काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिसँगै सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सकारात्मक लय समात्दै थालेको छ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै आइतबार बढेको सेयर बजार सोमबार भारी मात्रामा गिरावट भएको थियो। त्यसपछिका दुई कारोबार मंगलबार र बुधबार सेयर बजार भारी अंकले बढेको हो।
मंगलबार ३४ अंकले बढेको नेप्से परिसूचक बुधबार थप ३५ अंकले वृद्धि हुँदै २७९४ विन्दुमा पुगेको हो। यसअघि आइतबार २९ अंकले बढेको सेयर बजार सोमबार ३५ अंकले गिरावट भएको थियो।
१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो। व्यापारबाहेक सबै समूहका सूचक बढेका छन्। विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे। व्यापार भने ०.१८ प्रतिशत घट्यो।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो।
माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।