Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संकटमा कालिजकाे अस्तित्व

64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १५:१८
1140x725

बलेवा– यतिबेला बागलुङका वनहरूमा साँझको समयमा सिकारीको लर्को देखिन्छ। घाम डुबेर गोधूली साँझ सुरु भएसँगै सिकारीहरू वनको आसपासमा पुग्ने गर्छन्। 

घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने सिकारी देखिन थालेका छन्। विशेष गरेर बस्ती नजिकैका वनहरूमा पाइने कालिजको सिकार गर्ने क्रम बढेको हो। 

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि सिकार गर्नेहरू देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए। 

बस्ती नजिकैका सामुदायिक वन र निजी वनहरूमा रहेका कालिजहरू मार्ने क्रम बढ्दै गएको छ। 

'पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,' कामीले भने, 'आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ।' 

सिकारीहरूले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन्। सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन्।

लोपोन्मुख पक्षी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए। 
साँझपख मोटरसाइकलमा आउने सिकारी कहाँबाट आउँछन् र सिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन्। 

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नजिकै रहेका सामुदायिक वनहरूबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ। 

'हिउँद लागेपछि खाली भएको खेतभरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,' आचार्यले भने, 'साँझपख वन छेउछाउमा सिकारी देखिन थाले तर, कालिज हराउँदै गए।' 

कालिज मानिसहरुले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन्। यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसले कालिजको सिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए।

कालिजको बासस्थान कैयौँ दिनसम्म एकै ठाउँमा हुने भएकाले सिकारीहरूलाई सहज हुन्छ। 'कालिज सोझो खालको पक्षी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,' देवकोटाले भने, ‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले सिकार बढेको हो।'

 बिना अनुमति वन्यजन्तु तथा पक्षीहरूको सिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन्। 

वन कार्यालयले पशुपक्षीको सिकार भइरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ। 
'हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,' देवकोटाले भने, ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन।' 

चेतनाको अभावमा पक्षीहरूको सिकार बढेको देवकोटाको भनाइ छ। सर्वसाधारणले आफ्नो सम्पत्तिको रुपमा कालिजको संरक्षण गर्नुपर्ने देवकोटाको सुझाव छ।

कालिजको सिकार गरेको भेटेमा तत्काल डिभिजन वन कार्यालय वा नजिकको सब–डिभिजन कार्यालयमा जानकारी दिन पनि उनले आग्रह गरे।

संरक्षित पक्षीको सूचीमा नरहेको भए पनि कालिज लोपोन्मुख पक्षी हो। कालिजको चोरी सिकारी गर्न प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी सिकार गर्ने क्रम बढ्दै गएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पक्षीहरूको चोरी सिकारीलाई दण्डनीय अपराध भनेको छ।

ऐनअनुसार बिना अनुमति पक्षीहरूको चोरी सिकारी गरेको ठहरिएमा १ वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने, 'नेपालमा एक मात्रै सिकार आरक्ष छ। त्यहाँ मात्रै अनुमति लिएर सिकार गर्न पाइन्छ।' 

कालिज नेपालमा पाइने एक जङ्गली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भन्ने गरेको पाइन्छ। कालिज प्रायः पहाडी क्षेत्रको जङ्गलमा पाइन्छ। सिकारीहरूले कालिजको सिकार धेरै गर्न थालेपछि यो चरा लोप हुने अवस्थामा पुगेको छ। 

कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन्। वैशाख र जेठमा कालिजले चल्ला निकाल्ने वन विज्ञहरु बताउँछन्। मङ्सिर र पुसमा चल्लाहरू एक समूहमा बस्ने र फागुन लागेपछि भाले पोथीको अलग अलग जोडी बनाएर छुट्टिने स्वभाव हुने सहायक वन अधिकृत देवकोटाले बताए।

जङ्गली जडीबुटी चरेको र मासुमा स्वाद हुने मान्यताका आधारमा एक किलोग्राम कालिजको मासु २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ। 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्