• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एउटा अस्पतालको बकपत्र

64x64
नेपाल लाइभ शनिबार, साउन १७, २०८२  १३:२७
1140x725

म अर्थात् एउटा सरकारी अस्पताल। राप्ती प्रादेशिक अस्पतालको नामले पुकार्छन् मलाई। लुम्बिनी प्रदेशको साँधसीमाभित्र पर्ने भएर मात्रै हो कि अरु केही अतिरिक्त कारण पनि छन्- म जान्दिनँ। जनजिब्रोमा भने ‘अञ्चल अस्पताल’ शब्द बढी झुण्डिएको पाउँछु।

दाङका स्थानीय मिडियामा म दैनिकजसो छाइरहेकै हुन्छु। (अ)सामाजिक सञ्जालका भाइरल पोस्ट र रिलहरुमा पनि म कतै न कतै ‘कन्टेन्ट’ बनिरहेकै हुन्छु। कति संचारकर्मी साथीहरु आउनुहुन्छ, सर्पदंशको बिरामीलाई इमर्जेन्सीमा उपचार गर्दैगर्दाको भिडियो खिच्नुहुन्छ, वाह भन्नुहुन्छ। म गद्गद् हुन्छु। अनि फेरि अर्को आउनुहुन्छ, ओपिडीमा डाक्टर नभएको मौका छोप्नुहुन्छ र आक्रोशित भावमा सोध्नुहुन्छ – यो कुन हदको लापरबाही ! म खिन्न हुन्छु।

अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि ! सकिनसकी पसिना काढ्दै बिल काउन्टरको लाइनमा उभिएका असी काटेका बा पनि देखेको छु अनि नियालेको छु नजिकबाट, नौ नम्बर कोठाबाट पन्ध्रमा अनि पन्ध्रबाट बीसमा अनि बीसबाट बाइसमा हतारिंदै दौडिइरहेका वृद्धा आमाहरु ! हनहनी ज्वरोले आलसतालस परेर वार्डको बेडमा छट्पटाइरहेको बच्चो अनि त्यो बच्चोलाई मायाले मुसार्दै औषधिमुलो गर्दैगरेकी नर्स बहिनीको सेवाभावको साक्षी पनि हुँ म।

परिस्थितिको बन्दी बनेर आफ्नो एकबारको इहलीला समाप्त पार्न विषसेवन गरी इमर्जेन्सी आएको एक तरुणको दारुणिक अवस्था अनि त्यो तरुणलाई बचाउन हरसम्भव यत्न गरिरहेका मेडिकल अफिसर भाइको तत्परताले पनि मलाई भित्रैसम्म छोइरहन्छ। जेहोस्, आफ्नो बिमारीको इलाज हुने आशमा मकहाँ आउने धेरैजसोलाई मेरा स्वास्थ्यकर्मीले सन्तुष्ट नै पारी पठाएको मैले अनुभव गरेको छु। यत्रो कोलाहलमा कोहीकोहीलाई भने चित्त नबुझेको पनि हुन्छ, तर सीमित संख्याको त्यो असन्तुष्टि कहिलेकाहीं अतिरन्जित बनाइ मिडियामा ‘म्याग्निफाई’ हुन्छ भन्ने मेरो बुझाइ छ। जेहोस्, मानिस जातिको अनुहारका हर रङ्गहरु देख्न-बुझ्न पाएको छु मेरो हाताभित्र।

मलाई थाहा छ, म अस्पताल पनि धेरैथोक अवयवहरु मिलेर बनेको हुँ। सबैको सामूहिक प्रयासबाट मेरो मुटु धड्किने हो, अपितु मसँग हुनुपर्ने सबै अवयवहरु अहिले मसँग छैनन्; र भएका पनि चुस्तदुरुस्त छैनन्। हालै मेरो मेसुले राजीनामा दिनुभयो, अर्को प्रमुख आउनुभएको छैन नेतृत्व लिन। मेरो शिरोच्छेदन नै भएको भान परेको छ। कहिले एउटा विभाग बिरामी पर्छ, म थलिन्छु। कहिले अर्को विभाग थला पर्छ, म थेच्चारिन्छु। म ढल्न लागें भने सम्हाल्नलाई मेरो सामूहिक नेतृत्व छ, एकमनले यस्तो सोच्छु। साथ दिनलाई यति धेरै विभाग र शाखाहरु अनि त्यहाँभित्रका यति धेरै प्राविधिक/प्रशासनिक साथीहरु ! अर्को मनले भन्छ- खोइ त मलाई भरथेग गर्नेहरु, कसरी यस्तो लथालिङ्ग छोड्न सकेका ! समग्रमा मेरो ‘ग्रोथ’ सकारात्मक दिशामै भैरहेको छ; केही वर्षअघिको मेरो अवस्थासँग दाँज्दा म राम्रै ‘पोजिसन’मा उभिइरहेको छु। एक जमाना थियो, कसैलाई ‘एपेन्डीसाइटिस्’ हुँदा नेपालगंज वा बुटवल दौडिनुपर्थ्यो र कतिको हकमा त्यहाँ पुग्दासम्म एपेन्डिक्स फुटिसकेको हुन्थ्यो। आज पित्तथैलीको पत्थरी, हर्निया, स्तनको समस्यालगायत अधिकांश सर्जरीहरु मेरो अपरेशनकक्षमै हुन्छ, कतै भौतारिनु पर्दैन। तर, यक्षप्रश्न यो छ कि- के यतिले मात्रै पुग्छ ? सब ठीकठाक भन्दै हामीले यत्रो गर्यौं भनेर धक्कु लाएरै बस्ने कि समयको बेगसँग द्रूत गतिमा अगाडि बढ्ने?

Ncell 2
Ncell 2
nimb
nimb

मसँग समयमै गुणस्तरीय रिपोर्ट दिने अत्याधुनिक ल्याब सेवा छ। उस्तै चुस्त रेडियोलोजी विभाग छ। प्रशासन, स्टोर, लेखाले मलाई पूर्णता दिएका छन्। विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु मेरो मेरुदण्ड हुनुहुन्छ। उहाँहरुको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ। तर जम्मैजसो क्लिनिकल विभागहरु संचालनमा भएपनि यहाँ यथेष्ट जनशक्ति नै छैन। प्रसूति तथा स्त्रीरोग विभागजस्तो संवेदनशील विभाग सिर्फ एकजना डाक्टरको भरमा चलेको धेरै भइसक्यो।

एकजना त कहिले बिरामी पर्छ, कहिले आकस्मिक बिदा लिनुपर्ने हुन्छ; आखिर मानिस न हो, उसलाई पनि आरामको जरुरत हुन्छ। अनि एकजना डाक्टरको भरमा ‘डेलिभरी’ र ‘सिजरियन’ जस्तो अत्यावश्यक र आधारभूत सेवा कसरी बेरोकटोक चलाइराख्न सम्भव छ- माथिका नीतिनिर्माताहरुले ध्यान दिने कि ! कम्तीमा पनि दुईजना अरु गाइनेकोलोजिस्ट मकहाँ पठाउन सके म अलिकति बौरिन सक्थें। दंगाली दिदीबहिनीहरुले सुत्केरी हुन नेपालगञ्ज र घोराहीको बाटो हेर्नुपर्दैनथ्यो। अर्को अत्यावश्यक र बिरामीको बहुतै भीड लाग्ने विभाग हो- मेडिसिन। त्यहाँ बस्ने फिजिसियन डाक्टरका आफ्नै दुख छन्। डेढ सय बिरामीको लामो न लामो लाइन र ओपिडीमा तिनलाई हेर्ने दुइजना फिजिसियनबीच संख्यामा कतै पनि तादात्म्यता छैन।

आठदेखि दस मिनेट समय दिएर समग्रमा जाँच्नुपर्ने एउटा बिरामीलाई एक-दुई मिनेटमा यसरी सर्सर्ती मात्रै जाँच्दा कस्तो गुणस्तर कायम होला- यसमा पनि माथिका नीतिनिर्माताहरु अब त घोत्लिने कि ! कम्तिमा पाँचजना फिजिसियन ओपिडीमा र दुइजना वार्डहरुमा हुँदा बिरामीलाई पूर्ण सन्तुष्टिका साथ गुणस्तरीय सेवा प्रवाह हुँदो हो- मेरो आँकलनले त्यसै भन्छ। त्यसैले जनशक्तिको अभावलाई जसरी हुन्छ, तत्काल परिपूर्ति गरौँ, मेरो बिन्ति छ। मलाई बिरामीहरुले मन्दिर पनि भन्छन्, यो मन्दिरको यत्ति पुकार तपाईंहरुले पक्कै सुन्नुहुनेछ।

हुन त भएकै जनशक्तिबाट पनि अधिकतम् काम लिन त कहाँ नै सकिएको छ र ? इमान्दारीपूर्वक आफ्नो काममा दत्तचित्त भइ खट्ने साथीहरु हुनुहुन्छ, उहाँहरुलाई केही न केही प्रोत्साहनको व्यवस्था होस्। कामचोर प्रवृत्तिका पनि एकाध हुनुहुन्छ भन्ने गाइगुई नसुनिएको होइन, त्यस्तालाई सचेत पार्ने काम होस्। मेरा कर्मचारीहरु स्वअनुशासित भइदिउन् र आ-आफ्नो ठाउँबाट इमानदार प्रयत्न गरुन् भन्ने मेरो पवित्र इच्छा पालना हुन्थ्यो भने नियम-कानूनको डण्डा नै किन बन्थ्यो होला र! 

यसैपनि मेरा इच्छा धेरै छैनन्। प्रादेशिक अस्पतालमा डाक्टर नै भेटिन्नन् भन्ने हौवा छ, पर्याप्त जनशक्ति भित्र्याएर यसलाई हौवामै सीमित पारौं ! बिलकाउन्टरको संख्यालाई बढाएर भीड व्यवस्थापन गर्दै समयभित्रै बिरामीलाई सहज र सुलभ सेवा दिन सकौं। मेरा समस्त सेवाप्रदायक स्वास्थ्यकर्मी साथीहरुलाई कामको लागि ‘मोटिभेट’ गरिराख्न सकौं। मेरो आर्थिक सुशासन कायम राखिराख्न सकौं।

कागजमा मात्रै होइन, व्यवहारमै दुईसय बेडमा स्तरोन्नति गर्न सकौं ताकि विशिष्टीकृत सेवाहरु पनि मेरै आँगनबाट प्रवाह होस्। अनि नजिकै घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको हुर्कंदै गरेको प्राज्ञिक संस्था छ। योसँग सहकार्य गर्दै ‘पढ्ने-पढाउने-सिक्ने’ र प्राज्ञिक विमर्शको थलो बनाउन सकौं जसले हाम्रो सेवालाई थप विश्वासिलो र गुणस्तरीय बनाउनेछ। स्वास्थ्योपचार तपाईंहरुको नैसर्गिक अधिकार त हुँदै हो, तर त्यो अधिकार सुनिश्चित गरिदिने म अर्थात् यो अस्पताललाई उकास्ने जिम्मेवारी पनि तपाईंहरु सबैको हो।

(लामिछाने राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका कन्सल्टेन्ट जनरल सर्जन हुन्)

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्