• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३०, २०८३  १४:५५
1140x725

काठमाडौं– सरकारले अद्यावधिक नगरेका, दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर र जरिवाना नतिरेका कम्पनीहरूलाई छुटमा कारोबार जारी राख्न वा दर्ता खारेज गर्न दिएको समयसीमा शनिबारबाट सकिँदै छ।

भोटेकोशी बाढीलगायतका कारण समयसीमाभित्र नवीकरण र दर्ता खारेज गर्न नभ्याएका कम्पनीलाई थप तीन महिना समय दिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहको प्रयास अर्थ मन्त्रालयमा पुगेर अड्किएको छ।

उद्योग मन्त्रालयले यससम्बन्धी प्रस्ताव बुधबार नै अर्थ मन्त्रालयमा पठाएको थियो। तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन बैंकक गएकाले अर्थ मन्त्रालयमै फाइल घुमिरहेको बुझिएको छ। मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार यो विषय अझै टुंगिएको छैन। कानुन मन्त्रालयसँग राय मागेर अगाडि बढाउने वा नबढाउने भन्नेमै मन्त्रालय अलमलिएको छ।

यसबाट छुटमा नवीकरण र दर्ता खारेज गर्न चाहने कम्पनीहरू प्रभावित हुने बताइएको छ। उद्योगी, व्यापारी तथा नेपाल अडिटर्स एसोसिएसन (अडान) लगायतका संघसंस्थाले नवीकरण र दर्ता खारेजीका लागि तीन महिना म्याद थप गर्न उद्योग र अर्थमन्त्रीसँग माग गरेका थिए।

‘कर पुस मसान्तसम्म छुट हुन्छ। यस हिसाबले कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्नुपर्छ भनेर हामीले आग्रह गरेका छौँ। गर्ने–नगर्ने सरकारको विषय भयो। तर, व्यावहारिक हिसाबले हेर्दा कर छुट र कम्पनी नवीकरण तथा दर्ता खारेजीको समयावधि एकै हुनुपर्ने हो। अझ भोटेकोशी बाढीलगायतका कारणले म्याद थप्नुपर्ने नै देखिन्छ,’ अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले नेपाललाइभसँग भने।

Ncell 2
Ncell 2
nimb
nimb

उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले मन्त्रालय समयावधि थप्न सहमत रहेको बताए। ‘हामीले अर्थ मन्त्रालयसँग आग्रह गरिसकेका छौँ। कर दाखिला र कम्पनीको नवीकरण तथा खारेजीको समयावधि एकै बनाउनु व्यावहारिक हुन्छ भन्ने मन्त्रालयको धारणा छ,’ उनले भने।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमै कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको थियो।

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ मा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कानुनले तोकेबमोजिम म्यादभित्र विवरण पेस नगरेको, अद्यावधिक नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ को विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गरी कानुनबमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहाको लाभ लिन सक्ने जानकारीसहित कम्पनी रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशन गरेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारी अधिकारीहरूका अनुसार संसद्बाट पारित अर्थसम्बन्धी विधेयकको विषय मन्त्रालय तहबाट मात्र टुंगिँदैन, मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गर्नुपर्छ। तर, अर्थ मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नपठाएपछि म्याद थपको विषय झन् अन्योलमा परेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा तीन लाख ५० हजारभन्दा बढी कम्पनी दर्ता भएका छन्। त्यसमध्ये ६० प्रतिशत निष्क्रिय रहेको बताइन्छ। निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो व्यापक रूपमा सुनिन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार, कात्तिक २९, २०८३
कालीमाटीमा मटरकोसा प्रतिकिलो १३०, ड्रागन फ्रुट ५०० रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । आइतबार, कात्तिक २९, २०८३
राष्ट्र बैंकलेे ताेक्याे आजका लागि विदेशी मुद्राको विनिमय दर बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह आइतबार, कात्तिक २९, २०८३
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार, कात्तिक २९, २०८३
रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्