• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
भारतकाे कूटनीतिक अपरिवक्वता
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ६, २०७५  १४:१९
1140x725

म एक नास्तिक हुँ। तर मेरो परिवारका सदस्यले धर्मनिरपेक्षतामा विश्वास गर्दै हिन्दु धर्मकोअभ्यास गर्छन्। हिन्दु धर्म मान्नेहरुले जन्मदेखि मृत्युसम्म आफ्नो जीवनकालभरि षोडसी संस्कार अर्थात सोह्र संस्कारको पालना गर्नुपर्ने हुन्छ। अहिले आएर जीवनकालभरि पालना गर्नुपर्ने यस्ता षोडसी संकारमध्ये हिन्दुले मुश्किलले जम्मा ५ देखी ६ वटासम्म मात्र पालना गर्ने गरेको पाइन्छ।

_x000D_ _x000D_

यस बर्ष केहि महिना अगाडि मेरो एक भतिजाको छोराको ब्रतबन्ध र एक साता अगाडि अर्को भतिजाको छोरीको पास्नी गरेर मेरो संयुक्त परिवार भित्र आयोजित हिन्दु संस्कारमा सहभागी भएको थिएँ। 

_x000D_ _x000D_

भूराजनीतिसम्बन्धी विचार स्तम्भमा मैले मेरो परिवारिक संस्कारका कुरा गर्दा पाठकलाई अचम्म लाग्न सक्छ। तर, माथि उल्लेखित यी दुई संस्कारले नेपाल–भारत सम्बन्धमा नेपथ्यमा धकेलिएका केही बिषयलाई अगाडि ल्याउँने छ । साथै अहिले नेपाल चीनतर्फ लहसियो भन्ने भारतीय क्रन्दन वास्तविकताभन्दा ज्यादै पृथक हो भन्ने बिषयमा पनि प्रकाश पार्ने छ। 

_x000D_ _x000D_

म सहभागी भएको दोस्रो कार्यक्रम, नातिनीको पास्नीको थियो । मेरी नातिनीको जसको पास्निमा म सहभागि भएको थिए उसको पिता अर्थात मेरो भतिजो नेपाल–भारतबीचमा महाकाली सन्धि भएको दिन अर्थात २०५२ साल माघ २९ मा जन्मिएको हो। यो परियोजनामा हस्ताक्षर भएको २३ वर्ष पुगिसकेको छ। मेरो भतिजोहुर्किएर विवाह गरी छोरीको पास्नी पनि गरिसक्यो। तर, उ जन्मेको दिन नै हस्ताक्षर भएको ३४ सय मेगावाट विद्युत उत्पादन र सिंचाईसमेत रहेको उक्त बहुउद्देश्यीय परियोजनाको अहिलेसम्म परियोजना प्रतिवेदनसमेत अझै तयार हुन सकेको छैन। 

_x000D_ _x000D_

यसको अन्र्तय यतिमै सकिदैन। महाकाली सन्धिमा व्यवस्था  भएको नेपाल–भारत प्राविधिक स्थायी समितिको पहिलो बैठक आयोजना १२ वर्षपछि २००८ मा मात्र भएको थियो । यस्तै अवस्थामा मेरो भतिजोले आफ्नो नातिको पास्नीको भोज खाँदै गर्दा पनि यो परियोजना सम्पन्न होला भन्ने निश्चितता छैन। 

_x000D_ _x000D_

योभन्दा पनि रोचक अर्को कथा छ। म जुन बच्चाको ब्रतबन्धमा सहभागी भएको थिएँ, उसको बुबा भारतले नेपालको हुलाकी राजमार्ग निर्माण गर्न शिलान्यास गरेको केही हप्तापछि मात्र जन्मिएको हो अर्थात् २०४७ सालमा। नेपालको लगानी बोर्डले दिएको जानकारीअनुसार कुल १७९२ किमी लम्वाई रहेको उक्त सडकको जम्मा ६७ किमी निर्माण मात्र सम्पन्न भएको छ। 

_x000D_ _x000D_

मेरो भतिजो जन्मिएर, हुँर्किएर, विवाहपछि आठ वर्षको छोरोको ब्रतबन्ध पनि गरिसक्यो। तर, पच्चीसौँ वर्षभन्दा धेरै पछि पनि यो हुलाकी राजमार्ग पूरा हुन सकेको छैन। यही रफ्तारमा काम हुने हो भने यो सडक आगामी पच्चीस वर्षसम्म पनि पूरा हुने छाँटकाँट देखिंदैन।

_x000D_ _x000D_

यी दुई भारतीय लगानी परियोजनाहरु प्रतिनिधि उदाहरण मात्रै हुन्। भारतीय सहयोगमा नेपालमा निर्माण हुँदै गरेका प्रायः सबै आयोजनाको यस्तै नियति रहेको छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

भारतले आफ्नो क्षमताभन्दा बाहिर गएर नेपालमा विकास आयोजनाहरु निर्माण गर्ने बाचा गर्छ, तर आफ्नो बाचा पूरा गर्न सक्दैन। यसले के देखाउँछ भने भारत आफू पनि नेपालमा विकास निर्माणका काम गर्दैन र नेपाललाई अरु देशको साधन स्रोतको प्रयोग गर्दै आफ्नो विकास गर्न दिंदैन। नेपाल अविकसित नै रहँदा भारतलाई नेपालको आन्तरिक मामिलामा दखलअन्दाजी गर्न सजिलो हुने भएकाले उसले नेपालमा विकास हुन नदिएको हो भन्ने आम नेपाली जनताको बुझाइ छ। 

_x000D_ _x000D_

भारतीयहरुले आरोप लगाए जस्तो नेपाल आफैं चीनतिर ढल्किएको होइन, बरु भारतले नै नेपाललाई चीनतिर ढल्किन वाध्य पार्ने वातावरण निरन्तर निर्माण गर्दै आइरहेको छ। उदाहरणका लागि नेपालले २०१७ मा आयोजना गरेको लगानी सम्मेलनमा २६ देशहरु सहभागी भएका थिए। उनीहरुले सार्वजनिक र निजी हिसाबमा नेपालमा लगानी गर्ने बाचा पनि गरे। यो सम्मेलनमा भारत नेपालमा सवैभन्दा थोरै लगानी गर्ने थियो भने चीन सवैभन्दा धेरैलगानी घोषणा गर्ने देश थियो । भारतले नेपालमा लगानी गर्ने बाचा गरेको रकमभन्दा चीनले प्रतिबद्धता गरेको रकम २३ दशमलव ६ गुना धेरै रहेको थियो। 

_x000D_ _x000D_

यस्तै नेपालमा २०७२ मा आएको ७.९ को विनासकारी महाभूकम्पपछि पनि नेपालले पुनःनिर्माणबारे सम्मेलनको आयोजना गरेको थियो। त्यसमा भारतले ठूलो राशिको ऋण तथा अनुदान सहयोगको घोषणा गरेको थियो। तर, भारतले घोषणा गरेको अनुदानभन्दा चीनले तीन गुना धेरै अनुदान सहयोगको धोषणा  गरेको थियो। 

_x000D_ _x000D_

नेपालको पूर्वाधार विकासका विभिन्न आयोजनाहरुमा भारतीय कम्पनीले भन्दा चिनियाँ कम्पनीले प्राथमिकता पाएका छन्। यो किन पनि भयो भन्दा खेरी भारतीय कम्पनीले परियोजना निर्माणको बोलपत्रमा उल्लेख गर्ने रकम भन्दा चिनियाँ कम्पनीको बोलपत्रमा कबोलेको रकम कम हुने गर्छ। यसको अलवा चिनियाँ कम्पनीले भारतीय कम्पनीले भन्दा काम समयमा नै सक्ने गर्छन् भन्ने विश्वास नेपालमा बढ्दै गएको छ।  

_x000D_ _x000D_

नेपाललाई चीनतर्फ उन्मुख गराउँन भारतले एकपछि अर्को गल्ति गर्दै आएको छ। यद्यपि भारतका राजनीतिज्ञ, कूटनीतिक क्षेत्रका जानकार, विदेशनीतिसम्बन्धी बुद्धिजीवी, रणनीतिक विश्लेषक, आर्मी कमान्डर र पत्रकारहरु अझै पनि नेपाल भारतसँग झुकोस् भन्ने नै चाहन्छन्।

_x000D_ _x000D_

गत असोज १४ गते नेपालको एक प्रतिष्ठित पत्रिकामा प्रकाशित समाचारअनुसार काठमाडौंबाट चीनका शहरहरुमा हवाई उडानको संख्या काठमाडौंबाट भारततर्फका शहरहरुभन्दा धेरै रहेको छ। यस्तै नेपालीहरु विदेश जानुपर्दा सकभर भारतलाई ट्रान्जिट बनाउन चाहँदैनन्। भारतीय विमानस्थलका अधिकारीहरुको दुव्र्यवहारलाई कारण देखाउँदै नेपालीहरु भारतलाई ट्रान्जिट पोइन्ट बनाएर विदेश जान नचाहेका हुन्। यसका अलावा भारतले नेपाललाई उसको भूममार्फत पर्याप्त हवाई रुटमार्ग प्रयोग गर्न दिन पनि अनुदार व्यवहार देखाउँदै छ । 

_x000D_ _x000D_

यस्तै भारत सरकारले आफ्ना सरकारी कर्मचारीहरुलाई बिदा मनाउँन दिने छुट्टिमा नेपाललाई एक गन्तव्यका रुपमा विकास गर्ने उसको २०१५ को पूर्वसहमति पनि कार्यान्वयन गरेको छैन। यसका कारण नेपाल घुम्न आउने  भारतीय पर्यटकको संख्या अन्य देशको तुलनामा बढ्न सकेको छैन । अर्कोतर्फ चिनियाँ पर्यटक नेपाल आउने प्रतिशत भने काफी मात्रामा बढेको छ। सन् २०१८ को पहिलो नौ महिनामा रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ पर्यटकहरु २०१६ को सोही अवधिको तुलनामा ६०० प्रतिशतले वृद्धि भएका छन्। 

_x000D_ _x000D_

नेपालले भारतीय एकाधिकार रहेको इन्टरनेट सेवालाई चिनियाँ सेवासँग जोडिएर तोडेको छ। लामो समयदेखि भारतले नेपालको अप्टिकल फाइभरको गुणस्तर वृद्धि नगरिरहेको अवस्था थियो। उता चीनले नेपाललाई आफ्नो इन्टरनेट सेवासँग सजिलै जोड्नको लागि प्रस्ताव गर्यो र नेपाल तत्कालै सहमत भयो र ‘व्याण्डवीथ कनेक्टीभिटी’मा भारतीय एकाधिकारको अन्त्य भयो।

_x000D_ _x000D_

भारतले २०७२ मा नेपालमा लगाएको आर्थिक नाकाबन्दीका बेला चीनले नेपालललाई तेह्रलाख लिटर पेट्ररोलियम पदार्थ सहयोग गरेको थियो। रसुवागढी नाकाबाट नेपालमा चिनियाँ सहयोगमा भित्रिएको उक्त पेट्रोलियम पदार्थले नै सोही वर्ष भएको नेपाल–चीनबीचको व्यापार र यातायात सन्धि सम्बन्धी प्रोटोकलको सहमतिको भूमिका खेलेको मानिन्छ। नेपालको समुन्द्रसम्मको पहुँचको भारतीय एकाधिकारलाई तोड्दै केही महिनाअघि मात्रै यो प्रोटोकलमा हस्ताक्षर भएको छ। यसले के देखाउँछ भने भारतीय कूटनीतिज्ञहरु ‘ढोका थुनेर बिरालो कुट्न खोज्योभने त्यसले पनि आक्रमण गर्छ’ कथनसंग परिचित नरहेको देखाउँछ। 

_x000D_ _x000D_

चिनियाँ बन्दरगाहहरु भारतीय बन्दरगाहको तुलनामा नेपालबाट टाढा रहे पनि नेपालका लागि चिनियाँ बन्दरगाह महत्वपूर्ण रहेको छ। केही वर्ष पहिला एसिया वाच अन ट्रेड, इकोनोमिक्स, इन्भाइरोनमेण्ट (साउती)ले गरेको एक अध्ययनअनुसार नेपाली समानमा भारतले लगाउने अतिरिक्त भन्सार र अपारदर्शी व्यवहारका कारण नेपालीलाई भारतीय बन्दरगाहको प्रयोगबाट सामान आयातनिर्यात गर्न असजिलो भएको उल्लेख छ। 

_x000D_ _x000D_

उक्त अध्ययनअनुसार सेनेटरी र फाइटोसनेटरी (एसपीएस) उपायहरु नेपाली वस्तुकोभारतीय वजारमा निर्यात गर्न महत्वपूर्ण बाधाका रुपमा रहेका छन्। यो समस्या भारतबाट नेपालले गर्ने निर्यात बाधाको ८०–८५ प्रतिशत रहने गर्छ जसको कारण नेपालकोे व्यापार घाटा कबिर १००० अर्ब नेपाली रुपैया पुगेको छ भने गत आर्थिक वर्षमा नेपालको भारतसँगको व्यापार घाटा  नेपालको कुल व्यापार घाटाको दुई तिहाई रहेको छ। 

_x000D_ _x000D_

यस्तो किसिमको व्यापार घाटा नेपाल–भारत द्विपक्षीय व्यापार सन्धि, दक्षिण एसियाली क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता र विश्व व्यापार संगठनको बहुपक्षीय व्यापार सम्झौताको मूल्यमान्यता रको मान्यता विरुद्ध छ। गत आर्थिक वर्षमा नेपालको भारतकोगलत व्यापार नीति तथा व्यवहारको कारण नेपालको भारतसंगको कुल व्यापार घाटा मध्येको करिब दुई तिहाई अर्थात कबिर ५०० अर्ब नेपाली रुपैयाँ बराबर रहेको थियो । 

_x000D_ _x000D_

त्यसैले नेपालले चीनसँग गरेको व्यापार तथा पारवहान र यसको प्रोटोकलसम्बन्धी हस्ताक्षरले भारतको नेपालका रहेको एकाधिकार अन्त्यको अन्तिम उपायका रुपमा रहेको छ। 

_x000D_ _x000D_

यदि भारत नेपालमा चीनको नजरलाई रोक्न चाहन्छ भने उसले नेपालबाट भारत र तेस्रो देशमा हुने निर्यातमा बाधा हाल्नु हुँदैन। नेपाल चीनसँग नजिकिएको देख्न नचाहने हो भने भारतले चीनले नेपाललाई प्रदान गरेको महत्वपूर्ण सहायताको तुलनामा धेरै सहयोग गर्नुपर्ने हुन्छ। 

_x000D_ _x000D_

उसले एकपक्षीय हिसाबमा भारत प्रवेश गर्ने नेपाली समानलाई चीनले जस्तै छुट दिनुपर्छ। चीनले एकपक्षीय रुपमा नेपालका ८ हजार ५ सय ४७ विभिन्न सामानमा विकासशील राष्ट्रलाई प्रदान गर्ने भन्सार छुटका नाममा छुट प्रदान गर्दैआएको छ। 

_x000D_ _x000D_

नेपाललाई चीनउन्मुख गराउँन भारतले एकपछि अर्को गल्ति गर्दै आएको छ। यद्यपि भारतका राजनीतिज्ञ, कूटनीतिक क्षेत्रका जानकार, विदेश नीतिसम्बन्धी बुद्धिजीवी, रणनीतिक विश्लेषक, आर्मी कमान्डर र पत्रकारहरु नेपाल–भारत सम्बन्धका विषयमा यहाँका पत्रपत्रिकामा लेख्दा नेपालप्रति कुनै सहानुभूति पनि प्रकट गर्दैनन्। उनीहरु अझै पनि नेपाल भारतसँग झुकोस् भन्ने नै चाहन्छन् र नेपालसँग यसको विकल्प नरहेको प्रतिक्रिया दिन्छन।

_x000D_ _x000D_

उनीहरु आतंकवाद, सुरक्षा, नक्कली मुद्रा र चीनबाट हुनसक्ने सम्भावित सुरक्षा खतरा जस्ता विषयमा छिमेकी राष्ट्रका रुपमा नेपालले भारतका सहयोग गरोस र उनीहरुप्रति बढी उत्तरदायी रहोस् भन्ने चाहन्छन्। तर उनीहरु नेपालले आफ्नो जिम्मेवारी पूर्णतः बहन गरेको कुरा मान्न तयार छैनन् । भारतीय सेवानिवृत्त अधिकारीले नेपालले यस्ता बिषयमा सहयोग गरेको तथ्यलाई सार्वजनिक रुपमा स्वीकार गरे पनि भारतीय अधिकारीहरु यो कुरा मान्न तयार छैनन् कि नेपालले भारत र चीनको सुरक्षा चासोलाई सम्भव भएसम्म सम्बोधन गरेको छ।

_x000D_ _x000D_

भारतीय विदेश नीतिको क्षेत्रमा काम गर्नेहरु अन्तर्रा्ष्ट्रिय सम्बन्धमा परोपकार जस्तो कुनै कुरा हुदैन र अन्तरराष्ट्रिय राजनीतिमा के दिने र के लिने भन्ने बिषय महत्वपूर्ण हो भन्ने नजरअन्दाज गरेको जस्तो देखिन्छ। ‘आफनो नाक अगाडि के छ भन्ने कुरा पत्ता लगाउन लगातारको संघर्ष आवश्यक पर्छ’ भन्ने जर्ज अरवेलको भनाइले भारतले नेपाल चीनतिर ढल्केको भन्ने आरोपलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्छ। 

_x000D_ _x000D_

किशोर महबुबानीले आफ्नो पुस्तक ‘ह्याज द वेष्ट लस्ट इट’ मा लेखेका छन्– आत्ममूल्यांकन र आत्मसमीक्षा सबैभन्दा चुनौतीपूर्ण काम हो। जब यो कुरा एक शक्तिशाली देशसँग जोडिन्छ भने त्यो झनै कठिन बन्दछ। भारतले २०७२ सालमा नेपालमा लगाएको आर्थिक नाकाबन्दीपछि विकशित भएको नेपाल–चीनको हार्दिक सम्बन्ध स्वीकार गर्न भारतका अभिजात वर्गलाई यहि मुस्किल भएको हो।

_x000D_ _x000D_

वर्तमानमा देखिएको नेपाल–चीनबीचको सौहार्दपूर्ण सम्बन्धको कारण भारतले नेपालप्रति अपनाएको उसको मूर्खतापूर्ण विदेशनीति नै प्रमुख कारण हो। भारतीय कूटनीतिज्ञ र पत्रकारहरुले नेपाललाई सधैं भारतको इशारामा चल्ने राष्ट्रको रुपमा देख्न चाहन्छन्। उनीहरु नेपालले चिनियाँ सहयोग र लगानी अस्वीकार गर्दै सधैं अविकशित, गरिब, पिछडिएको र भारतको राष्ट्रिय हितमा काम गर्ने राष्ट्रको रुपमा देख्न चाहन्छन्। 

_x000D_ _x000D_

नेपाल भारतीय कूटनीतिक र राजनीतिक दबाबका कारण चीनसँगको सम्बन्धलाई बढावा दिदैन भन्ठान्ने प्रवृति कि त अति नै मूर्खतापूर्ण हो वा ज्यादै अपरिपक्व र केटाकेटीपन हो।

_x000D_ _x000D_

एसिया टाइम्सबाट
_x000D_  

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्