• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६/७ महिनाभित्रै परीक्षण उडान : प्रवेश अधिकारी, आयोजना प्रमुख

64x64
नेपाल लाइभ शुक्रबार, पुस १३, २०७५  ०७:३०
1140x725

भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता लिएको छ। निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले अहिले धावनमार्ग पिचको काम थालनी गरिसकेको छ। निर्माण कार्यले अन्तिम चरण प्रवेश गरेसँगै कहिलेबाट उडान सुचारु गर्ने भने चर्चा पनि सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा आउने बताउँदै आइरहेका बेला निर्माण प्रगति, समस्या र मुआब्जा लगायतका विषयमा विमानस्थल स्तरोन्नति आयोजनका प्रमुख प्रवेश अधिकारीसँग नेपाल लाइभका प्रदेश ५ संयोजक दीपक घिमिरेले गरेको कुराकानी:

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तोकिएकै समयमा सम्पन्न हुने अवस्था बनेको हो?
निर्माणका काम सम्पन्न गर्नुपर्ने अन्तिम समय सन् २०१९ जुन २८ हो। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थल निर्माणले अहिले निकै गति लिएको छ।अहिलेसम्म चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६० प्रतिशतभन्दा बढी काम गरिसकेको छ। बाँकी ४० प्रतिशत काममा पनि विदशेबाट सामान आयात गरेर जडान गर्ने कामको हिस्सा २० प्रतिशत हो। यसमा ठेकेदारले लाइटिङ र टर्मिनल भवनमा आवश्यक पर्ने उपकरण जडान गर्नुपर्ने हुन्छ। यो सबै कामलाई हेर्ने हो भने अहिलेसम्म ८० प्रतिशत काम भइरहेको छ। ठेकेदार कम्पनीको प्रगतिलाई हेर्दा विमानस्थल निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनेमा हामी आशावादी छौं।

धावनमार्ग पिचको कामचाहिँ कहिलेसम्म सकिन्छ?
धावनमार्गमा पिचको काम सुरु भइसकेको छ। पिच ४ तहमा गरिन्छ। अहिले ठेकेदार कम्पनीले पहिलो तहको काम गरिरहेको छ। एउटा तहको पिच सम्पन्न गर्न पनि १५ देखि १८ दिन लाग्छ। अन्य तहको पिचमा भन्दा पहिलो तहको पिच गर्न केही गाह्रो हुने रहेछ।

पहिलो तहको पिच मात्रै ७ दशमलव ५ सेन्टिमिटर मोटाइमा गर्नुपर्ने हुन्छ। पहिलो तहको ३ मध्ये २ भागमा कालोपत्र गर्ने काम सकिएको छ। त्यसमा पनि धानवमार्गको पिचभन्दा पहिले गर्नुपर्ने प्राइम कोट छर्ने काम ९० प्रतिशत सकियो। 

ठेकेदार कम्पनीले पनि तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी काम गरिरहेको छ। निर्माणमा अहिले दैनिक ४ सयभन्दा बढी कामदार परिचालित छन्। यही गतिमा काम अगाडि बढाउन सके अबको ६/७ महिनाभित्र अन्तर्राष्ट्रिय उडानको परीक्षण हुन्छ।

ट्याक्सीवे वेको सब–बेस लेभलसम्मको काम पनि सम्पन्न भइसकेको छ। नयाँ बन्दै गरेको धावनमार्ग र हाल सञ्चालनमा रहेको धावनमार्ग जोड्ने बाटोको काम पनि जारी छ। दोस्रो तहको पिच अगावै  ट्क्यासी वेमा समेत पिच सुरु हुने अवस्था छ। जहाज पार्किङ एरियाको काम पनि सकिइसकेको छ।

टर्मिनल भवन निर्माणको अवस्था कहाँ पुग्यो?
आगमन कक्ष रहने भवनको भौतिक पूर्वाधारसम्बन्धी सबै काम सकिएका छन्। भवन निर्माणका फिनिसिङ भइरहेको छ। यस्तै, प्रस्थान कक्ष रहने टर्मिनल भवन निर्माणको काम पनि तीव्र छ। यस अन्तर्गत अन्तिम ढलानको काम भने बाँकी छ। त्यो एक सातामै सम्पन्न हुन्छ। निर्माणको गति हेर्दा अबको ४ महिनाभित्र टर्मिनल भवनले पनि पूर्णता पाउनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

उडान तथा अवतरणका लागि सबैभन्दा महत्वपूर्ण मानिने कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माण के हुँदै छ?
कन्ट्रोल टावर ८ तलाको भवन हो। ७ तलासम्मको काम सकियो। कन्ट्रोल टावरको भवन दुई महिनाभित्र पूर्ण हुन्छ। प्रसाशनिक भवन भने निर्माण भइसकेको छ।

तपाईंले भने अनुसारकै समयमा विमानस्थल निर्माणको काम सम्पन्न भएको अवस्थामा उडानचाहिँ कहिलेबाट सुरु गर्न सकिन्छ?
ठेकेदार कम्पनीले पनि तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी काम गरिरहेको छ। निर्माणमा अहिले दैनिक ४ सयभन्दा बढी कामदार परिचालित छन्। यही गतिमा काम अगाडि बढाउन सके अबको ६/७ महिनाभित्र अन्तर्राष्ट्रिय उडानको परीक्षण हुन्छ।

कच्चा पदार्थको अभावका कारण विमानस्थलको निर्माण कार्य रोक्नुपर्ने अवस्था छैन। अहिले पनि धावनमार्ग पीचका लागि आवश्यक कच्चा पदार्थ झन्डै ९० प्रतिशत स्टक छ। गिट्टी बालुवाको पनि समस्या छैन। 

Xtrem

Xtrem

निर्माणले लय समातेको बताउँदै गर्दा तपाईंहरुले झेलनुपरेको समस्या पनि त होला...
विमानस्थल निर्माणमा अहिले स्थानीय करका कारण आवश्यक माटोमा समस्या आउने हो कि भने प्रश्न उब्जेको छ। अहिले दैनिक एक सय ५० देखि २ सय टिप माटो आइरहेको छ। पुरानो सम्झौता अनुसार आइरहेको माटोले मात्रै विमानस्थल निार्माणमा आवश्यक माटो पुग्ने अवस्था छैन। यसका लागि स्थानीय तहका प्रतिनिधिसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा र प्राधिकरण महानिर्देशक सञ्जीव गौतमसँग पनि छलफल भइरहेको छ। स्थानीय करका कारण माटोमा बढी मूल्य पर्ने अवस्था भए पनि समयमै समाधान गर्नुपर्ने हुन्छ।

अहिले माटोको रेट बढी छ। स्थानीय तहमा माटो ल्याउँदा सरकारलाई कर तिर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण सम्झौता गर्नुपर्नेछ। जसका लागि अब ५ देखि ७ करोड रुपैयाँ  स्थानीय कर र वातावरण करका नाममा छुट्याउनुपर्ने अवस्था देखिन्छ। वातावरण कर छुट नभए पनि स्थानीय कर मिनाहा गर्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेकाले करमा पुनर्विचार हुन सक्ला।

माटोबाहेक विमानस्थल निर्माणमा आवश्यक कच्चा पदार्थको अभाव त छैन?
कच्चा पदार्थको अभावका कारण विमानस्थलको निर्माण कार्य रोक्नुपर्ने अवस्था छैन। अहिले पनि धावनमार्ग पीचका लागि आवश्यक कच्चा पदार्थ झन्डै ९० प्रतिशत स्टक छ। गिट्टी बालुवाको पनि समस्या छैन। विमास्थलका लागि आवश्यक पर्ने विद्युतको व्यस्थापनका लागि नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय, भैरहवा वितरण केन्द्र, ठेकेदार कम्पनी र आयोजनाका बीचमा छलफल भइरहेको छ। विमानस्थललाई आवश्यक विद्युतका लागि डेडिकेटेड लाइन २ महिनाभित्र आइपुग्नेछ। अहिले पोल सार्ने र पोल तान्ने काम धमाधम रुपमा भइरहेको छ।

मुआब्जा वितरणको काम कहाँ पुग्यो? कहिलेसम्म पाउँछन् स्थानीय पीडितले?
मुआब्जाको लागि २३ अर्ब रुपैयाँ बाँड्नुपर्ने हो। त्यसमध्ये १० अर्ब रुपैयाँ बाँड्न बाँकी छ। अहिले त्यसमध्ये १ अर्ब रुपैयाँ वितरण भइरहेको छ। नपुग रकमबारे सम्बन्धित निकायमा फाइल पठाइसकेका छौं।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्