पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। निरन्तर मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ। मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ।
_x000D_
_x000D_
मोटोपनाका कारण लाग्ने रोगहरु
_x000D_
_x000D_
१. उच्च रक्तचाप (हाइ ब्लडप्रेसर),
_x000D_
_x000D_
२. हृदयघात (हार्ट अट्याक),
_x000D_
_x000D_
३. मधुमेह (डाइबेटिज),
_x000D_
_x000D_
४. कलेजोमा बोसो (फ्याटी लिबर),
_x000D_
_x000D_
५. मस्तिष्कघात (ब्रेन ह्यामरेज),
_x000D_
_x000D_
६. घुर्ने वा निद्रामा सास रोकिने समस्या,
_x000D_
_x000D_
७. दम, आदि।
_x000D_
_x000D_
यी सबै रोग आजभोलि एकदमै बढ्दै गइरहेको छ। यी सबै रोग मानिसको आल्पायुमै हुने मृत्युको प्रमुख कारण बन्न गएका छन्। मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरूले गम्भीर रोगका रूपमा लिन थालेका छन्।
_x000D_
_x000D_
मोटोपनाको मापन
_x000D_
_x000D_
१. पेट बढेर आउने।
_x000D_
_x000D_
२. लगाइरहेको कपडा सानो वा टाइट हुने।
_x000D_
_x000D_
३. कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० सेन्टिमिटर (३५.५ इन्च) भन्दा धेरै हुने।
_x000D_
_x000D_
४. शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसतभन्दा बढी तौल हुने । बिएमआई (तौल र उचाइको सूचक) २५ भन्दा बढी हुनुलाई मोटोपनाका रूपमा लिइन्छ। शरीरको तौल केजीलाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी/सेन्टिमिटर२) नै बिएमआई हो। बिएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ। २५ देखि २९.९ भनेको बढी वजन हो। ३० देखि ३४.९ हुनु मोटोपना ग्रेड–१, ३५ देखि ३९.९ हुनु ग्रेड–२ वा अत्यधिक मोटोपना। ४० भन्दाबढी बिएमआई हुनु भनेको माथि उल्लेखित र अन्य प्राणघातक रोगहरू लाग्ने सम्भावना अधिक हुनु हो।
_x000D_
_x000D_
मोटोपना हुने कारण
_x000D_
_x000D_
१. अस्वस्थ खानपान– बढी चिल्लो र बोसोयुक्त खानपिन।
_x000D_
_x000D_
२. विलाशी जीवनशैली।
_x000D_
_x000D_
३. शारीरिक व्यायाममा कमी।
_x000D_
_x000D_
४. धूमपान र मध्यपान सेवन।
_x000D_
_x000D_
५. रगतमा नराम्रो बोसो (कोलेस्टेरोल) को मात्र बढ्नु।
_x000D_
_x000D_
६. थाइरोइड जस्ता रोग लागेको अवस्था।
_x000D_
_x000D_
७. लामो समयसम्म औषधिको प्रयोग (डिप्रेसनमा, लामो समयदेखि दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की, संगिनी सुइ आदि)।
_x000D_
_x000D_
मोटोपना घटाउन कस्तो खानपान र जीवनशैली अपनाउने?
_x000D_
_x000D_
• प्रशस्त मात्रामा पानी पिउने।
_x000D_
_x000D_
• धेरैपटक तर थोरै-थोरै खाने।
_x000D_
_x000D_
• भरसक बढी तेल भएको, प्याकेटको, फ्राई खाना नखाने।
_x000D_
_x000D_
• गुलियो खानेकुरा कम खाने। चक्लेट, गुलियो पेय पदार्थ (कोक, फेन्टा आदि) र चिल्लो खानेकुरा नखाने। यस्ता खानेकुराले शरीरको पेट र तिघ्रामा बोसो जम्मा हुने गर्छ।
_x000D_
_x000D_
• सागसब्जी र फलफूलमा बढी जोड दिने। दैनिक बिहान र बेलुका केही फलफूल खाने। सकेसम्म नियमित सलाद (गाँजर, काँक्रा, मुला आदि) खाने। यसले शरीरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ति गरिदिन्छ।
_x000D_
_x000D_
• बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।
_x000D_
_x000D_
• सकेसम्म सुत्नुअघि २-३ घन्टा पहिले नै खाना खाने।
_x000D_
_x000D_
• हामी बिहान-बेलुका भात खाने गर्छौं, जसमा कर्बोहाइड्रेटको मात्र अधिक हुन्छ। त्यसैले भात कम गर्ने। खानामा सागसब्जी, सलादलाई प्राथमिकता दिने।
_x000D_
_x000D_
• मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।
_x000D_
_x000D_
• नियमित व्यायाम गर्ने। बिहान सबेरै छिटो-छिटो हिँड्ने, दौडने, नाच्ने, उफ्रने, साइकल चलाउने वा फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, टेनिस, स्किपिङ जस्ता खेल खेल्ने। यस्ता गतिविधिले २ सयदेखि ३ सय क्यालोरी ऊर्जा खर्च हुन्छ।
_x000D_
_x000D_
• खानामा सन्तुलन नमिलाउने हो भने, मोटोपना घटाउन व्यायाम मात्रले सफल नहुन पनि सक्छ । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ ।
_x000D_
_x000D_
कुन व्यायामले कति क्यालोरी खर्च गराउँछ
_x000D_
_x000D_
कुनै-कुनै रोग लागेको अवस्थामा चिकित्सकले वजन घटोस् भनेर औषधि पनि दिन सक्छन्। तर, चिकित्सकको सल्लाहबिना यस्त औषधि प्रयोग गर्नु हुँदैन। जबसम्म तपाईंले खानाको मात्रामा कमी ल्याउनु हुन्न औषधिले केही गर्न सक्दैन। यदि, तपाईं अति नै मोटो हुनुहुन्छ र मोटोपनाका कारण अन्य रोग वा कडा प्रकारका रोग देखिएको छ भने शल्यक्रियाबाट पनि तौल घटाउन सकिन्छ।
_x000D_
_x000D_
(गेस्ट्रो एन्ड हेपाटोलोजी विशेषज्ञ डा भट्टराई गेस्ट्रो केयर, पेट तथा कलेजो रोग उपचार केन्द्र पोखरामा कार्यरत छन्)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।