• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संकटमा कालिजकाे अस्तित्व

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १५:१८
1140x725

बलेवा– यतिबेला बागलुङका वनहरूमा साँझको समयमा सिकारीको लर्को देखिन्छ। घाम डुबेर गोधूली साँझ सुरु भएसँगै सिकारीहरू वनको आसपासमा पुग्ने गर्छन्। 

घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने सिकारी देखिन थालेका छन्। विशेष गरेर बस्ती नजिकैका वनहरूमा पाइने कालिजको सिकार गर्ने क्रम बढेको हो। 

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि सिकार गर्नेहरू देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए। 

बस्ती नजिकैका सामुदायिक वन र निजी वनहरूमा रहेका कालिजहरू मार्ने क्रम बढ्दै गएको छ। 

'पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,' कामीले भने, 'आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ।' 

सिकारीहरूले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन्। सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन्।

लोपोन्मुख पक्षी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए। 
साँझपख मोटरसाइकलमा आउने सिकारी कहाँबाट आउँछन् र सिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन्। 

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ। 

Ncell 2
Ncell 2

नजिकै रहेका सामुदायिक वनहरूबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ। 

'हिउँद लागेपछि खाली भएको खेतभरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,' आचार्यले भने, 'साँझपख वन छेउछाउमा सिकारी देखिन थाले तर, कालिज हराउँदै गए।' 

कालिज मानिसहरुले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन्। यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसले कालिजको सिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए।

कालिजको बासस्थान कैयौँ दिनसम्म एकै ठाउँमा हुने भएकाले सिकारीहरूलाई सहज हुन्छ। 'कालिज सोझो खालको पक्षी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,' देवकोटाले भने, ‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले सिकार बढेको हो।'

 बिना अनुमति वन्यजन्तु तथा पक्षीहरूको सिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन्। 

वन कार्यालयले पशुपक्षीको सिकार भइरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ। 
'हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,' देवकोटाले भने, ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन।' 

चेतनाको अभावमा पक्षीहरूको सिकार बढेको देवकोटाको भनाइ छ। सर्वसाधारणले आफ्नो सम्पत्तिको रुपमा कालिजको संरक्षण गर्नुपर्ने देवकोटाको सुझाव छ।

कालिजको सिकार गरेको भेटेमा तत्काल डिभिजन वन कार्यालय वा नजिकको सब–डिभिजन कार्यालयमा जानकारी दिन पनि उनले आग्रह गरे।

संरक्षित पक्षीको सूचीमा नरहेको भए पनि कालिज लोपोन्मुख पक्षी हो। कालिजको चोरी सिकारी गर्न प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी सिकार गर्ने क्रम बढ्दै गएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पक्षीहरूको चोरी सिकारीलाई दण्डनीय अपराध भनेको छ।

ऐनअनुसार बिना अनुमति पक्षीहरूको चोरी सिकारी गरेको ठहरिएमा १ वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने, 'नेपालमा एक मात्रै सिकार आरक्ष छ। त्यहाँ मात्रै अनुमति लिएर सिकार गर्न पाइन्छ।' 

कालिज नेपालमा पाइने एक जङ्गली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भन्ने गरेको पाइन्छ। कालिज प्रायः पहाडी क्षेत्रको जङ्गलमा पाइन्छ। सिकारीहरूले कालिजको सिकार धेरै गर्न थालेपछि यो चरा लोप हुने अवस्थामा पुगेको छ। 

कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन्। वैशाख र जेठमा कालिजले चल्ला निकाल्ने वन विज्ञहरु बताउँछन्। मङ्सिर र पुसमा चल्लाहरू एक समूहमा बस्ने र फागुन लागेपछि भाले पोथीको अलग अलग जोडी बनाएर छुट्टिने स्वभाव हुने सहायक वन अधिकृत देवकोटाले बताए।

जङ्गली जडीबुटी चरेको र मासुमा स्वाद हुने मान्यताका आधारमा एक किलोग्राम कालिजको मासु २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ। 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला?
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै बुधबार, कात्तिक ५, २०८२
यस्तो छ आजको मौसम, टीकाको दिन कस्तो रहला? बुधबार, कात्तिक ५, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
जेनजी आन्दोलनका घाइतेद्वारा प्रधानमन्त्रीसँग ५ बुँदे माग मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीसँगको छलफलमा विभिन्न दलका १६ जना नेता सहभागी हुँदै मंगलबार, कात्तिक ४, २०८२
बालुवाटारमा सरकार र दलहरुबीचको संवाद जारी मंगलबार, कात्तिक ४, २०८२
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्