काठमाडौं– भोटेकोसी हिमपहिरो पीडितको उद्धार र पुनःस्थापनाका लागि आध्यात्मिक गुरु मिङ्ग्युर रिम्पोछेले सहयोगको हात बढाएका छन्। हिम पहिरोले पुर्याएको अपूरणीय क्षतिपछि पीडितको घाउमा मलम लगाउने उद्देश्यले उनले १ करोड ५० लाख सहयोग प्रदान गरेका हुन्।
मिङ्ग्युर रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरणका क्रममा गुरु रिम्पोछेले आफूद्वारा लिखित चर्चित पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई उपहारस्वरूप हस्तान्तरण गरेका थिए।
मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच बुझाइएको यो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमार्फत पीडितसम्म पुर्याइनेछ।
विपद्को यो कठिन समयमा नागरिकको उद्धार, तत्कालीन राहत र दिगो पुनःस्थापनाका कार्यलाई तीव्रता दिन सघाउने ध्येयले सहयोग रकम जुटाइएको गुरु रिम्पोछेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।