‘यो कति मूल्यमा किने थाहा छैन। तर चलाउन थालेको मात्रै १५/१६ वर्ष भइसकेको छ।’ 

केही दिनमा नयाँ साइकल किन्ने उनको इच्छा भने ज्यूँदै छ।

स्कुटर चलाउन जान्दछु तर साइकल ठीक 

पार्वतीका छोरा र छोरी गरी दुई सन्तान छन्। छोरीको बिहे भइसकेको छ भने छोरा आइएनएफमा जागिरे छन्। आमालाई सधैं साइकलमै देखेर छोराले आफ्नै कमाइले स्कुटर सिकाए पनि। तर, उनले साइकल नै रोजिन्।

‘छोराले स्कुटर पनि सिकायो। चलाउन सबै आउँछ। लाइसेन्स भने निकालेको छैन,’ पार्वती भन्छिन्, ‘साइकल चलाउनै मलाई सजिलो लाग्यो। जीवनसाथीले छोडेर गएपनि मैले किन साइकल छोड्ने र?’ 

उनको प्रत्येक कुरा बिम्बात्मक लाग्छन्। सायद उनलाई समयले यसरी नै बाँच्न सिकाएको छ।

साइकलमा तेल हाल्नु नपर्ने, जिउ तन्दुरुष्टत राख्ने र  किन्दा पनि सस्तो पर्ने राईको अनुभव छ। उनी भन्छिन्, ‘स्कुटर त किन्नै महंगो। बिग्रिए बनाउनै नसकिने। कमाएको भन्दा बढी खर्च तेल खाइदिन्छ अनि।’ 

३० वर्षमै श्रीमान वितेपछि...

‘पढेलेखेकी थिइनँ। मायाको भाषा बुझ्न अक्षर चिन्नु पर्दैन। केवल मन मिले हुँदो रहेछ,’ दार्शनिक पारामा मायाको अर्थ सुनाउँछिन् पार्वती।

उनी रानाभाट श्रेत्री कि छोरी पसलमा आउँदा जाँदा एउटा केटासँग प्रेम बस्यो। केटा थिए राई जातका। अरु केही सोचिनन्। भागेर बिहे गरिन्।

‘बाबा इन्डियन आर्मी हुनुहुन्थ्यो। त्यसैले पनि त्यहाँ उहाँको ठूलै इज्जत थियो। मैले अन्तरजातीय बिहे गर्दिएँ,’ पार्वती सुनाउँछिन्, ‘म भागेपछि त उहाँलाई छिमेकीहरुले केके भनेछन् नि बाबै! जात छोडेर को कुजातसँग गयो? त्यो गाईखाने, सुँगुर, खानेसँग तेरी छोरी पोइला गई भनेर धेरैले भनेछन्।’ 

उनीसँग परिवारले पहिलो छोरी जन्मिसकेपछि मात्रै टीकाटालो गरेर भित्र्याएको तितो अनुभव छ।

पार्वतीका श्रीमान पृथ्वी राजमार्ग बस व्यवसायी समितिमा गाडीमा तेल भर्ने काम गर्थे। पछि जब उनी ३० वर्षकी भइन्। श्रीमानलाई ठूलै रोग लाग्यो। औषधिपोचार पनि तर न रोग पत्ता लाग्यो न त निको नै भए। 

‘डाक्टरले उपचार गर्न नसकेर घर पठाइदिए। त्यसपछि उहाँ जानुभो,’ यति भन्दै गर्दा उनको गहमा आँसु भरिएझैं लाग्थ्यो।

कालो बादलले छोपेको जस्तो अनुहारमा एकैछिन उज्यालो भयो। उनी भन्दै गइन्, ‘अहिले त साइकललाई नै जीवनसाथी मानिसकें। दुखसुख छाराछोरीलाई पढाएँ, हुर्काएं। साइकल चलाउन पाए सब्बै पुग्छ।’ 

साइकल चलाए पनि सम्मान पो पाइने 

घरमा अहिले आमाछोरा मात्रै छन्। छोराले अझै विवाह गरिसकेको छैन। उनले सबै काम भ्याउनुपर्छ। भन्छिन्, ‘अरु बेला बुढाको याद नआएपनि एक्लै हुँदा त मनमा केके कुरा खेल्छ, खेल्छ भन्या। त्यही भएर फुर्सद भयो भने साइकल लिएर बाहिर हिँडिहाल्छु।’

पोखरा बजार क्षेत्रभन्दा टाढा छ पार्वतीको घर, गलेश्वरमा।

त्यहाँबाट साइकलमा एक घण्टा लगाएर उनी चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रमा आफैं तरकारी लिन आउँछिन्। भन्छिन्,‘हिजोअस्तिमात्र साइकलबाटै मुस्ताङचोकको आइल्यान्ड सरकारले भत्काएको रहेछ। पहिले हामी त्याँ खेल्थ्यौं। अहिले त सानो बनाएछ। त्यो पनि हेरेर आएँ।’ 

साइकलबाटै पार्वती अहिले पनि पानी, बिजुली र मालपोत लगायतका राजस्व तिर्न जान्छिन्। साइकलसँग अगाध माया छ उनको। 

पोखरा बजार क्षेत्रमा एउटा साइकल लिएर यताउता गरिरहेको देखिन्छिन्, पार्वती। पछिल्लो समय उनी पनि पोखरामा साइकल ट्र्याक हुनुपर्छ भन्ने पक्षको वकालत गर्दै आएकी छन्।

यही योगदानकै लागि साइकल सिटीले उनलाई सम्मान गर्न लागेको छ।  पार्वती खुसी र व्यंग्यको भावमा मुस्कुराउँदै भन्छिन्, ‘पहिले त सबैले साइकल चलाउँथे। अहिले त चलाए पनि सम्मान पो पाइने रहेछ।’

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्