• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३१, २०८२  १६:१०
1140x725

इलाम– विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ।

कोशी प्रदेश सरकारले २० किलोमिटर फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि आवतजावतमा सहज भएसँगै माईजोगमाईमा पर्यटक पुग्न थालेका हुन्। 

“माइजोगमाई–२ तुम्लिङबाट यसअघिका वर्षहरूमा पनि कञ्चनजङ्घा हिमाल देखिने भए पनि पर्यटकको उपस्थिति कम थियो। तराईबाट कन्याम हुँदै इलाम आएका पर्यटकलाई तुम्लिङ पुग्न सहज सडक थिएन”, गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिका–९ बरबोटेबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म कालोपत्रसहित सुविधासम्पन्न सडक निर्माण गरेपछि यहाँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ।”

उनका अनुसार तीन हजार १०० मिटर उचाइमा रहेको तुम्लिङ पुगेपछि विश्वको तेस्रो अग्लो (८,५८६ मिटर) कञ्चनजङ्घा हिमाल हेर्ने पर्यटकको घुइँचो लाग्न थालेको हो। 

“हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द”, झापाबाट घुुम्न आउनुभएका टीकाराम बाँस्तोलाले भने,“पहिले व्यवस्थित सडक नभएका समस्या थियो। मेची राजमार्गबाट एक घण्टामा अपुगिने रहेछ। यस क्षेत्रमा घुम्ने ठाउँ प्रशस्त छन्।” 

तुम्लिङका साथै नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल–भारत सीमामा पर्ने आकर्षक पर्यटकीयस्थल हुन्। 

हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान तथा अवलोकनका लागि नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायत मुलुकबाट पर्यटक यहाँ आउने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए।  

प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किमी सडक स्तरोन्नति र कालोपत्र गरेपछि यात्रा सहज भएकाले पर्यटक भित्रिने क्रम वृद्धि भएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

“सडक बनेपछि यात्रा गर्न सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधैँ नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतर्फ गर्नुभएको छ”, उनले भने। जैविक विविधताले भरिएको माईजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवद्र्धनको काम सुरु गरेको अध्यक्ष थेबेले उल्लेख गरे। 

पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न ‘टुरिज्म एप’ सञ्चालनमा ल्याइएको पालिकाका उपाध्यक्ष प्रवीना राईले जानकारी दिए। “एपमा यहाँका पर्यटकीयस्थल समेटेर सूचना राखिएका छन्”, उनले भने, “त्यसका साथै कृषि, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका विषयम पनि समावेश छन्।”  देशविदेशमा बसेर पनि माईजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भन्ने उद्देश्यले एप सार्वजनिक गरिएको उनले उल्लेख गरे। 

यहाँस्थित थुम्केरानीबाट झुल्के घामका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारबाट थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन्। जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन्। 

विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु रेडपाण्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने नयाँबजारका पर्यटन व्यवसायी देवी अधिकारीले बताए। उनका अनुसार माईजोगमाई–२ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो। 

लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए।

थुम्के र जौबारीमा गरिएको केसरखेतीले पर्यटकलाई तान्न थालेको छ। पालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको उनले बताए। 

पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल पनि छन्। पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी निर्माणाधीन रहेका थेबेको भनाइ छ। “भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्”, उनले भने। 

पाँच सय ६१ मिटरबाट तीन हजार १०० मिटरसम्मको उचाइमा माईजोगमाईको भूगोल पर्दछ। यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ। 

धान, अलैँची, आलु, किवी, केसर, चिराइतोलगायत खेतीका साथै उच्च हिमाली जडीबुटी पाइने भएकाले आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिकाले जनाएको छ। 

यस क्षेत्रमा ऐतिहासिक जौबारी बजारसहित मुलुकको ठूलो आलु विकास केन्द्र पनि छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्