काठमाडौं– मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साह देखिएको छ।
बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको छ।
११ः १ बजे २७९७ अंकसम्म पुगेको बजारमा त्यसपछि भने बिक्री पक्ष हाबी भयो । ११ः १० बजे २७६७ अंकसम्म झरेको बजार त्यसपछि फेरि सम्हालिँदै बढेको छ । ११ : ३० बजेसम्म नेप्से परिसूचक ४० अंक बढेर २७७२ अंकमा कायम भएको छ ।
गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले माइक्रोफाइनान्स कम्पनीलाई लाभांशको सीमा खुकुलो बनाउने संकेत गरेको छ। त्यस्तै फाइनान्स कम्पनीलाई निक्षेप संकलनलाई थप फराकिलो बनाएको छ भने बैंकहरुको नाफा र बिजनेस बढ्ने सहजता दिने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।