काठमाडौं– विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ।
महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन्।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।