काठमाडौँ–संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ।
संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन्।
प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन्। हिउँदे अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।
त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।