• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

सिके राउत अन्धी–गल्लीको बाटो हिँडिरहेका छन् : सिके लाल

64x64
नेपाल लाइभ आइतबार, भदौ १८, २०७४  १३:१२
1140x725

राजनीति सहित थुप्रै विषयमा गहन टिप्पणी गर्ने सामर्थ्य राख्छन्, विश्लेषक सिके लाल। पछिल्लो समय मधेस मुद्दामा निरन्तर आफ्नो स्पष्ट विचार राख्दै आएका लालका उग्र प्रशंसक र आलोचक दुवै छन्। संविधान संशोधनबिना सहभागी नहुने अडानसहित २ चरणको स्थानीय निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीलाई मनाउन सरकारले अघिबढाएको संविधान संशोधन विधेयक फेल भएको छ। यसै सेरोफेरो र मधेसको राजनीतिको भावी दिशाबारे लालसँग नेपाल लाइभका किशोर दाहालले गरेको कुराकानीको सम्पादित अंशः

मधेसको अहिलेको नेतृत्व निश्प्रभावी देखियो। खासगरी ‘मधेसवादी’ भन्ने दलहरुको नेतृत्व। किन यस्तो भएको?

मधेसमा अहिले दासतासँग अभ्यस्त नेतृत्व छ। उनीहरु पञ्चायतको प्रवृत्तिमा हुर्केका हुन्। उनीहरु लेनदेन गरेर आफ्नो ठाउँ बनाउनुपर्छ र त्यसैमा मिलेर बसौं भन्ने मानसिकताका छन्। तर, मिलेर बसौं भन्दैमा बाघ र मृग मिलेर बस्न सम्भव छ? बाघले आज नखाए भोलि त खान्छ नै। त्यसो हुँदा, कि भाग्नुपऱ्यो। कि, कुनै बुद्धि लगाएर बाघलाई फसाउनुपऱ्यो। अब मुक्तिको चाहना राख्ने, स्वाभिमानको भावना बढी भएको नयाँ नेतृत्व चाहिन्छ।

एकथरीले संशोधनमार्फत राष्ट्रघात गर्न खोजिएकाले संविधानको दोस्रो संशोधन फेल गराइदिएको बताउँदै आएका छन्। के संशोधन विधेयक राष्ट्रघाती थियो?

म त्यसमा टिप्पणी गर्न चाहन्नँ। किनभने, यो खसआर्यको संविधान हो। जसले संशोधन गर्न खोजेका हुन्, आखिर तिनैले गरेनन्। राष्ट्रघाती थियो थिएन छुट्याउने जिम्मा कांगेस, एमाले र माओवादीलाई नै दिऔं। किनकि, यो हाम्रो संविधान नै होइन। हाम्रो संविधान नै नभएपछि संशोधन हुनु र नहुनुमा के फरक पर्छ र?

संशोधन भइदिएको भए तत्कालको गतिरोध अन्त्यका लागि राम्रै हुँदैन थियो र?

मधेसी नेतालाई राम्रै हुन्थ्यो। मधेसी जनतालाई होइन। मधेसी जनतालाई केही फरक पर्नेवाला थिएन। अर्कोतर्फ, संविधान संशोधन भइदिएको भए मुख्य त कांग्रेस र माओवादीको इज्जत जोगिने काम (फेस सेभिङ) हुन्थ्यो। मधेसी नेताहरुले लाज छोप्ने लगौंटीसम्म पाउँथे, त्यति हो।

मधेसी नेताको ‘फेस सेभिङ’ का लागि के हुनुपर्थ्यो?

Ncell 2
Ncell 2
nimb
nimb

हारेकाहरुको कुनै फेस सेभिङ हुँदैन। उनीहरु आन्दोलन गरेर हारेका हुन्।

अबको बाटो के हुनुपर्छ त?

यो संविधान खारेज नै हुनुपर्छ। समय कति लाग्छ, त्यो बेग्लै कुरा हो। यसमा संशोधन गरेर मधेशको मूल प्रवाहीकरण हुन सम्भव छैन भन्ने देखिसकियो।

संविधान नै खारेज गरेपछि त भद्रगोल हुँदैन?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पञ्चायतवालाले पनि त्यही भन्थे। २०४६ सालको संविधानवालाहरुले पनि त्यही भन्थे। अन्तरिम संविधानका बेला पनि संविधान खारेज गरे भद्रगोल हुन्छ भने। भद्रगोल हुने आक्षेप त लाग्दै आएको हो नि। नयाँ कुरा के भयो र?

संविधानसभाबाटै संविधान बनाउने कुरा त प्रगतिशील होइन र?

पुरानो संविधान दाउरा चुलोमा पकाएको खिर हुन्थ्यो। अहिलेको ग्यास चुलोमा पकाएको खिर होला। त्यसैले दाउराबाट पकाएकोभन्दा यसको महत्व बढी छ भन्ने मात्रै हो। संविधानलाई वैधानिकता दिने धेरै माध्यममध्ये एउटा संविधानसभा हो। तर, त्यसो भन्दैमा यो स्वर्गबाट विष्णु भगवानले जारी गरेको त होइन। हिजो राजालाई विष्णु भगवानको स्वरुप भनिन्थ्यो। विष्णु भगवानले जारी गरेकोभन्दा रावण, कुम्भकर्णले जारी गरेको चाहिँ बढी वैधानिक भन्ने हुन्छ र?

यो संविधान खारेज गरियो भने नयाँ संविधान बनाउने बाटो के हुन्छ त?

लेनदेनका कुरा हुन्छन्। संविधानसभाबाट नै संविधान बनाउने, संसदको निर्वाचन गरेर त्यहाँबाट बनाउने वा विज्ञहरुको समूह बनाएर बनाउने। एकजनाले दिने र सेनाले जारी गर्नेबाहेक अन्य जति पनि विकल्प हुन सक्छन, सबै खुला छ। हामीले ९० प्रतिशतको संविधान देख्यौं नि, प्रतिशतले त केही नहुने रहेछ।

९० प्रतिशत केही होइन?

प्रतिशत केही होइन, मुद्दाको सम्बोधन हुनुपर्छ। प्रतिशत त के हो र? इराकमा चुनाव हुन्थ्यो, सद्दाम हुसेनलाई शतप्रतिशत मत प्राप्त हुन्थ्यो। उत्तर कोरियामा त्यस्तै छ, शतप्रतिशत मत प्राप्त हुन्छ। तर, त्यो शतप्रतिशतकै महत्व छैन। मुद्दाको सम्बोधन मुख्य कुरा हो।

शान्तिपूर्ण संघर्ष गरिरहेका मधेसवादी दल कमजोर हुनुले विखण्डनको नारा दिने सीके राउतका लागि बाटो फराकिलो भएको हो?

होइन। तर, शान्तिपूर्ण रुपमा हुने संघर्षबाट समाधान ननिस्कने रहेछ भनेर युवाहरुमा उनीप्रति एक किसिमको आकर्षण चाहिँ बढ्छ। जसरी एमाले असफल भएपछि माओवादीप्रति आकर्षण बढेको थियो। अहिले माओवादीमा गएका धेरैजसो एमालेबाट गएका थिए। तर, शान्तिपूर्ण रुपमा समाधान ननिस्कने भएपछि स्वाभाविक रुपमा अरु बाटाहरुको खोजी हुन थाल्छ। 

सिके राउत मात्रै होइन। उनीभन्दा पुराना जयकृष्ण गोइत, ज्वाला सिंह छन्। कोही नयाँ पनि आउन सक्छन्। यसै छैन, उसै छैन भन्ने भएपछि मान्छेहरु जे पनि गर्न तयार हुन्छन्।

सिके राउतको गन्तव्य कहाँसम्म हो?

इमान्दारीका साथ भन्दा उनको उद्देश्य राजनीतिक रुपमा जतिसुकै सही भए पनि, पवित्र भए पनि, उनको तरिका शान्तिपूर्ण भए पनि त्यसको सफलताको सम्भावना म साह्रै कम देख्छु। नेपाल जस्तो देशमा जेजति गरे पनि निर्णायक कुरा भूराजनीतिक अवयव नै हुन्छ। नेपालको भूराजनीतिक परिस्थिति कि त एकदम चमत्कारिक रुपान्तरण हुनपर्‍यो। नभए, सम्भव देखिँदैन। उनी सफल हुने सम्भावना मचाहिँ देख्दिनँ।

उनीप्रति बढ्दो आकर्षणले केही अर्थ त राख्ला नि?

यसले झन् धेरै वर्ष खेर जान्छ। किनकि, मधेसका धेरै युवा त्यसमा अलमलिने भए। मधेसको धेरै स्रोत र साधन त्यसमा खेर जाने भयो। त्यसो हुँदा मधेसको मुद्दा झन् पछि पर्ने भयो।

सिके राउत जति अगाडि आउँछन्, मधेसको मुद्दा उति नै पछि पर्छ?

हो। मधेसको मुद्दा कमजोर हुन्छ। हिन्दीमा एउटा शब्दावली छ, ‘अन्धी–गल्ली’। उनी हिँडेको बाटो त्यस्तै हो। त्यो जहाँ गएर टुङ्गिन्छ, त्यहाँबाट फर्किनु बाहेक अरु उपाय छैन। अहिले केही आकर्षण देखिए पनि एउटा बिन्दू यस्तो आउँछ, त्यहाँबाट उनी अहिलेकै ठाउँमा फर्केर आउनुपर्छ। 

वेदानन्द झाले लगभग त्यसैगरी सुरु गरेका थिए, फर्केर आए र पञ्चायतमा गए। गजेन्द्र नारायण सिंहको सरूवाति नारा लगभग त्यस्तै थियो। आखिरमा, उनलाई लवेदा सुरुवाल लगाएर सपथ ग्रहणमा जानुपऱ्यो। रामराजाप्रसाद सिंह हिंसात्मक बाटोबाट अघि बढ्न खोजेका थिए। उनले त अझ मधेस र जनजातिलाई सँगै लैजाने कोसिस गरेका थिए। तर सफल भएनन्।

किन होला?

एउटा कुरा के बिर्सनु हुँदैन भने, नेपालजस्तो संसारको दुई ठूला देशले घेरिएको मुलुकमा आन्तरिक कारण जतिसुकै बलियो भए पनि, तपाईं १ राख्नुस् वा ९ राख्नुस्, त्यसमा पछि थपिने शून्य महत्वपूर्ण हुन्छ। त्यो भनेको भूराजनीति हो। सुरुमा १ छ भने दश हुन्छ, ९ छ भने ९० हुन्छ, १० छ भने १०० हुन्छ। गुणात्मक बृद्धि गरिदिने भूराजनीतिक शक्ति हो। नेपालको भूराजनीतिक सन्तुलनमा अहिले मधेसको पृथकतावादी आन्दोलन सफल हुने सम्भावना छैन।

यो पनि पढ्नुहोस्:
मधेसको मसिहा ठान्ने राजपाले चुनावमा सदाशयता पाउला?

प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्